पोखरा-पोखराबाट प्रसारण हुने स्थानीय टेलिभिजनहरु छिमेकी जिल्लाका दर्शकसम्म पुग्छन्। त्यसरी पुग्नलाई न उनीहरुले अनुमति लिएका छन् न त ती टेलिभिजन त्यहाँसम्म पुर्याीउने केबुलले। एउटामात्रै जिल्लामा प्रसारण हुने अनुमति लिएर अन्त पनि पुग्ने प्रवृत्ति केबुल र टेलिभिजन दुवैथरीमा देखिएको छ।कुनै पनि व्यापारिक संस्थाले सानो इलाकाका लागि अनुमति लिएर फराकिलो क्षेत्रमा पुग्नु भनेको राजस्व गुम्नु हो। ‘थोरै ठाउँका लागि थोरै नै पैसा तिर्न लगाएर सकारले केबुल र टिभीलाईहरु अनुमति दिएको हुन्छ,' सञ्चार मन्त्रालयका अधिकारी भन्छन्, ‘धेरै ठाउँ पुग्न धेरै पैसा तिर्नुपर्छ, नतिर्नु राजस्व छल्नु हो।'
केबुल सञ्चालकहरुले अनुमति नलिएको क्षेत्रसम्म सेवा फैलाएकोबारे सञ्चार मन्त्रालयका अधिकारी बेखबर छैनन्। कतिपय केबुल नेटवर्कहरुले एउटै हेडेन प्रयोग गरेको, अनुमतिप्राप्त क्षेत्रबाहिरसम्म पुगेको, भ्याट छली गरेको लगायत खबर पाएकाले त्यसलाई रोक्न मन्त्रालयले तल्ला निकायलाई पत्राचार पनि गरेको छ। तर, सञ्चार मन्त्रालयमार्फत आएको निर्देशनलाई ऊ मातहतको निकाय हुलाक कार्यालयले कार्यान्वयन गर्न सकेको छैन। मन्त्रालयका तर्फबाट शाखा अधिकृत रमेशप्रसाद भण्डारीले केबुलहरुको अनधिकृत गतिविधि रोक्न क्षेत्रीय प्रशासनलाई पनि पत्राचार गरेका थिए। त्यसअनुसार क्षेत्रबाट जिल्ला प्रशासनमा पनि पत्र पुगेको थुप्रै समय भएको छ। एउटाबाट अर्काे जिल्लामा जाने अनुमति लिन अर्थात एमएसओ लाइसेन्स प्राप्त गर्न मात्रै १ करोड रुपैयाँ राजस्व बुझाउनुपर्छ। त्यति पैसा नतिरी र एमएसओ नलिई केबुलहरु निर्बाध छिमेकी जिल्लाहरु पुगेका हुन्।
पोखरा, गुरुङ र बिसी केबुलले एउटै हेडेन प्रयोग गरेको पनि मन्त्रालयका अधिकारलाई थाहा छ। केबुल सञ्चालकहरु भने त्यसलाई आफ्नो बाध्यता भन्छन्। ‘लोडसेडिङको समस्या भएको हुँदा सबैले महँगो लगानी गरेर ब्याकअप राख्न सक्ने अवस्था छैन,' पोखरा केबुलका सञ्चालक सुशील लामाले नागरिकसँग भने, ‘त्यसैले सहकार्य गर्नुपरेको हो।'
कास्कीबाहेक लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा र बागलुङसम्म यहाँका केबुलहरुको सिग्नल पुग्नुलाई पनि लोडसेडिङ लगायत बाध्यताकै उपज भन्छन् व्यवसायी। गुरुङ केबुलका सञ्चालक महाप्रसाद सुवेदी भन्छन्, ‘साना ठाउँका साना व्यवसायीले ठूलो लगानी गर्न सकेका छैनन्, त्यसैले सहमतिमा सहकार्य भएको छ।' थोरै ग्राहक भएको ठाउँमा आफ्नै हेडेन राखेर र महँगा टेलिभिजनहरुलाई पैसा तिरेर प्रसारण गर्न नसक्ने समस्या देशभर रहेको व्यवसायी बताउँछन्। भारतीय र तेस्रो मुलुकका टेलिभिजनहरु प्रसारण गर्न प्याकेजमा किन्दा एउटैको वार्षिक २५ लाख रुपैयाँसम्म पर्ने सुवेदीले जानकारी दिए। ‘त्यति रकम तिरेर सानो गाउँठाउँमा केबुल सञ्चालन गर्न सकिन्न,' पोखराका केबुलको सिग्नल तानेर स्याङ्जामा बाँडिरहेका एक व्यवसायीले नागरिकसँग भने। पोखराबाटै सञ्चालन हुने बैदाम केबुलका अध्यक्ष मनोज गुरुङ भने आफूहरु अनुमतिप्राप्त क्षेत्रबाहिर नपुगेको बताउँछन्। भन्छन्, ‘अनुगमन होस्, हामी गएका रहेछौं भने कारबाही भोग्न तयार छौं।'
कुन केबुल कहाँसम्म पुगेको छ र कति ग्राहक छन् भन्नेसम्मको जानकारी राख्न सकिने भए सरकारी नियन्त्रण सजिलो हुन्छ र राजस्व पनि छलिन्न। तर, अहिलेसम्म त्यस्तो प्रविधिमा केबुलहरु पुगेका छैनन्। डिजिटल प्रविधिमा भने राज्यसँग अनुमति लिएकोबाहेक क्षेत्रमा पुग्न सम्भव हुँदैन। मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार डिजिटल प्रविधि सुरु गर्न खोज्नुको कारण नै राज्यको अनुगमनलाई दरिलो बनाउन हो। सरकारले सन् २०१५ भित्रमा डिजिटलमा जानैपर्ने कानुनी व्यवस्था गरिसकेको छ। ‘अहिले त मन्त्रालयमा पनि हामी सबै नयाँ कर्मचारी सरुवा भएर आएका छौं,' पोखरेलले भने, ‘कहाँकहाँ के भइरहेको छ, अनुगमन पहिला भयो कि भएन भन्ने पनि थाहा छैन। डिजिटल प्रविधि सुरु भएपछि सबै समस्या सुल्भि्कन्छ।' उनले अनुमतिबाहिरको क्षेत्रमा सेवा फैलाउने, एकचोटि अनुमति लिएपछि नवीकरण नै नगर्ने, ग्ा्राहक संख्या ढाँट्ने लगायत समस्याहरु रहेको भने बताए।
डिजिटल प्रविधिमा गएपछि कुनै पनि केबुल सञ्चालकले देशभर आफ्नो सेवा विस्तार गर्न सक्छ। त्यसका लागि दर्ता शुल्कमात्रै १ करोड रुपैयाँ तिर्नुपर्छ। अहिलेको एनालग प्रविधिमा भने एउटा जिल्लाभन्दा बाहिर वा देशैभरि जाने अनुमति लिन एमएसओ लाइसेन्सका लागि पनि १ करोड रुपैयाँ तिर्नुर्छ। त्यतिका रकम तिर्नुपर्ने लाइसेन्स नै नलिई वर्षौंदेखि अनुमतिबाहिरको क्षेत्रमा जाँदा पनि सञ्चार मन्त्रालयका अधिकारीले अहिलेसम्म कुनै कारबाही भने गरेनन्। डिजिटल प्रविधिमा जाने भनेर अहिलेसम्म ४ वटाले मात्रै निवेदन दिएको उपसचिव पोखरेलले बताए।