काठमाडौं-नेपाल वायुसेवा निगमले यही महिनाभित्र प्राप्त गर्ने नयाँ जहाजको तालिम लिन गएका आधा दर्जन वरिष्ठ क्याप्टेन (पाइलट) मध्ये तीनजना तालिम ‘पूरा गर्न नसकेपछि' फिर्ता भएका छन्।निगम उच्च स्रोतका अनुसार वरिष्ठ क्याप्टेनहरू सन्तोष शर्मा, दीपकनरसिंह राणा र महेश्वरमान डंगोल एयरबसको तालिम पूरा गर्न नसकेपछि फिर्ता भएका हुन्। तीमध्ये राणा र डंगोल काठमाडौं आइसकेका छन् भने शर्मा आइपुगेका छैनन्।
‘एकथरी जहाज उडाइरहेका क्याप्टेनलाई पूर्वतयारीबिना अर्कोथरी जहाज उडान तालिममा पठाउनु नै निगम व्यवस्थापनको गल्ती हो,' स्रोतले सोमबार नागरिकसँग भन्यो, ‘तीनैजना वरिष्ठ क्याप्टेनले तालिम पूरा गर्न नसक्नु भनेको प्रशिक्षक पाइलट (आइपी) ले तालिमका लागि पाइलट छनोट गर्नुपर्नेमा व्यवस्थापनले छनोट गरेर अर्को गल्ती गर्दाको नतिजा हो।'
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेका दुईवटा ‘ए३२०–२००' सिरिजका जहाज उडाउन आवश्यक पाइलट तयार गर्नका लागि यहाँ उडाइरहेका मध्ये तीन सेट (६ जना) लाई गत पुस १४ मा तालिम लिन फ्रान्स पठाएको थियो। उनीहरूले यहाँ निगमको ‘बोइङ ७५७' सिरिजका जहाज उडाइरहेका थिए।
ती ६ मध्ये तीनजनाले तालिम पूरा गर्न नसकी फिर्ता आए पनि अर्का वरिष्ठ क्याप्टेनमा रविन्द्रपुरुष ढकाल तथा बोइङका को–पाइलटहरू श्रवण रिजाल र नरबहादुर विश्वकर्मा भने तालिम लिइरहेका छन्। उनीहरूको टोलीसँग नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याप्टेनहरू दीपक लामा र शैलजा मुनंकर्मी पनि निगमकै खर्चमा गएका छन्। निगमका पाइलटले तालिम लिएपछि प्राधिकरणका पाइलटले उनीहरूलाई नेपालका लागि प्रमाणित गर्नेछन्।
सम्बद्ध एक अधिकारीका अनुसार निगमले दुई जहाज खरिद गर्दा एयरबसलाई तिर्नुपर्ने रकममा १४ सेट (२८ जना) पाइलटको उडान तालिम खर्च पनि समावेश गरिएको छ। यो खरिद सम्झौतामै उल्लेख छ। २८ जनामा १४ जना क्याप्टेन तथा १४ जना को–पाइलटको तालिम लिन पाउँछन्। एकजनाको तालिम खर्च ३० हजार अमेरिकी डलर (करिब ३० लाख रुपैयाँ) बराबर हो। तालिम भने ३५ दिनको हुन्छ।
‘अहिले तीनजना क्याप्टेन फिर्ता भएपछि तीनजना बराबरको तालिम कोटा खेर गएको छ भने कति समय तालिम लिएका थिए, त्यसवापतको खर्च पनि खेर गएको छ,' ती अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘तीनजनाले तीन साताजति तालिम लिएका थिए। यकिन हिसाब निकाल्न बाँकी भए पनि ७० प्रतिशत तालिम खर्च खेर गएको छ।'
उनका अनुसार क्याप्टेन शर्माले एयरबसको तालिममा जान नचाहँदा नचाहँदै पनि व्यवस्थापनले जबर्जस्ती पठाएको थियो। हाल फिर्ता भएका तीनैजना क्याप्टेनले ५० वर्ष उमेर पार गरिसकेका छन्। यसअघि पहिलो टोलीमा परेका वरिष्ठ क्याप्टेनहरू शुक्रसमसेर राणा, ओमबहादुर गुरुङ र कृष्णविक्रम पौडेल क्षेत्रीले भने एयरबसका जहाज उडाउन नजाने र बोइङ ७५७ मै बस्ने भनेपछि उनीहरू टोलीबाट बाहिरिएका थिए।
‘जहाज उडान तालिममा उमेरले खासै फरक पार्दैन तर, जहाजको प्रकार फेरिँदा समस्या परेको हुनसक्छ,' उनले भने, ‘हामी तीन दशकदेखि अमेरिकी कम्पनी बोइङका जहाज उडाइरहेका छौं, एक्कासि एयरबसका जहाज उडाउनुपरेपछि समस्या त आइहाल्छ। यो स्वाभाविक पनि हो। बोइङकै अन्य सिरिजका जहाजका तालिम भए कुनै समस्या हुनेथिएन।'
