झापा-एक–डेढ वर्ष अघिसम्म आफ्नो बगानमा उत्पादित हरियो पत्ती कारखाना लिएर जान चिया किसान हच्किन्थे। ट्र्याक्टरबाट पत्ती झार्दाझार्दै विषादीको गन्ध ह्वास्सै आउँदा उद्योगीले मूल्य घटाइहाल्थे। किसानको बोली लगभग बन्द हुन्थ्यो। ‘बोलुँ आफ्नै,' भद्रपुरका चिया किसान नरहरि पौडेल भन्छन्, ‘त्यसैले उद्योगीले तोकेको भाउमा बेच्नुपर्थ्यो। बार्गेनिङ क्षमता हाम्रै कमजोर थियो, उत्पादन बढाउन नानाथरी विषादी आफैं हालिन्थ्यो।' बढ्ता विषादी मिसिएको र गन्हाइरहेको भन्दै कम मूल्य तोक्थे उद्योगी। यसबाट सयौं किसान हैरान थिए।जिल्लाकै सबैभन्दा ठूलो कृषि उद्यम चिया क्षेत्रमा यतिबेला फरक दृश्य छ। अहिले किसानको ‘बार्गेनिङ' क्षमता बढेको छ। भर्खरै सकिएको यसपटकको सिजनमा अधिकांश उद्योगीले किसानलाई विषादी मिसाएको छ भनेर गुनासो गर्ने अवसरै पाएनन्। कारण– झापाको चिया खेतीमा मानवस्वास्थ्यमा प्रतिकूल असर गर्ने विषादी प्रयोग घट्दै गएको छ। विषादी प्रयोगविरुद्ध लगातार चलेका अभियान, सरकारी चासो र प्रयोगकर्ता किसान स्वयं पनि जागरुक बनेपछि छोटो समयमै चिया क्षेत्रमा सकारात्मक परिवर्तन देखापरेको हो। यसले सधैं किसानको कमजोरी खोतलेर चियाको मूल्य कम तोक्न अग्रसर हुने उद्योगी पनि आश्चर्यमा छन्।
‘झापाको चियाखेती आश्चर्यजनक रुपमा सुधारिएछ,' हरेकपटक किसानलाई गुनासो गर्दै आएका उद्योगी रमेश पौडेल अचम्मित छन्, ‘पोहोरसम्म ठूलो परिमाणमा विषादी मिसिने चियामा यसपटक स्वात्तै घटेछ। मेरोमा मात्रै होइन, अन्य कारखानामा पनि यसपालि विषादी मिसिएका हरियो पत्ती त्यत्ति धेरै आएनन्।' उनका अनुसार झापामा कुनै खेतीमा सबैभन्दा बढी विषादी प्रयोग हुन्थ्यो भने त्यो चिया नै हो। अहिले घटेपछि जिल्लाको खेतीपाती सुधि्रने संकेत देखिएको उनी बताउँछन्।
झापामा १० हजार हेक्टरभन्दा बढी जमिनमा चियाखेती छ। क्षेत्रफल लगातार बढिरहेको छ। तर चिया क्षेत्र विषादी प्रयोगकै कारण बदनाम समेत थियो। भारतले सन् २०१३ मा झापामा यही स्तरको चिया उत्पादन भइरहे आफूले नलिने चेतावनी नै दिएको थियो। दुई तिहाइभन्दा बढी हिस्सा ओगट्ने बजारको चेतावनीपछि जिल्लामा पूर्ण रुपमा अर्गानिक नभए पनि कम्तीमा आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन) पद्धतिअनुसार खेती प्रणाली विकसित हुँदै गयो। चिया उद्योगले पनि विषादी मिश्रित चियालाई कसिकसाउ गर्न थाले। ‘खेती प्रणाली सुधार्नुपर्ने बाध्यता आइलाग्यो,' भद्रपुरकै चिया किसान अच्यूत पोखरेल भन्छन्, ‘सुरुमा यो बाध्यकारी जस्तो देखिए पनि अहिले सबैलाई सन्तोष दिने परिणाम आउन थालेको छ।'
३५ बिघामा चियाखेती गरिरहेका पोखरेलका अनुसार एक–डेढ वर्ष अघिसम्म झापाको चियाखेतीमा मनकाटोफस, इन्डोसल्फाम जस्ता कडा विषादी प्रशस्त प्रयोग हुन्थ्यो। ‘मै पनि खेतीमा रातो र पहेँलो रंगका प्रतिबन्धित विषादी लगाउँथे,' उनले भने ‘तर अहिले गोबरमल, बाख्राको मल, प्रयोग गर्न थालेको छु। यसले चियामा राम्रो सुधार ल्याएको छ।' उनको अनुभवमा चियामा विषादी प्रयोग गरुञ्जेल बोट रोगाउने समस्या थियो। रेड स्पाइडर, थि्रब्स जस्ता रोगको संक्रमण विषादीकै कारण देखिन्थ्यो। ‘विषादी प्रयोग बन्द गरेपछि रोग पनि घट्दै गएको छ,' उनले भने, ‘यो मान्छेले कसरत गर्ने र डाइट घटाए जस्तै हुँदोरहेछ। स्वास्थ्य राम्रो हुने तर त्यही कारणले चाहिँ नमर्ने।'
जिल्ला कृषि विकास कार्यालयका अनुसार विषादीविरुद्ध चलेको विभिन्न सामाजिक अभियान, सञ्चारमाध्यमको लगातारको खबरदारी र प्रयोगकर्ता आफैं पनि सजग हुँदै गएपछि चिया क्षेत्रमा विषादी प्रयोग घटेको हो। ‘केही समय अघिसम्म कुनै बगानमा वर्षमा १६ देखि २५ पटकसम्म विषादी छिटिन्थ्यो, त्यसमा पनि प्रतिबन्धित विषादी हुन्थे,' कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेल भन्छन्, ‘तर अहिले सरकारले नै प्रयोगको अनुमति दिएका विषादी पनि ७ देखि बढीमा १० पटक मात्रै छिटिएको अध्ययनले देखाएको छ। यसले खेतीप्रणाली सुध्रेको छनक दिन्छ।' उनका अनुसार अहिले हरियो र पहेँलो र रंगको विषादी मात्रै प्रयोग हुने गरेको छ। यी दुई रंगका विषादी मानवस्वास्थ्यका लागि उत्ति हानीकारक नहुने उनको भनाइ छ।