निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा
०८ चैत्र २०७१
•
६ मिनेट पाठ
निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा
काठमाडौं- नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध गराइरहेको 'ग्राउन्ड ह्यान्डलिङ' सेवा अन्तर्राष्ट्रिय मापदण्डको बनाउन काम तीव्र गतिले अगाडि बढाएको छ। काठमाडौं उडान गरिरहेका साढे दुई दर्जनजति अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ग्राउन्ड ह्यान्डलिङ सेवा महँगो हुनुका साथै गुणस्तरीय नभएको गुनासो गरिरहेका बेला राष्ट्रिय ध्वजावाहक यसलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिपरेको हो।ग्राउन्ड ह्यान्डलिङ सेवा स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन निगमले विदेशी परामर्शदाता कम्पनीको सहयोग लिन लागेको छ। दुई महिनाअघि मागेको 'ग्लोबल टेन्डर' भरेर प्रस्ताव पेस गरेका चार कम्पनीको मूल्यांकन निगमले गरिरहेको छ।




'एकदेखि डेढ साताभित्र ती चार कम्पनीले पेस गरेका प्रस्तावको प्राविधिक तथा वित्तीय मूल्यांकन पूरा हुन्छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, 'त्यसपछि काम अगाडि बढ्छ।'

निगमको ग्राउन्ड सपोर्ट विभागका निर्देशक रमेशबहादुर शाह संयोजक रहेको समितिले हाल ती चारै कम्पनीको प्राविधिक मूल्यांकन गरिरहेको छ। निगमको ग्राउन्ड ह्यान्डलिङमा परामर्शदाता बन्न अमेरिकाको एक, जर्मनीको एक र भारतका दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्।

प्रवक्ता शर्माका अनुसार छनोटमा पर्ने कम्पनीले पहिलो चरणमा त्रिभुवन विमानस्थलस्थित निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा मूल्यांकन गर्नेछन्। त्यसपछि कुन क्षेत्रमा के–के र कसरी सुधार गर्न सकिन्छ, सुक्ष्म तरिकाले काम गर्न लगाउँछन्। ग्राउन्ड ह्यान्डलिङको सबै भागमा काम गर्नेछन्।

'परामर्शदाता कम्पनीले तीनदेखि ६ महिनाभित्र सबै काम सक्ने गरी प्रस्ताव पेस गरेका छन्,' उनले भने, 'तिनको काम सकिएपछि इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) को विज्ञ टोली बोलाएर ग्राउन्ड ह्यान्डलिङको अडिट गराउँछौं।'

निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट वार्षिक २ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ। यसको १२ प्रतिशत हिस्सा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउने गर्छ। प्राधिकरण त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय हो।

निगमले ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त गर्ने कुल आम्दानीको १२ प्रतिशत हिस्साबराबरको २७ करोड रुपैयाँ प्राधिकरणले पाउने गर्छ। यस्तो हिस्सा आगामी वर्ष वृद्धि गरी १५ प्रतिशत पुर्यारउने सम्झौता दुवै संस्थाबीच गत वर्ष भएको थियो। यसअनुसार प्राधिरकरणले अर्को वर्ष निगमबाट ३३ करोड ७५ लाख रुपैयाँ पाउने छ।

'विदेशी परामर्शदाताले काम पूरा गरेपछि हाम्रो ग्राउन्ड ह्यान्डलिङ सेवा उत्कृष्ट हुने विश्वास छ,' शर्माले भने, 'हाम्रो सेवा महँगो छ भनिन्छ, तर व्यावसायिक सेवा महँगै हुने गर्छ।'

प्राधिकरणले २०६५ माघ २७ मा निगमलाई पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ गर्न दिने सम्झौता गरेको थियो। त्यसको म्याद २०७० माघ २७ मा सकिएको थियो। त्यसको अघिल्लो दिन प्राधिकरण दुई वर्षसम्म निगमलाई नै ग्राउन्ड ह्यान्डलिङ गर्न दिने सम्झौता गरेको थियो। प्राधिकरणले निगमको सेवाको गुणस्तरमा सुधार नआए तथा सेवा शुल्क सयमसापेक्ष नभए प्रतिस्पर्धाका आधारमा अर्को कम्पनी ल्याउने तयारी त्यसबेला गरेको थियो।

त्रिभुवन विमानस्थलमा उडान–अवतरण गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजहरूलाई आवश्यक पर्ने भर्यााङ, ब्यागेज बोक्ने गाडी, यात्रुलाई जहाजसम्म पुर्याेउने र ल्याउने ठूला बस (र्या‍म्प बस), जहाजलाई तान्ने र ठेल्ने 'पुस ब्याक' गाडीदेखि बोर्डिङ पास, ट्र्याक्टरलगायत सुविधा उपलब्ध गराउने कामलाई ग्राउन्ड ह्यान्डलिङ भनिन्छ।

निगमले दुईवटा एयरबस 'ए३२०–२००' सिरिजका जहाज ल्याएर गर्ने आम्दानी र सेवा एक वर्ष हेर्न ग्राउन्ड ह्यान्डलिङ उसैलाई दिइएको प्राधिकरणले त्यसबेला जनाएको थियो। त्यसपछि अर्को कम्पनी ल्याउन अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्दा निगम पनि छनोट हुनसक्ने प्राधिकरणको भनाइ छ।

