काठमाडौं-नयाँ जहाज भए पनि उड्नेभन्दा धेरै बिग्रिएर थन्किन थालेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन बाँकी चार जहाज ‘नल्याउने' सम्भावना बढेर गएको छ।
चिनियाँ जहाजमा प्राविधिक समस्या निरन्तर बढ्न थाल्नु, भनेको समयमा जगेडा सामान (स्पेयर पार्ट्स) जहाज निर्माताले उपलब्ध नगराइदिनु, सामान पाइए पनि अन्यको दाँजोमा धेरै महँगो पर्नु, जहाज प्राप्त हुनासाथ पाइलट उपलब्ध नगराइदिनु, पाइलट दिए पनि अंग्रेजी बोल्न नजान्ने दिनु लगायत कारण निगम व्यवस्थापन बाँकी जहाजका लागि ‘पर्ख र हेर' को अवस्थामा पुगेको छ।सम्बद्ध स्रोतका अनुसार निगमका कर्पोरेट, फाइनान्स, कमर्सियल, अपरेसन, इन्जिनियरिङ लगायत सबै विभागबीच बाँकी चिनियाँ जहाज ल्याउन नहुने अनौपचारिक समझदारी भएको छ। यसबारे सबै विभागका निर्देशकबीच एक चरण छलफलसमेत भइसकेको छ। यसबारे निगम सञ्चालक समितिमा पनि छलफल भइसकेको छ। ‘सञ्चालक समिति पनि यसमा सहमत भइसकेको छ,' स्रोतले बुधबार नागरिकसँग भन्यो।
निगम व्यवस्थापनले चिनियाँ जहाजको समस्या सल्टाउन एक/दुई दिनमै तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई पत्राचार गर्ने तयारी गरेको निगमस्थित उच्च स्रोतले जानकारी दियो। निगम आफूले चिनियाँ जहाज खरिद गरेको नभई दुई देशका सरकारको सम्झौताअनुसार जहाज आएको भन्दै समस्या समाधानका लागि चीनलाई आग्रह गरिदिन पर्यटनलाई पत्र पठाउन लागिएको स्रोतको भनाइ छ।
‘नयाँ जहाज भनेको छ, तर उड्नेभन्दा बिग्रिने धेरै भएपछि कसरी आम्दानी गर्ने अनि कसरी निगमलाई माथि लैजाने?,' स्रोतले भन्यो, ‘एउटा ठूलो चिनियाँ जहाज त उड्न थालेको ६ महिनामा ७० दिन थन्किसकेको छ। नयाँ जहाजलाई नियमित मर्मतबाहेक कम्तीमा पाँच वर्ष आनन्दले उडाउन पाएपो हुन्थ्यो। अब यस्तो तरिकाले चीनबाट बाँकी चार जहाज ल्याउनुको कुनै अर्थ छैन।'
चीनबाट प्राप्त एउटा ठूलो र एउटा सानो गरी दुई जहाजमध्ये ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड' भएको तीन साताभन्दा बढी नाघिसक्यो। अर्को सानो जहाजमा पनि ‘सानातिना समस्या' देखिन थालिसकेको सम्बद्ध अधिकारीले बताए।
निगमले पहिलो पटक चीनबाट अनुदानमा पाएको ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क' (एमए–६०) जहाज उडान सञ्चालनमा आएको ६ महिना भए पनि ७० दिन बिग्रिएर उड्न नसक्ने (ग्राउन्डेड) भइसकेको छ। ‘ब्रान्ड न्यु' जहाज थन्किएपछि यसले निगम व्यवस्थापनको टाउको दुखाइ थप बढेको छ।
‘चिनियाँ जहाजबाट निगम उँभो लाग्दैन भन्ने करिब–करिब निष्कर्षमा पुगिसकिएको छ,' स्रोतले भन्यो, ‘अब बाँकी एउटा एमए–६० र साना तीन जहाज चीनबाट नल्याउँदा निगमलाई ठूलो राहत मिल्ने निश्चित छ। सञ्चालक समितिले पनि ‘ग्रिन सिग्नल' दिएपछि अब चिनियाँ जहाजबारे गम्भीर रूपमा कुरा अगाडि बढ्ने छ।'
निगम व्यवस्थापनले नयाँ जहाजबाट सतप्रतिशत व्यापार हुने र आम्दानी पनि राम्रै हुने बजार प्रक्षेपण गरे पनि ती सबै खेर गएको छ। जहाज आउनुअघि बनाइएको व्यापारिक रणनीतिले ‘हावा खाएको' स्रोतको भनाइ छ। ‘एमए–६० ले सतप्रतिशत व्यापार गर्छ भन्ने हाम्रो अनुमान त्यतिबेला गलत साबित भयो, जब यसले ३३ प्रतिशतमात्र व्यापार गर्न सक्यो,' स्रोतले भन्यो, ‘दैनिक चार उडान गर्ने लक्ष्य पनि दुईमा ओर्लिंदा झन् कुरा बिग्रियो।'
गत असार ११ बाट सञ्चालनमा आएको एमए–६० त्यसयता झन्डै साढे दुई महिना थन्किनु र आवश्यक सामान पनि चिनियाँ जहाज निर्माताले समयमै नपठाइदिँदा समस्या बल्भि्कँदै गएको हो। पुस १ मा यो जहाजको बायाँ पखेटाको फ्ल्यापको लिडिङ एज बिग्रिनु र छेवैबाट तेल चुहिने समस्या आए पनि अझै बन्न नसक्नु यसको ताजा उदाहरण हो।
यही जहाजसँगै आएका चिनियाँ इन्जिनियरले मर्मत प्रयास गरे पनि केही तार लागेन। फेरि पुस १८ मा उताबाट इन्जिनियरको अर्को टोली आएर मर्मत गरिरहे पनि अझै समस्या सुल्भि्कएको छैन।
एमए–६० तीन सातादेखि थन्किएपछि निगमको आन्तरिक उडानको व्यापार पनि प्रभावित भएको छ। यो जहाजले भद्रपुरका लागि सातामा दुई, धनगढी दुई र नेपालगन्जका लागि तीन तथा विराटनगरका लागि दैनिक एक उडान गरी सातामा १४ उडान गरिरहेको थियो। जहाज ग्राउन्डेड भएपछि निगमले ठूलो परिमाणमा यात्रु तथा आम्दानी गुमाएको छ। निगमको बचेखुचेको शाख गुम्न पनि नौलो भएन।
निगमले विराटनगरका लागि चारदेखि ५ हजार, नेपालगन्ज ६ हजारहाराहारी र धनगढीका लागि ७ हजार रुपैयाँमा एकतर्फी उडान गरिरहेको थियो। निजी वायुसेवा कम्पनीका दाँजोमा यी भाडा दर सस्तो भए पनि चिनियाँ जहाजले सोचेजति यात्रु आकर्षित गर्न सकेको थिएन।
हाल त्रिभुवन विमानस्थलमा थन्किएको चिनियाँ ठूलो चिनियाँ जहाजमा बिग्रिएको सामान फेर्नुपरे कति खर्च लाग्छ भन्ने अनुमान निगम अधिकारीले अझै गर्न सकेका छैनन्। यसअघि यही जहाजको एकापट्टि पखेटाको प्रोपेलरमा चरा ठोक्किएर फेर्नुपर्दा झन्डै २ करोड रुपैयाँ खर्च लागेको थियो।
‘हामीले उडाइरहेको क्यानडामा निर्मित टि्वनअटर जहाजको एउटा प्रोपेलरको ४ हजार अमेरिकी डलरमात्र पर्छ, तर चिनियाँ जहाजका लागि खरिद गर्दा ९० हजार डलर पर्न गयो,' ती अधिकारीले भने, ‘अनि कसरी अनुमान गर्ने चिनियाँ जहाजका सामानको भाउ कति पर्छ भन्ने? महँगो त छँदैछ, सास्ती र समय बर्बादीको कुरै नगरौं।'
