काठमाडौं-नेपालको उड्डयन क्षेत्रले युरोपेली आयोगको कालोसूचीबाट नहेटेपछि यसबारे थप गहन अध्ययन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एक टोली नेपाल आउने भएको छ।
संसारभरका नागरिक उड्डयन प्राधिकरणहरूको छाता संगठन आइकाओको बैंककस्थित क्षेत्रीय कार्यालयका दुई उच्च अधिकारी संलग्न टोली आगामी आइतबार (पुस ६ गते) काठमाडौं आउन लागेको हो। टोलीमा आइकाओका अमल हवासाम र मञ्जित सिंह हुनेछन्।‘आइकाओका उच्चस्तरीय टोली आउने निश्चित भएको छ,' मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बुधबार नागरिकसँग भने, ‘टोलीले एक सातासम्म हाम्रो उड्डयन क्षेत्रको एक सातासम्म गहन अध्ययन र छलफल गरी प्रतिवेदन तयार गर्ने छ।'
उनका अनुसार हवासामले उडान सञ्चालन र एयर वर्दिनेसबारे हेर्नेछन् भने सिंहले ‘सिएनएस' (कम्युनिकेसन, नेभिगेसन, सर्भिलेन्स), ‘एटिएम' (एयर ट्राफिक म्यानेजमेन्ट) र मानव संशाधन विषयमा अध्ययन गर्नेछन्। उनीहरूको आवतजावत र बसाई खर्च एकजनाको प्राधिकरण र अर्को आइकाओ आफैंले बेहोर्ने छ।
उनका अनुसार टोलीले पुस ७ बाट काम सुरु गर्ने छ। उनीहरूले उड्डयन क्षेत्रको ‘महत्वपूर्ण सुरक्षा चासो' बारे अध्ययन गर्नेछन्। टोलीले यसलाई कसरी हटाउन सकिन्छ, कस्तो तयारी भइरहेको छ, कहाँ सुधार गर्नुपर्छ, हवाई दुर्घटना दर कम गर्न के गर्न सकिन्छ जस्ता विषयमा विश्लेषण गरी प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदनको एक थान प्राधिकरणलाई र अर्को आइकाओलाई बुझाउने कार्यक्रम छ।
युरोपेली आयोगले युरोपेली युनियन (इयू) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘ईयु हवाई सुरक्षा सूची' अद्यावधिक गर्दै नेपालको कालोसूचीलाई एक साताअघि निरन्तरता दिने निर्णय गरेको थियो। यसले गर्दा नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप जान र इयूभित्र उडान गर्न पाउँदैनन्।
हवाई सुरक्षा सूचीमा रहेका चारवटा बाहेक अन्य देशका उड्डयन क्षेत्र र वायुसेवा कम्पनीले उड्डयन क्षेत्रमा गरेको सुधार सन्तोषजनक नदेखिको भन्दै आयोगले पछिल्लो पटकको कालोसूचीलाई निरन्तरता दिएको जनाएको थियो। आयोगले इयू हवाई सुरक्षा समितिको मंसिर ९ र १० मा बसेको बैठकबाट प्राप्त निर्णयलाई आधार गर्दै कालोसूचीलाई निरन्तरता दिएको एवं उक्त समितिको निर्णयलाई युरोपेली संसद र मन्त्रिपरिषदबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गरेको थियो।
कालोसूचीमा पर्ने वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्डको सम्मान गर्न असमर्थ रहेको तथा नागरिक उड्डयन प्राधिकरणहरूले अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा नियम पालना गराउन नसकेपछि कालोसूचीलाई निरन्तरता दिइएको युरोपेली आयोगले उल्लेख गरेको छ।
युरोपको कालोसूचीले निरन्तरता पाएको खबर सार्वजनिक भएपछि पनि आधिकारिक प्रतिक्रिया नजनाएको नागरिक उड्डयन प्राधिकरणले बल्ल बोलेको छ। ‘युरोपको कालोसूची निरन्तरत कायम भएको खबरले हामी स्तब्ध छौं,' प्राधिकरणका महानिर्देशक समुनले भने, ‘कालोसूचीबाट उम्किने प्रयास जारी छ र उड्डयन सुरक्षा सुधारको काम निरन्तर चलिरहेको र यो पूरा गर्ने प्रतिबद्धता कायमै छ।'
कालोासूचीबाट निस्कन प्राधिकरण र वायुसेवा कम्पनीहरूले एक वर्षदेखि गरेको प्रयास सफल नभएपछि उड्डयन क्षेत्र अन्यौलमा छ। दुवै मिलेर गत भदौ २६ मा उड्डयन क्षेत्र सुधारिए गरिएको सम्बन्धी आवश्यक सम्पूर्ण कागजात युरोपेली आयोगमा पठाएका थिए। तर, त्यसले पनि कुनै काम गर्न सकेन।
प्राधिकरणले पाँच विषयलाई केन्द्रमा राखेर युरोपेली आयोगलाई कागजात पठाएको थियो। आइकाओको ‘युनिभर्सल सेफ्टी अडिट प्रोग्राम' (युसप–२००९) र ‘आइकाओ भ्यालिडेटेड कोअर्डिनेसन मिसन' (आइसिभिएम) अनुसार भएका सुधार, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) को पुनर्वैधानिकीकरण, एओसीको अवस्था तथा जहाज दुर्घटना छानविन आयोगले दिएका सुझाव र तिनको कार्यान्वयनको अवस्था समेटेर कागजात पठाएको थियो।
कालोसूची प्रकरणपछि प्राधिकरण उडान सुरक्षामा थप गम्भिर हुँदै आएको थियो। सबै वायुसेवालाई उडान सुरक्षा सुधार गरी कागजात पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो। उनीहरूको एओसी पनि सीमित अवधिका लागि मात्र नवीकरण गरिएको छ। युरोपको कालोसूचीपछि वायुसेवाहरू पनि सुरक्षा सुधार्न बाध्य थिए।
युरोपेली आयोगले २०७० मंसिर २० गते नेपालका सम्पूर्ण वायुसेवा कम्पनीलाई (इयूअन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो। त्यतिमात्र नभई आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो। नेपालको उड्डयन इतिहासमै पहिलो पटक यति ठूलो घटना भएको हो।
विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि आयोगले त्यसबेला इयू हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको थियो।