पोखरा-गएको साउनदेखि पुससम्म पोखराका बैंक तथा वित्तीय संस्थाले ५० करोड रुपैयाँ खुद नाफा गरेका छन्। यो सहरलाई केन्द्र बनाएर सञ्चालन भएका विकास बैंकको संख्या सात र फाइनान्स कम्पनीको संख्या चार छ। ती सबैले गरेको खुद नाफा आधा अर्बनजिक छ।सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले नाफा गरेको छ। उसले गएको ६ महिनामा १० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको हो। गाउँघरतिरका साना उद्यमी र व्यवसायीबीच लोकप्रिय बनेको यो बैंकले लघुवित्त कार्यक्रम सञ्चालन गरेर त्यतिका नाफा गर्न सफल भएको छ। ‘लघुवित्त कार्यक्रमबाट पनि नाफा गर्न सकिन्छ भन्ने उदाहरण दिन सकेका छौं,' मुक्तिनाथका सिइओ भरतराज ढकालले नागरिकसँग भने। मुक्तिनाथ बैंकले यो वर्षको पहिलो त्रैमासमा पनि सबैभन्दा बढी नाफा कमाएको थियो।
पर्यटन व्यवसाय र रेमिटेन्सको आम्दानीलाई आधार बनाएका बैंकसँग खराब कर्जाको प्रतिशत निकै न्यून छ। मुक्तिनाथपछि सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ। यो बैंकले गएको पुस मसान्तसम्म कमाएको खुद नाफा ६ करोड ५२ लाख रुपैयाँ छ। त्यसपछि बढी नाफा गर्नेमा क्रमशः सिटी विकास बैंक ५ करोड ५९ लाख र विश्व विकास बैंक ५ करोड ५६ लाख रुपैयाँ छ।
ओम फाइनान्सले ४ करोड ७५ लाख र फेवा फाइनान्सले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गण्डकी विकास बैंकको खुद नाफा ४ करोड १६ लाख रुपैयाँ छ भने कामना विकास बैंकले ३ करोड ५६ लाख रुपैयाँ कमाएको छ। कास्की फाइनान्सले २ करोड २२ लाख र मेट्रो विकास बैंकले २ करोड ३ लाख र पोखरा फाइनान्सले ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ।
पोखरालाई केन्द्र बनाएर सञ्चालित बैंक फाइनान्सले पछिल्लो समय बढाएको नाफाको आधार उनीहरुको विस्तातिर व्यवसाय नै हो। बैंक फाइनान्सले शाखाहरुसमेत बढाउँदै व्यवसाय विस्तार गरेका छन्। गएको ६ महिनामा सिटी विकास बैंकले मात्रै ४ शाखा बढाएको थियो। मुक्तिनाथ विकास बैंकले पनि पोखरा उपत्यकाभित्रै ३ र अन्त पनि शाखा विस्तारलाई तीब्र पारेको थियो।
पछिल्लो समय यहाँको पर्यटन उद्योगमा भएको वृद्धिले पनि बैंकिङ क्षेत्रको नाफामा योगदान गरेको छ। करोडौं करोडका होटल/रेस्टुरेन्ट खुलेपछि त्यो क्षेत्रमा बैंकिङ लगानी विस्तार भएको छ। ‘औद्योगिक विकास खासै नभए पनि कृषि र पर्यटन क्षेत्र फस्टाउँदै गएको छ,' गण्डकी विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले नागरिकसँग भने।
कृषिमा पनि गाईभैंसीपालन फस्टाउन थालेको शर्मा बताउँछन्। ‘पहिलापहिला कृषि भन्नेवित्तिकै कुखरापालन धेरै हुन्थ्यो,' उनले भने, ‘अचेल गाईभैंसी पाल्नेहरु बढी छन्।' उनका अनुसार गाईभैंसी पाल्ने भनेर ऋण लिनेहरुले अधिकतम पनि डेढ–दुई करोड रुपैयाँ माग्न थालेका छन्। कृषि पनि व्यावसायिक बन्न थालेपछि यसमा बढी लगानीको खाँचो देखिएको हो। घरजग्गा कारोबारमा आएको वृद्धिले पनि बैंकिङ संस्थाको व्यवसाय बढेको उनले बताए।
कास्की फाइनान्सका सिइओ तोयराज अधिकारी कृषि र पर्यटनमा भएको विस्तार नै आफूहरुको संस्थाको नाफाको सबैभन्दा ठूलो आधार भएको बताउँछन्। उनले पछिल्लो समय लघुवित्त क्षेत्रमा पनि लगानी बढाउँदै लगेको जानकारी दिए। ‘लघुवित्तको छुट्टै विभागै खोलेर सेवा बढाएका छौं,' उनले नागरिकसँग भने।