काठमाडौं- करिब तीन दशकदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका नेपाल वायुसेवा निगमका दुईवटा 'बोइङ ७५७' जहाज हङकङ जान नपाउने भएका छन्। हङकङले दुवै जहाजलाई अबको एक महिनासम्म मात्र उडान गर्न पाउने समयसीमा तोकिदिएपछि ७५७ को बाटो बन्द हुने भएको हो।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१२ भित्र त्यहाँ उडान–अवतरण गर्ने जहाजमा 'रेगुलेटेड नेभिगेसनल प्रोसिडियोर–वान' (आरएनपी–वान) प्रविधि अनिवार्य जडान नगरे त्यस्ता जहाजलाई अवतरण गर्न नदिने नीति ल्याएपछि त्यसको चपेटामा निगम पनि परेको हो। २०१३ पहिलो महिनाबाट हङकङ विमानस्थलमा निगमका बाहेक आरएनपी–वान प्रविधि जडित जहाजमात्र उडान–अवतरण भइरहेका छन्।
त्यसबेला निगमको आग्रहपछि हङकङले निगमका जहाजलाई आरएनपी–वान प्रविधि जडान नगरे पनि उडान–अवतरण सुविधा दिँदै आएको थियो। पछिल्लो पटक हङकङले निगमका जहाजमा उक्त प्रविधि जडान गर्ने दिएको अन्तिम मिति गत शनिबार (फागुन १६) सम्म थियो। निगमले भने अन्तिम मिति आउनुअघि नै पुनः आग्रह गरेपछि थप एक महिना (आगामी चैत १७ सम्म) उडान म्याद पाएको छ।
'हाम्रा दुईवटा बोइङ ७५७ लाई हङकङ उडान गर्न पाउने अन्तिम म्याद एक महिना थपिएको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'त्यसपछि हाम्रा बोइङ त्यता जान पाउँदैनन्। हामी अब एयरबस ए३२० बाट हङकङ उडान गर्छौं।'
निगमस्थित इन्जिनियरहरूका अनुसार आरएनपी–वान यस्तो प्रविधि हो, जसलाई जहाजभित्र कम्प्युटरमा जडान गर्नुपर्छ। यसले भूउपग्रहमार्फत् जहाजको अवस्था हेरेर अवतरण गराउन मद्दत गर्छ। त्यसैगरी विमानस्थल व्यस्त भएका बेला जहाजको दुरी कायम गर्न पनि यसबाट सहयोग पुग्छ। ठूला जहाजका लागि आएको यो पछिल्लो प्रविधि हो।
सम्बद्ध अधिकारीका अनुसार एउटा जहाजमा आरएनपी–वान प्रविधि जडान गर्न ३ लाख अमेरिकी डलर (करिब ३ करोड रुपैयाँ) भन्दा बढी खर्च लाग्छ। दुई जहाज र जगेडा समेत राख्नुपर्ने भएकाले १० लाख डलर (करिब १० करोड रुपैयाँ) खर्च लाग्छ। यो खर्च अझै माथि हुन सक्ने र पुराना जहाज भएका कारण निगमले उक्त प्रविधि जडान नगर्ने निर्णय गरेको थियो र हङकङ विमानस्थल व्यवस्थापनलाई समयसीमा सार्न आग्रह गर्दै आएको थियो।
हङकङको निर्णयपछि निगमले आफ्ना दुई बोइङमा उड्डयन क्षेत्रको उक्त पछिल्लो प्रविधि जडान गर्न मिल्छ वा मिल्दैन र नयाँ राख्नुपरे कति खर्च लाग्छ भन्ने अध्ययन गरेको थियो। त्यसका लागि निगम व्यवस्थापनले आफ्ना इन्जिनियरहरूसँग यसबारे परामर्श गरेको थियो। इन्जिनियरहरूले झन्डै तीन दशक पुराना जहाजमा आरएनपी–वान प्रविधि जडान गर्नका लागि पूरै प्रणाली परिवर्तन गर्नुपर्ने बताएपछि थप प्रक्रिया रोकिएको थियो। नौलो प्रविधि आइरहने र वर्षौं पुराना जहाजमा करोडौं खर्चमा जडान गर्दै जानुको औचित्य नहुने निगमको भनाइ थियो।
दक्षिण एसियामै बोइङ ७५७ मोडेल र साढे दुई दशक पुराना जहाज उडाउने निगम एकमात्र वायुसेवा कम्पनी भएको सम्बद्ध अधिकारी बताउँछन्। त्यसमाथि अमेरिकी जहाज निर्माता कम्पनी बोइङले ७५७ सिरिजका जहाज उत्पादन सन् २००३ बाटै बन्द गरेको थियो।
निगमका अर्का एक अधिकारीले भने आरएनपी–वान प्रविधि जडान गर्नुपर्ने नीति अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा लागू नभइसकेका कारण ७५७ जहाजलाई केही राहत मिलेको छ। निगम हाल हङकङसहित, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक र कतारको दोहा गन्तव्यमा उडिरहेको छ। नयाँदिल्ली उडान तीन वर्ष ३ महिना बन्द गरेर ए३२० बाट गत शुक्रबारबाट उडान गर्न थालेको छ।
जहाज अभाव झेलिरहेको राष्ट्रिय ध्वजावाहक निगमका अगाडि यो 'ठूलो समस्या' का रूपमा तेर्सिए पनि नयाँ जहाज ल्याउन सफल भएका कारण आफ्नो नाफामूलक सेक्टर हङकङ छाड्नुपर्ने अवस्था भने आएन। पछिल्लो पटक उत्पादित जहाजमा भने यस्तो प्रविधि अनिवार्य जडान गरिएका हुन्छन्। निगमको ए३२० मा पनि यो प्रविधि छ।
एयरबसबाट अर्को साता बैंकक र हङकङ उडान
नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२००' सिरिजको जहाजबाट अर्को सातादेखि बैंकक र हङकङ उडाउने भएको छ। हाल यो जहाजले भारतको नयाँदिल्लीका लागि सातामा चार उडान गरिरहेको छ।
'नयाँ जहाजबाट अर्को सातादेखि बैंकक उडान सुरु गर्छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, 'बैंकक सुरु भएको एक सातापछि हङकङ उडान थाल्छौं।'
बोइङ ७५७ मा टिकट बुकिङ गरेका यात्रुलाई ए३२० बाट हङकङ पठाइने निगमको भनाइ छ। जुनसुकै जहाजमा गए पनि निगमले भाडा दर भने यथावत राखेको छ। हङकङका लागि करसहित दुईतर्फी प्रतियात्रु ५८ हजार रुपैयाँ र बैंककका लागि दुईतर्फी न्यूनतम ३१ हजार रुपैयाँ रहेको छ।