काठमाडौं-सरकारले शीतभण्डार (कोल्डस्टोर) बनाउन ८५ प्रतिशतसम्म अनुदान दिने भएको छ। २० टनभन्दा कम क्षमताको भण्डार निर्माण गरे ८५ प्रतिशत र सोभन्दा धेरै क्षमताको बनाए ७० प्रतिशत अनुदान दिइने कृषि विकास मन्त्रालयले बताएको छ।कृषक समूह, कृषि सहकारी संस्था र सार्वजनिक कृषि उपज बजार सञ्चालक समितिबाट २० टनभन्दा कम क्षमताको शीतभण्डार बनाउँदा अनुमानित लागतको बढीमा ८५ प्रतिशत अनुदान दिन सकिने मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए। सोही समूह वा संस्थाले २० टनभन्दा बढी क्षमताको बनाए ७० प्रतिशतसम्म अनुदान दिने बताइएको छ।
निजी क्षेत्र, फर्म वा कम्पनीले २० टनभन्दा कम क्षमताको बनाए अनुमानित लागतको ५० प्रतिशतसम्म अनुदान पाउने छन्। २० टनभन्दा बढीको बनाए २५ प्रतिशतसम्म अनुदान दिने ठाकुरले बताए। अनुदान रकम बढीमा एक करोडसम्म हुने उनले जानकारी दिए।
तरकारी, फलफूल, आलु, फूल, माछा, खाद्यान्न जस्ता कृषि उत्पादन र बीउ भण्डारणका लागि अनुदान दिन लागेको हो। कृषकले उत्पादन गर्ने यस्ता वस्तु छिटो नासिने भएकाले जोगाएर राख्न शीतभण्डारलाई अनुदान दिने नीति लिएको हो। कृषकलाई अपेक्षित लाभ दिई उत्पादन वृद्धिमा हौस्याउन उचित समयमा बेच्ने व्यवस्था मिलाउनुपर्ने मन्त्रालयको बुझाइ छ। यसको लागि शीतभण्डार चाहिन्छ।
कृषि उपज बजारका लागि २० टनभन्दा बढी क्षमताको शीतभण्डार बनाउन सम्भाव्यता अध्ययन सकेका कम्पनीले अनुदान पाउनेछन्। बनाउने जग्गाको व्यवस्था गरिसकेका वा निर्मित भवनमा शीतभण्डार राख्न सकिने, मान्यता प्राप्त प्राविधिक वा फर्मबाट शीतभण्डारको डिजाइन र लागत अनुमान तयार पारिसकेका र आफ्नो भागको निर्माण लागत बेहोर्न सक्नेलाई मात्र अनुदान दिइने छ।
अनुदान प्राप्त शीतभण्डारको निर्माण तथा सञ्चालनको अनुगमन कृषि विभागलगायत कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय र क्षेत्रीय कृषि निर्देशनालयले गर्नेछन्। मन्त्रालयले कार्यविधिअनुरुप निर्मित र सञ्चालित शीतभण्डारको अनुगमन, निरीक्षण गरी निर्देशन पनि दिन सक्ने ठाकुरले बताए। सम्झौताअनुरुप काम नगर्नेलाई मूल्यांकन समिति वा निर्देशक समितिले अनुदान रोक्न सक्नेछ। कार्यविधिबमोजिम अनुदान लिई दुरुपयोग गरे कानुनबमोजिम कारबाही गरी असुलिने छ। सम्झौताअनुरुप निर्माण नगर्ने वा रकमको हिसाब नबुझाउने उद्यमीलाई मन्त्रालयले कारबाही गर्ने ठाकुरले बताए।
अनुदानका लागि पेस भएका प्रस्तावको मूल्यांकन र सोसम्बन्धी व्यवस्थाका लागि कृषि विभागका महानिर्देशकको अध्यक्षतामा आठ सदस्यीय कमिटीसमेत गठन गरिएको छ। त्यसमा सहकारी विभागका रजिस्ट्रार, कृषि इन्जिनियरिङ निर्देशनालयका कार्यक्रम निर्देशक, तरकारी विकास निर्देशनालयका कार्यक्रम निर्देशक, फलफूल विकास निर्देशनालयका कार्यक्रम निर्देशक, मत्स्य विकास निर्देशनालय कार्यक्रम निर्देशक र कृषि उद्यम केन्द्रका प्रमुख रहने छन्।
शीतभण्डार निर्माण र मेसिनरी उपकरण खरिद वा आयात गर्नुपर्ने भए साझेदार संस्था वा प्रस्तावकले बेहोर्ने लागत बराबरको निर्माण तथा खरिद गरिसकेपछि निर्माण कार्यको बिल र स्वीकृत कार्यसम्पन्न प्रतिवेदनको आधारमा रकम भुक्तानी गरिने छ। अनुदान रकम बढीमा तीन किस्तामा दिइने छ। उद्यमीले मेसिन उपकरण जडान गरेको इन्जिनियरिङ प्रतिवेदन र स्थलगत अनुगमन रिपोर्टअनुरुप बाँकी रकम उपलब्ध गराइने छ। निर्देशनालयले प्रत्येक किस्ता अनुदान रकम एकाउन्ट पेयी चेकमार्फत उपलब्ध गराउने छ।