ल्वाङघलेल (कास्की)- एउटा जमाना थियो, पर्यटन व्यवसायीले नेपालीलाई पर्यटक मान्दैनथे। झन् साहसिक गतिविधिमा नेपालीको सहभागिता त कल्पनै हुँदैनथ्यो। समय बदलिएसँगै नेपालीलाई पर्यटक मान्ने दिनमात्रै आएनन्, कतिपय व्यवसायको भर नै नेपाली पर्यटक हुन थालेका छन्। त्यसैको पछिल्लो उदाहरण हो—साहसिक खेल क्यानोनिङ।
ल्वाङघलेलको कुदी छहरामा शताब्दीऔंदेखि पानी बगिरहन्थ्यो। भूतप्रेत पिचास र किच्कन्नी आउँछ भन्ने अन्धविश्वास मानेर गाउँले त्यतातिर फुटेको आँखाले हेर्न पनि डराउँथे। अहिले त्यही छहरामा दिनका दिन नेपाली पर्यटकको ओइरो लाग्न थालेको छ— हेर्न होइन, छहरासँग पैठेजोरी खेल्न। अग्लो छहरोमा डोरी लगाएर झुन्डिँदै तल ओर्लने खेल क्यानोनिङ (छाँगोवरहण) यहाँ निकै चल्न थालिसकेको छ। पोहोरदेखि त्यस्तो खेल सुरु गराएका पोखरा क्यानोनिङ प्रालिका सञ्चालक राम गुरुङ भन्छन्, 'नेपाली पर्यटक निकै आकर्षित छन्।'

४५ मिटर कुदी छहरोमा गएको १ वर्षमा १ हजार ५ सयजना जतिले क्यानोनिङको मज्जा लिइसकेको उनले जानकारी दिए। 'तीमध्ये अधिकांश नेपाली हुन्, विदेशी त नगण्य छन्,' उनले भने, 'नेपाली पर्यटक पनि साहसी भएका छन्।' गुरुङले विदेशी पर्यटकमाझ प्रचार पुर्या्उन नसकेको पनि बताए।
क्यानोनिङ गरेपछि आफूमा आत्मविश्वास बढेको बताउँछिन्, पोखरा नयाँ बजारकी जमुना शर्मा। 'अब बन्जिजम्प र प्याराग्लाइडिङ गर्ने मनोबल बढेको छ,' उनले भनिन्। क्यानोनिङ गाइड अन्तिम गुरुङका अनुसार जुनसुकै उमेरका स्वदेशी पर्यटकले पनि क्यानोनिङ गर्न सक्छन्। 'युवाले मात्रै होइन, ५२ वर्षकी महिलाले पनि क्यानोनिङ गरिसक्नुभएको छ,' उनले भने।
विदेशी पर्यटकमाझ प्रचार गर्न पनि सकिएको छैन। मर्दि हिमाल पदयात्रा मार्गमा आउजाउ गर्ने फ्रान्सेली पर्यटकले कुदी छहरा देखेर त्यसमा क्यानोनिङको सम्भवना औंल्याएका थिए। गाउँकै राम गुरुङले १ करोड रुपैयाँ जति लगानी गरेर त्यही सम्भावनालाई साकार पारेका हुन्। अहिलेसम्म कुनै काममा नआएको छहरालाई सिर्जनशील उपयोगमा ल्याएका गुरुङले क्यानोनिङ खेल सुरु गरी गाउँकै १२ जना युवालाई रोजगारी पनि दिएका छन्। अमेरिकन क्यानोनिङ एसोसियसनमार्फत प्रशिक्षण उपलब्ध गराएर गाउँका युवालाई गुरुङले क्यानोनिङ गाइड बनाएका हुन्। छहरा अवरोहण गर्न आउने पर्यटकलाई ती गाइड युवाले सघाउँछन्।

पानीमा भिज्दा पनि शरीरको तापक्रमलाई सन्तुलित राख्ने पोसाक अनि हार्नेस सुट लगाएर डोरीमा झुन्डिँदै छहरामा झर्ने खेल नै क्यानोनिङ हो। सहभागीले लगाउनुपर्ने त्यस्ता महँगा पोसाक र औजार रामले बेलायतबाट झिकाएका हुन्। छहरा सिरानको ढुंगा खोपेर डोरी झुन्ड्याउने अंकुशे बनाउनेदेखि अरु भौतिक पूर्वाधारमा गरी उनले आफ्नो लगानी लगाएका छन्। क्यानोनिङ गर्न आउनेलाई खाना/खाजा खुवाउने रेस्टुरेन्ट, शौचालय र स्नानगृहसहित इन्टरनेट वाइफाई सुविधामा पनि उपलब्ध छ।
क्यानोनिङ गर्दा एक नेपाली पर्यटकले २ हजार रुपैयाँ तिर्नुपर्छ। पोखराबाट आउनेजाने र खाना तथा खाजा खाने सुविधा पनि लिने भए ३ हजार ५ रुपैयाँ लाग्छ। त्योसँगै एक रात बस्ने सुविधा चाहिए ४ हजार ५ सय रुपैयाँ तिरे पुग्छ। यी तीनथरी सुविधा लिन विदेशीले भने क्रमशः ३५, ५५ र ६५ अमेरिकी डलर तिर्नुपर्छ। क्यानोनिङ गर्ने छहरा भएको ल्वाङघलेल गाउँ पोखराको पृथ्वीचोकबाट २२ किलोमिटर उत्तरमा छ। गाउँ जाने जिप र बस दिनदिनै पाइन्छ।