काठमाडौं-सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि गरिएका समझदारी कार्यान्वयन हेर्न गठन गरेको १२ सदस्यीय संयुक्त कार्यदल पहिलो बैठकमा सहभागी हुन भारत नयाँदिल्ली गएको छ।
दिल्लीमा बिहीबार हुने बैठकमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीको नेतृत्वमा १२ सदस्यीय कार्यदल बुधबार त्यसतर्फ गएको हो।
टोलीमा पर्यटन विभागका महानिर्देशक तुलसी गौतम, नेपाल पर्यटन बोर्डका कार्यवाहक कार्यकारी प्रमुख नन्दिनीलाहे थापा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष डिबी लिम्बु, नेपाल भारत चेम्बर अफ कर्मसकी टुरिज्म कन्भेनर श्रृजना राणा, अन्य सरकारी निकायका पाँच प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासकी एक प्रतिनिधि सहभागी छन्।
'कसरी दुवै देशले एकअर्काबाट फाइदा लिन सकिन्छ र कसरी संयुक्त रूपमा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने बारे बैठकमा छलफल गर्नेछौं,' टोली नेता सहसचिव पराजुलीले भने।
सार्क सम्मेलनमा भएको समझदारीअनुसार पर्यटन क्षेत्रमा उत्कृष्ट द्विपक्षीय सहकार्यका लागि संयुक्त कार्यदल गठन गर्ने सहमति भएको थियो। त्यसपछि पर्यटन मन्त्रालयले गत माघ तेस्रो साता संयुक्त कार्यदल गठन गरेको थियो।
नेपाल र भारत भ्रमण गर्ने पर्यटकका लागि बुद्धिस्ट सर्किट (लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर) जोड्ने, यो सर्किटमा संयुक्त भ्रमण प्याकेज निर्माणका लागि ट्राभल कम्पनीहरूलाई सहजीकरण गर्ने, पर्यटनमा द्विपक्षीय सहकार्य विस्तार, पर्यटन साझेदारबीच सहकार्यमा बढावा दिने, मानव संशाधन विकास गर्न आदान प्रदान कार्यक्रम स्थापना गर्ने, लगानी र आतिथ्य सत्कारमा लगानी वृद्धि गर्ने, प्रवर्द्धनका क्षेत्रमा अनुभव आदान प्रदान गर्ने, बजारीकरण, गन्तव्य विकास र व्यवस्थापन तथा दिगो पर्यटन प्रवर्द्धनजस्ता बुँदा विगतको समझदारीमा उल्लेख छ।
संयुक्त कार्यदलले तेस्रो पक्षीय भुक्तानीसम्बन्धी प्रक्रिया र नीति सरलीकरणका लागि काम गर्ने तथा अन्तरसरकारी प्रतिनिधि, वायुसेवा तथा निजी पर्यटन क्षेत्रबीच वार्षिक भेटघाट गर्न द्विपक्षीय पर्यटन मञ्च निर्माणको बाटो खोलेको मन्त्रालयले जनाएको छ। संयुक्त कार्यदलको बैठक हरेक दुई वर्षमा हुने छ।