काठमाडौं-नयाँ जहाज आएपछि नेपाल वायुसेवा निगमले थप पाँच गन्तव्यमा उडान गर्ने भएको छ। तिनमा पहिलो पटक उडान गर्नेदेखि विगतमा बन्द गरेका गन्तव्यसम्म छन्। सबै गन्तव्यका लागि निगम व्यवस्थापनले उडान तालिका पनि तयार गरेको छ।निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ वर्षपछि पहिलो पटक खरिद गरेका ठूला दुई जहाजमध्ये पहिलो माघ २३ गते युरोपेली जहाज निर्माता कम्पनी एयरबसले जर्मनीको ह्यामबर्गमा निगमलाई हस्तान्तरण गर्ने छ। त्यसको भोलिपल्ट २४ गते जहाज काठमाडौं आइपुग्छ। दोस्रो नयाँ जहाज भने आगामी चैत दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र आइपुग्छ। दुवै जहाजमा आठ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट रहनेछन्।
निगमले चीनको ग्वाङझाउ, भारतका नयाँदिल्ली, बैंंगलोर र मुम्बई तथा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा उडान गर्ने तालिका बनाएको छ। यीमध्ये ग्वाङझाउ निगमको विशुद्ध नयाँ गन्तव्य हो। नयाँदिल्ली, बैंगलोर, मुम्बई र दुबईमा भने विगतमा लामो समय उडान गरेर बन्द गरेको थियो।
‘अन्तर्राष्ट्रिय बजार हिस्सा बढाउने लक्ष्यसहित थप पाँच गन्तव्यमा उडान गर्ने तालिका बनाएका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, ‘दुई नयाँ आएपछि हामीसँग अन्तर्राष्ट्रिय उडान गर्न चारवटा जहाज हुनेछन्। त्यसपछि हाम्रा गन्तव्य नौ पुग्नेछन्। ती गन्तव्यमा बजार हिस्सा उल्लेख्य हुने विश्वास छ।'
उनका अनुसार युरोपेली कम्पनी एयरबसका ‘ए३२०–२००' सिरिजका १ सय ५८ सिट क्षमतायुक्त दुई र अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बि७५७' सिरिजका १ सय ९० सिटयुक्त दुई जहाजबाट नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा, क्वालालम्पुर, ग्वाङझाउ, बैंगलोर र मुम्बईका लागि सातामा ४२ उडान गर्ने छ।
चार जहाजले दिल्ली, क्वालालम्पुर र दोहाका लागि लागि दैनिक एक, ग्वाङझाउ, बैंगलोर, मुम्बई र हङकङका लागि सातामा तीन–तीन तथा दुबई सातामा तीनदेखि चार र बैंककका लागि सातामा चारसम्म उडान गर्ने तालिका निगमले बनाएको छ। एउटा जहाजको भागमा साताको करिब ११ उडान पर्ने छ। हङकङ सेक्टरमा भने बोइङ ७५७ को सट्टा ए३२० प्रयोग गर्ने निगमको तयारी छ।
‘आगामी फागुन ८ बाट नयाँ जहाज ए३२० ले नयाँदिल्ली उडान गर्छ। टिकट बुकिङ चाहिँ माघ तेस्रो साताबाट खुला हुन्छ,' प्रवक्ता शर्माले भने, ‘दिल्लीका लागि बिहान ८ बजे काठमाडौंबाट उड्ने तालिका बनाएका छौं। अन्य गन्तव्यका लागि पनि समय तालिका बनिरहेका छन्।'
निगमका अर्का एक अधिकारीका अनुसार केही सातादेखि तीन सेट (६ जना) पाइलटको टोलीले फ्रान्समा एयरबस जहाज उडान तालिम लिइरहेका छन् भने अर्को ६ जनाको टोली माघको दोस्रो साता जाने कार्यक्रम तय भएको छ। तालिममा रहेका ६ (चार वरिष्ठ क्याप्टेन र दुई को–पाइलट) तथा जाने तयारीमा रहेका ६ गरी १२ जना एयरबस उडानमै बस्नुपर्ने भएपछि बाँकी १४ क्याटेनले दुई थान बोइङ ७५७ धान्नुपर्ने छ।
वरिष्ठ क्याप्टेन रविन्द्रपुरुष ढकाल, सन्तोष शर्मा, दीपकनरसिंह राणा र महेश्वरमान डंगोल तथा को–पाइलट श्रवण रिजाल र नरबहादुर विश्वकर्मा फ्रान्समा ३५ दिने तालिम लिइरहेका छन्। त्यसैगरी वरिष्ठ क्याप्टेनहरू राकेश जबरा, सुवर्ण अवाले, राजन मानन्धर, दीपाल शेरचन, समजकुमार श्रेष्ठ र रविन्द्रकुमार शेरचन अर्को टोलीमा सहभागी भएर फ्रान्स जाँदैछन्।
‘अन्तर्राष्ट्रिय उडानलाई चुस्त बनाउन २० जनाजति नयाँ क्याप्टेन भर्ना गर्न आवेदन पनि मागिसकेका छौं,' प्रवक्ता शर्माले भने, ‘टि्वनअटर जहाजका क्याप्टेनलाई पनि विस्तारै ठूला जहाजतिर लान्छौं र उडाइरहेका र नयाँ भर्ना हुनेलाई बोइङ ७५७ र एयरबस ए३२० मा व्यवस्थित तरिकाले राख्छौं।'
एयरबसमा तालिम लिएपछि पनि नयाँ जहाज ‘कमान्ड' गर्न भने निगमका क्याप्टेनहरूले पाउँदैनन्। नयाँ जहाज काठमाडौं ल्याउँदा पनि एयरबसकै एक प्रशिक्षक पाइलटले नेतृत्व गर्नेछन् भने निगमका पाइलट सहायक हुनेछन्। केही महिनासम्म एयरबसकै प्रशिक्षक पाइलटले नयाँ जहाज कमान्ड गरेर उडाउनेछन्।
निगमले २०७० असार १३ मा एयरबससँग दुईवटा जहाज खरिद सम्झौता गरेको थियो। एयरबससँग सम्झौता हुनअघि जेठ २९ मा सञ्चय कोषसँग १० अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको थियो। यसको वार्षिक ब्याज दर १२ प्रतिशत तोकिएको छ भने चुक्ता अवधि १५ वर्ष रहेको छ।
निगम व्यवस्थापनका अनुसार हालसम्म एयरबसलाई चार किस्तामा ४ अर्ब रुपैयाँ पठाइससकिएको छ। दुई जहाजका लागि एयरबसलाई २०७० असार ३१ मा पहिलो र दोस्रो किस्ता, त्यसपछि साउन १७ र असोज १५ मा तेस्रो किस्ता तथा माघ २० र चैत १८ मा चौथो किस्ता पठाइएको थियो।
एयरबसलाई पहिलो चरणमा कुल मूल्यको करिब ३० प्रतिशत तथा बाँकी जहाज आउनु तीन महिनाअघि चुक्ता गर्नुपर्ने सर्त छ। आन्तरिक ऋणदातालाई भने जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता भएको छ।