काठमाडौं-पूर्वतयारीबिना एयरबस जहाजको तालिममा पठाइएका पाइलटहरू बीचमै छाडेर फर्केको घटनालगत्तै नेपाल वायुसेवा निगमले अर्को टोली जाने मिति स्थगन गरेको छ।युरोपेली जहाज निर्माता कम्पनीसँग खरिद गरिएका जहाज उडाउन आवश्यक पाइलट तयार गर्नेक्रममा निगमले तालिम लिन फ्रान्स पठाएका ६ मध्ये तीनजना तालिम आधा छाडेर फिर्ता आएपछि दोस्रो टोली जाने मिति तत्कालका लागि स्थगन गरिएको हो।
‘पहिलो पटक टोली पठाउँदा अलि हतार भएको र तयारी पनि राम्रो नभएपछि पाइलट फिर्ता आउने समस्या देखियो,' निगमका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, ‘त्योभन्दा बरू पूर्वतयारी गरेरै पठाउँदा संस्था र पाइलट दुवैलाई राम्रो हुने देखियो। त्यसकारण तत्कालका लागि मिति स्थगन गरेका हौं।'
उनका अनुसार माघ २३ मा ६ जना वरिष्ठ क्याप्टेन सहभागी दोस्रो टोली एयरबस जहाज उडान तालिम लिन फ्रान्स जाने मिति तय भएको थियो। उक्त टोलीमा राकेश जबरा, सुवर्ण अवाले, राजन मानन्धर, दीपाल शेरचन, समजकुमार श्रेष्ठ र रविन्द्रकुमार शेरचन परेका थिए। सबैजना बोइङ ७५७ का वरिष्ठ क्याप्टेन हुन्।
‘आगामी तीन सातासम्मका लागि दोस्रो टोली फ्रान्स जाने मिति स्थगन गरेका छौं,' उनले भने, ‘पछिल्लो घटनाबाट पाइलटहरूको मनोवल ‘केही खस्किएको' हो कि भन्ने अनुमान गरिएको छ। त्यही भएर उनीहरूलाई प्रोत्साहन गर्न र सबै कुरा तयारी गर्नका लागि मिति पर सारेका हौं।'
ती अधिकारीले पूर्वतयारीका लागि मिति स्थगन गरेको दाबी गरे पनि सम्बद्ध स्रोतका अनुसार दोस्रो टोलीमा सहभागी वरिष्ठ क्याप्टेन मानन्धरले ‘एयरबस जहाज तालिममा सहभागी नहुने' भन्दै लिखित निवेदन दिएपछि व्यवस्थापनलाई ‘दबाब' परेको छ। तर, व्यवस्थापनले भने मानन्धरको बारेमा कुनै निर्णय भई नसकेको बताएको छ।
निगमका एक क्याप्टेनका अनुसार एयरबसको तालिमका लागि ४ हजार पृष्ठको ‘म्यानुअल' पढ्नुपर्ने भएपछि केही गाह्रो भएको हो। त्यसमाथि तीन दशकदेखि अमेरिकी जहाज निर्माता बोइङका जहाज उडाइरहेका पाइलटलाई एक्कासि एयरबसका जहाज उडाउनु परेपछि गाह्रो हुनु स्वाभाविक पनि हो।
‘विज्ञहरूले योजना नबनाएको नतिजा हो, पाइलट फिर्ता भएको घटना र त्यसमाथि व्यवस्थापनले आ–आफ्ना मान्छे छान्दा पनि समस्या भएको हो। उडान तालिम भएको नियमित प्रक्रिया हो, पास/फेल ठूलो कुरा होइन,' उनले भने, ‘वर्तमान व्यवस्थापनले एयरबस तालिमलाई हल्का लिएको छ, जहाज आए पनि यही कारण उड्ने होइन त्रिभुवन विमानस्थलमा घाम तापेर बस्ने पक्का छ।' बजार रणनीति नहुँदा र जाने भनिएका गन्तव्यमा पनि कार्यालय स्थापना नहुँदा समस्या ज्युँकात्युँ रहेको उनको भनाइ छ।
नयाँ जहाजलाई विदेशी पाइलट
नेपाल वायुसेवा निगमले एयरबसका नयाँ जहाज उडाउन विदेशी पाइलट लिने तयारी अगाडि बढाएको छ। माघ १० मा ‘ए३२०–२००' सिरिजका जहाज उडाउन करिब एक दर्जन पाइलट भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको निगमले अहिले विदेशी पाइलट लिने तयारी अगाडि बढाएको हो।
‘नेपाली पाइलट लिने त छँदैछ, विकल्पका रूपमा विदेशी पाइलट पनि लिने योजना छ,' सम्बद्ध अधिकारीले भने, ‘यसका लागि केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र संस्थासँग कुराकानी अगाडि बढेको छ।' ती कम्पनी र संस्थाबारे भने उनले केही खुलाउन चाहेनन्।
अर्बौं मूल्यको जहाज ल्याउने अनि विदेशी पाइलट लिँदा लाखौं घाटा लाग्छ भनेर जहाज थन्क्याएर राख्नुको अर्थ नहुने भन्दै उनले कुनै पनि हालतमा जहाज उडाउनैपर्ने बताए।
चिनियाँ जहाज भोलिबाट उड्ने
प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सातादेखि ‘ग्राउन्डेड' नेपाल वायुसेवा निगमको चिनियाँ जहाज ‘मोडर्न आर्क' (एमए–६०) मंगलबारबाट उड्ने भएको छ।
‘चीनबाट सामान आइपुगेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार नागरिकसँग भने, ‘सोबारबाट सामान जडान भएपछि मंगलबारबाट जहाज नियमित उडानमा जाने छ।' यो जहाज माघ २० देखि ग्राउन्डेड छ।