उनका अनुसार नयाँ जहाज आउने मिति एक वर्षअघि नै एयरबसले दिएको थियो। त्यसबेलादेखि नै आवश्यक सम्पूर्ण तयारी पूरा गरेर पाइलटलाई तालिममा पठाएको भए तालिम पूरा गर्न नसकेर वरिष्ठ क्याप्टेनहरू नै सम्भवतः फिर्ता आउनुपर्ने थिएन। तर, व्यवस्थापनको गलत निर्णयका कारण दुःखदायी घटना हुन पुग्यो।
निगम व्यवस्थापनले माघ २३ मा पनि आधा दर्जन वरिष्ठ क्याप्टेनको अर्को टोली एयरबस जहाज तालिम लिन फ्रान्स पठाउँदै छ। उक्त टोलीमा राकेश जबरा, सुवर्ण अवाले, राजन मानन्धर, दीपाल शेरचन, समजकुमार श्रेष्ठ र रविन्द्रकुमार शेरचन परेका छन्। सबैजना बोइङ ७५७ का वरिष्ठ क्याप्टेन हुन्।
‘तीन वरिष्ठ क्याटेन तालिम पूरा गर्न नसकी फिर्ता हुनु संस्थाका लागि दुःखद खबर हो, हामी स्तब्ध छौं,' निगम व्यवस्थापनका एक उच्च अधिकारीले भने, ‘अर्को टोलीमा जाने क्याप्टेनहरूले तालिम पूरा गर्नेछन् भन्ने विश्वास छ, फेरि पनि फिर्ताको घटना भए बर्बादै हुनेछ। यस्ता घटना हुन थाले भने नयाँ जहाज ल्याएर थन्काउनुको विकल्प हुँदैन।'
निगमसँग बोइङ ७५७ जहाज उडाउन हाल २४ जना क्याप्टेन र दुईजना को–पाइलटमात्र छन्। यो संख्या पनि कम हो। सामान्यतयाः यस्तो एउटा जहाज उडाउन सात सेट (१४ जना) पाइलट चाहिन्छ। अहिले गएका ६ (चार वरिष्ठ क्याप्टेन र दुई को–पाइलट) तथा जाने तयारीमा रहेका ६ गरी १२ जना एयरबस उडानमै बस्नुपर्ने भएपछि बाँकी १४ क्याटेनले दुई थान बोइङ ७५७ धान्नुपर्ने छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार बोइङका पाइलटले एयरबसको तालिम लिएपछि फेरि बोइङका जहाज उडाउन पाइँदैन। त्यसैगरी ६० वर्ष उमेर पार गरेका दुईजना पाइलटले सँगसँगै एउटै जहाज उडाउन पनि पाइँदैन। ६० वर्षको पाइलटले जहाज कमान्ड गरेको छ भने को–पाइलट ६० वर्षभन्दा कम उमेरको हुनैपर्छ।
यसैबीच निगमका अन्तर्राष्ट्रिय उडानमा कार्यरत ६ जना एयर होस्टेस पनि एयरबस जहाजको ‘क्याबिन त्रु्क' तालिम लिन सोमबार चीनको राजधानी बेइजिङ गएका छन्। यो टोलीमा सावित्री राई श्रेष्ठ, प्रिया थापा, सुमिली जुहार्चन, खल्का राई, प्रियालक्ष्मी श्रेष्ठ र रेणु राई छन्। सबैजना ‘क्याबिन त्रु्क इन्स्ट्रक्टर' हुन्। यो तालिमको खर्च पनि एयबस जहाज खरिद मूल्यमै समावेश गरिएको छ।
वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट खरिदपछि ल्याउन लागेका दुईमध्ये पहिलो जहाजको आपूर्ति मिति सरेको छ। निगमले माघ २३ मा जर्मनीको ह्यामबर्गमा एयरबसबाट पहिलो जहाज प्राप्त गर्ने र त्यसको भोलिपल्ट माघ २४ मा जहाज काठमाडौं आइपुग्ने तालिका सार्वजनिक गरेको थियो। तर, जहाज हस्तान्तरण मिति यथावत भए पनि काठमाडौं आउने मिति भने एक दिन सरेर माघ २५ पुगेको सम्बद्ध अधिकारीले जानकारी दिए। ‘माघ २४ मा जहाज कतारको दोहामा बस्छ र त्यहाँबाट भोलिपल्ट प्रुभिङ फ्लाइट गरी माघ २५ मा काठमाडौं आइपुग्छ,' उनले भने।

एयर होस्टेस पनि एयरबस तालिममा

नयाँ जहाज एक दिन ढिला