त्यसमाथि जहाज निर्माताले त्यसबेला प्रोपेलर पठाउँदा अर्को नमुना प्रस्तुत गरेको थियो। चीनबाट काठमाडौंका लागि दैनिक उडान भइरहेको र एउटा जहाजमा प्रोपेलर नपठाएर चिनियाँ जहाजमा निर्माताले पानीजहाजबाट भारतको कोलकाता हुँदै वीरगन्ज पठाइदिएको थियो र त्यहाँबाट गाडीमा काठमाडौं ल्याएर सामान जडान गरिएको थियो। ‘यसबाट पनि चिनियाँ जहाजको विश्वसनियता र जगेडा सामानको सहज आपूर्ति कस्तो छ भन्ने पुष्टि हुन्छ,' स्रोतले भन्यो।
सामान आइपुगेर जडापछि जहाज उडेको दुई दिनमै फेरि एमए–६० थन्किएको थियो। जहाजमा पाइलट बस्ने ककपिटको राडारमा समस्या देखिएपछि फेरि अर्को एक साता जहाज थन्किएको थियो। बिग्रिएको सामान फेर्न फेरि त्यस्तै समस्या उब्जिएको थियो।
सम्बद्ध अधिकारीले गत कात्तिक १७ मा चीनबाट ल्याइएको १८ सिट क्षमतायुक्त ‘वाई१२–ई' जहाज सञ्चालनमा रहे पनि प्राविधिक रूपमा अप्ठेरो खालको रहेको बताए।
उनका अनुसार वाई–१२ईको ‘फ्लोर बोर्ड' मुनि जहाजको उपकरण, अन्य सामान राखिएका हुन्छन्। केही गरी जहाज बिग्रिएर मर्मत गर्नुपर्योख भने जहाजका सबै सिट झिकेर उक्त फ्लोर बोर्ड हटाएपछि मात्र काम गर्न सकिन्छ। यसले गर्दा धेरै समय लाग्छ। यो जहाजको अवतरण तौल पनि बढी छ। जति हुलुको जहाज भयो, सञ्चालकलाई त्यति नै बढी यात्रु र कार्गो बोक्न पाइने हुँदा धेरै फाइदा हुन्छ।
‘नयाँ जहाज लिएपछि जगेडा सामान पनि दिनुपर्ने हो तर चिनियाँले अझै दिएका छैनन्,' उनले भने, ‘चाहिनेभन्दा नचाहिने सामान धेरै दिएका छन्। निगमका लागि चिनियाँ जहाज दोस्रो लाउडा काण्ड हुने निश्चित छ।'
ती अधिकारीले सरकारी सरकारी सिटको अपेक्षा गर्ने नीति–निर्माता, तालुक मन्त्रालयका मन्त्री, उच्च अधिकारी तथा राजनीतिक नेताहरू जहाज बिग्रिएर यत्रो दिन थन्किँदा पनि बेवास्ता गर्दै हिँडेको भन्दै आक्रोस पोखे।
चिनियाँ जहाज सरकारले लिएको र निगम सञ्चालकमात्र भएका कारण जिम्मेवारी सरकारले पनि लिनुपर्ने उनको भनाइ छ। चिनियाँ जहाजले नै निगमलाई धराशयी बनाउने प्रवल सम्भावना उनले व्यक्त गरे।
नेपाल र चीन दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार एउटा एमए–६० र एउटा वाई–१२ई अनुदानमा तथा बाँकी एक एमए–६० र तीन वाई–१२ई सहुलियत ऋणमा प्राप्त हुनेछ। तीमध्ये अनुदानका दुई जहाज आइसकेका छन्। आउन बाँकी जहाजबारे अहिले अन्योल रहेको सम्बद्ध अधिकारीले बताए।