त्रिभुवन विमानस्थलमा हाल २९ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। तीमध्ये थाइल्यान्डको थाई एयरवेज र भारतको एयर इन्डियाबाहेक बाँकी सबैको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ।
अर्को समाचार
ग्राउन्ड ह्यान्डलिङबाट हुन्छ यस्तो आम्दानी, रकमको लोभले चलखेल
१३ असोज २०७७
•
३ मिनेट पाठ
ग्राउन्ड ह्यान्डलिङबाट हुन्छ यस्तो आम्दानी, रकमको लोभले चलखेल
नेपाल वायु सेवा निगमको आउटा राम्रो आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ पनि हो। तर यसमा अहिले हवाई माफियाहरुले आँखा लगाइरहेका छन्। ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त रकमबाट वार्षिक ६० देखि ७० करोड रुपैयाँ रोयल्टीको रुपमा प्राधिकरणलाई र सरकारलाई भ्याट बुझाउँदै आएको निगमको कर्मचारीसँगको भनाई छ।




यही रकममा हवाई माफियाहरुले आँखा गाडेको संघको दावी छ। उक्त रकममा आँखा लगाउँदै हवाई माफियाले २०७२ देखि नै निगम डुबाउन चलखेल गरेको संघका महासचिव नेत्रराज रावतले दाबी छ। उनले राजनीतिक नियुक्तिमा निगम प्रवेश गरेका सञ्चालक समिति सदस्यको समेत यसमा भूमिका रहेको दाबी गरे। संघका महासचिव नेत्रराज रावतले निगमले ग्राउन्ड ह्यान्डलिङबाट आर्जन गर्ने वार्षिक चार अर्ब रुपैयाँ कमाउने मौका हिमालयलाई दिने गरी ‘हवाई माफियाहरु लागेको’ बताएका छन्।

‘एक वर्षअघिसम्म प्राधिकरणको सदस्यमा निगमको अध्यक्ष पनि हुने व्यवस्था थियो। आर्थिक चलखेलकै लागि अहिले त्यो व्यवस्था हटाइएको छ,’ रावतले भने।  

विदेशी लगानीसमेत रहेको हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्न दिने निर्णय फिर्ता लिन पर्यटनमन्त्री योगेश भट्टराईले दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले नटेरेको नेपाल वायुसेवा निगम कर्मचारी संघले दाबी गरेको छ। प्राधिकरणले उल्टै भित्रभित्रै हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ दिने प्रक्रिया अघि बढाइरहेको दाबी गरेको छ।  

यो पनि पढ्नुहोस्

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

हालसम्म थाई एयरवेज र एयर इन्डियाबाहेक सबै स्वदेशी र विदेशी वायुसेवाको ग्राउन्ड ह्यान्डलिङ निगमले गर्दै आएको छ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त निर्णय रोक्न ठाडो निर्देशन दिए पनि प्राधिकरणबाट हिमालयलाई आधिकारिक पत्र नगएको संघको भनाइ छ।  

एयर इन्डिया र थाईले जिटुजी सम्झौतामार्फत २०५५ साल अघिदेखि नै आफैंले ग्राउन्ड ह्यान्डलिङ गर्दै आए पनि तिनले अझै कतिपय उपकरण र बस निगमकै प्रयोग गरिरहेको उनको दाबी छ।

निगमको अस्तित्व नै संकटमा पार्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा अहिले हिमालयलाई छिराउने र पछि २०२१ को फेब्रुअरीमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ नै दिन खोजेको उनको भनाइ छ।

हिमालयलाई दिएको जिम्मेवारीबाट निगम र प्राधिकरणको आम्दानीको हिस्सासमेत विदेशी कम्पनीलाई जाने उनले बताए।  पाँच वर्षदेखि अन्तर्राष्ट्रियस्तरको आइएसएजिओ प्रमाणपत्र पाएको निगमसँग रहेको ग्राउन्ड ह्यान्डलिङमा प्रयोग हुने उपकरणलाई समेत स्थान अभाव भइरहेको बेला अर्को कम्पनीलाई जिम्मेवारी दिलाउन हवाई माफियाले दबाब दिएको निगम कर्मचारीको भनाइ छ।

उद्धार उडानमा समेत निगमलाई भन्दा हिमालयलाई काखी च्यापेको उनको भनाइ छ। निगमले एक सय ५४ र हिमालयले एक सय ६३ उडानको जिम्मेवारी पाएको उनले बताए।  हिमालयले प्राधिकरणलाई तिर्नुपर्ने १० करोड ६४ लाख रुपैयाँ पार्किङ शुल्कसमेत नतिरेको स्रोतको दाबी छ।  

संघले जारी गरेको विज्ञप्तिमा ग्राउन्ड ह्यान्डलिङ सेवा अरुलाई दिँदा सरकारको ठूलो लगानी, रोजगारीको अवसर र सरकारले पाउने राजस्व गुम्ने एवं कार्यरत कर्मचारीको जागिर गुम्ने भएकोले निजी विमान कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ दिनु आम कर्मचारी र देशहित विपरीत हुने उल्लेख छ।  

निगमले सरकारको जमानीमा सञ्चय कोष तथा नागरिक लगानी कोषसँग लिएको ऋणको साँवाब्याज तिर्नुपर्ने बेला आम्दानीको ठूलो स्रोत ग्राउन्ड ह्यान्डलिङ निजी कम्पनीलाई दिन नहुने संघको भनाइ छ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस