काठमाडौं-कृषि विकास मन्त्रालयले आगामी वर्ष एउटा जिल्लामा बढीमा पाँच वटामात्रै कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट बनाउँदै छ। धेरै कार्यक्रममा बजेट जाँदा नतिजा नआएको भन्दै कार्यक्रमको रुप फेर्न लागेको मन्त्रालयका अधिकारी बताउँछन्। मन्त्रालयको योजना महाशाखा हेर्ने सहसचिव योगेन्द्रकुमार कार्कीले आगामी आर्थिक वर्षका लागि बढीमा पाँचवटा कार्यक्रममा मात्रै बजेट दिने तयारी गरेको बताए।‘विगतमा एउटै जिल्लामा १५ देखि २० वटासम्म कार्यक्रमलाई बजेट दियौं,' उनले भने, ‘लगानीअनुसार नतिजा आएन। त्यसैले आगामी वर्षदेखि एउटा जिल्लामा पाँचवटा कार्यक्रमलाई मात्रै बजेट उपलब्ध गराउँछौं।'
कार्कीका अनुसार तीन कृषि र दुई पशुपालन कार्यक्रमलाई सरकारले बजेट दिने छ। कृषिमा कुन जिल्लामा कस्तो खाद्यान्न उत्पादन हुन्छ, त्यसमा मात्रै लगानी गर्ने मन्त्रालयको योजना छ। कुन क्षेत्रमा के उत्पादन हुन्छ? त्यसको प्रतिवेदन जिल्ला कृषि कार्यालयमार्फत मगाइएको छ। त्यसैका आधारमा कृषि र पशुको क्षेत्र तोकिने उनको भनाइ छ।
‘आगामी वर्षको बजेटमा दातामार्फत आएको पैसा पनि सरकारले छानेको कार्यक्रममा लैजाने र मन्त्रालयले पनि सोही कार्यक्रममा हाल्ने गरी योजना बन्दै छ,' कार्कीले भने, ‘आगामी वर्षको कार्यक्रममा सरकार तथा दाताले तीन वर्षदेखि पाँच वर्षसम्म निरन्तर लगानी गर्ने गरी योजना बनिरहेका छन्।'
मन्त्रालय आफैंले पनि ७५ वटै जिल्लामा कृषि क्षेत्रतर्फ धान, तरकारी, चिया, दलहन, तेलहन, अलैँची, मकै, अदुवा, आलु, गहुँ, उखु, भटमास, जुनार, सुन्तला, किवी र स्याउ छानेको छ। त्यसबाहेक जिल्ला कृषि कार्यालयले थप बाली तथा पशु पाल्न सकिन्छ भनेमा थपघट हुने उनले बताए। सहसचिव कार्कीका अनुसार प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै बाली तथा पशुपालनका लागि सम्भाव्यता अध्ययन गरेर योजनामा राख्ने तयारी छ।
मन्त्रालयले केन्द्रीयस्तरबाट सञ्चालित ५३ वटा कार्यक्रमलाई कुनै न कुनै रुपमा खारेज वा मर्जर गर्ने जनाएको छ। पुराना कार्यक्रमको संख्या घटाएर भए पनि नयाँलाई नतिजामुखी बनाउने दाबी उसको छ। स–साना कार्यक्रममा बजेट छरिँदा सोचेजस्तो नतिजा नआएको भन्दै मन्त्रालयले मर्जर वा खारेजीको बाटो रोजेको हो।
सहसचिव कार्कीले पुराना कार्यक्रमबाट प्रगति हुन नसकेको बताए। ‘अहिले भएका ५३ वटा केन्द्रीयस्तरका कार्यक्रम खारेज वा एक अर्कामा गाभेर भए पनि नतिजामुखी बनाउने गरी योजना तर्जुमा भइरहेको छ,' उनले भने, ‘परम्परागत कार्यक्रमले सरकारको उद्देश्यअनुरुप नतिजा दिन सकेनन्।'
आगामी वर्षको बजेटका लागि मन्त्रालयले एउटा जिल्लामा पाँचवटा भन्दा बढी कार्यक्रम सञ्चालन गर्न नपाइने गरी व्यवस्था मिलाउन लागेको छ। संसदको कृषि तथा जलस्रोत समितिले पनि मन्त्रालयका कार्यक्रम प्रभावकारी नभएको बताएपछि आगामी आर्थिक वर्षबाट नयाँ रुपमा ल्याउन लागेको कृषिका अधिकारी बताउँछन्।