काठमाडौं- कृत्रिम अभाव गराएर ग्यास लुकाउने बिक्रेता तथा उद्योगीलाई तत्काल कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न मुख्य सचिव लीलामणि पौड्यालले निर्देशन दिएका छन्। आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो, गृह मन्त्रालयका सचिव सूर्यकुमार सिलवाल, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई बोलाएर मुख्य सचिव पौड्यालले निर्देशन दिएका हुन्।गृह सचिव सिलवालले दोषीलाई पहिचान गरी तत्काल कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। 'आवश्यक प्रमाण पुर्याहएर दोषीलाई कारबाही गर्न सम्बद्ध क्षेत्रलाई निर्देशन दिएका छौं,' उनले भने, 'कालोबजारी गरेर ग्यास लुकाउने व्यापारीलाई कारबाही हुन्छ।'
'लोडसेडिङ बेला बिजुलीको क्यालेन्डर हेरेर भात पकाउँदा–पकाउँदा हैरान भएका उपभोक्तालाई ग्यास नदिई लुकाएका व्यवसायीलाई भोलि नै कारबाही गर्नुहोस्,' बैठकमा पौड्यालले भनेका थिए, 'ग्यासमा कार्टेलिङ गर्ने सीमित व्यवसायीलाई कुनै पनि हालतमा छाडनु हुँदैन।'
'सबै उद्योगी ग्यास अभाव गराउने पक्षमा छैनन्,' उनले भने, 'केही व्यवसायीले चर्को अभाव गराएर राज्यलाई ठाडै चुनौती दिँदै हिँडेका छन्, त्यस्तालाई कारबाही गर्नुपर्छ।' सीमित व्यवसायीले कार्टेलिङ गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको उनको भनाइ छ।
ग्यास व्यवसायीले कृत्रिम अभाव सिर्जना गराउनुको कारण निगमलाई दबाब दिएर आफ्नो भागको आयात कोटा बढाउनु हो। एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेकै सुगम ग्यास लुकाएको अवस्थामा फेला परेको भोलिपल्ट पौड्यालले दोषी व्यापारीलाई कडा कारबाही गर्न निर्देशन दिएका हुन्।
नेपाल आयल निगमले मासिक २५ हजार टन (करिब २० लाख सिलिन्डर) ग्यासको कोटा निर्धारण गरेको छ। तर माग २३ हजार तीन सय ७७ टन मात्र हो। अहिले जाडो सिजन भएकाले माग बढी हुने भएपछि निगमले कोटा बढाएको कार्यकारी निर्देशक भट्टले बताए।
ग्यासको चरम अभाव भएपछि मुख्य सचिव पौड्यालले अनुगमन तीव्र बनाउन र लुकाउने व्यवसायीलाई कालोबजार ऐन २०३२ अनुसार कारबाही गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन्। काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले निगमले प्रमाणसहित प्रशासनलाई बुझाए दोषीलाई कारबाही गर्ने बताए।
सुगम ग्यासका सञ्चालकले ग्यास अभाव भएको बेला नयाँ डिलर खोल्न भन्दै एक सय ४० वटा सिलिन्डर दिएको अनुगमनका क्रममा भेटिएपछि आवश्यक कारबाही गर्ने तयारी भएको प्रशासनले जनाएको छ।
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले पनि ग्यास अभाव गर्ने व्यवसायी र डिलरलाई कारबाही गर्न निर्देशन दिएको छ। आइतबारको समिति बैठकले बजारमा ग्यास अभाव हुनुमा मुख्य दोÈी ग्यास व्यवसायी र डिलर नै रहेको ठहर गर्दै कारबाही निर्देशन दिएको हो।
समितिले बजारमा अभाव सिर्जना गर्ने र बढी मूल्य लिने व्यवसायी तथा डिलरलाई कारबाही गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। नेपाल आयल निगमले बजारमा कोटाअनुसार नै ग्यास आयात गर्दा पनि व्यवसायीले कृत्रिम अभाव गरेर कालोबजारी गरेको समितिको आरोप छ।
कम कोटा पाउँदै आएका उद्योगले आपसमा मिलेमतो गरी कोटा बढाउने मनसायले कृत्रिम अभाव सिर्जना गराएको पुष्टि भएको निगम अधिकारीले बताए। पुराना ग्राहकलाई भन्दा नयाँ सिलिन्डर किन्न आउनेलाई प्राथमिकता दिनुको कारण यही हो। नयाँ सिलिन्डर जति बढी बेच्न सक्यो, उनीहरूको बजारको आकार उति ठूलो देखिन्छ। यसले थप कोटाको निम्ति दबाब दिन सजिलो हुन्छ।
अध्यक्ष घिमिरेले केही दिनअघि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा बयान दिँदा निगम र बिक्रेताले ग्यास अभाव गराएको बताएका थिए।