काठमाडौं- सरकारले यसै वर्ष विभिन्न २० जिल्लामा मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम लागू गर्ने भएको छ। रैथाने जात जोगाउन 'मसिना तथा बास्नादार धान उत्पादन प्रवर्द्धन कार्यक्रम' लागू गर्न लागेको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले यो वर्ष २० जिल्लाको सात हजार पाँच सय हेक्टरमा यस्तो धान लगाउने तयारी गरेको हो।
मन्त्रालयले चालु आर्थिक वर्ष २०७१/०७२ र आगामी वर्षको प्रमुख कार्यक्रमको रुपमा यसलाई समावेश गरिएको बताएको छ। मसिनो र बास्नादार धान उत्पादन बढाएर मसिनो चामलमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्ने कार्यक्रमको उद्देश्य छ।
'मन्त्रालयले माटोको उर्वराशक्ति कायम गरी मसिना तथा बास्नादार धान उत्पादन गर्ने प्रविधिको पहुँच बढाउनुका साथै उद्योगी व्यवसायीको समन्वय र संलग्नतामा ती धानको बजारीकरणमा सघाउने छ,' मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले नागरिकसँग भने, 'कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले कार्यविधि निर्माण गरिसकेको छ।'
उक्त कार्यक्रम सम्भावनायुक्त तराई, भित्री मधेस र पहाडी जिल्लामा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ। पहिलो वर्ष २० जिल्लामा कार्यक्रम सञ्चालन गरिने छ। दोस्रो वर्षदेखि सम्भावना भएका जिल्ला थप्न सकिने कार्यविधिमा उल्लेख छ। मसिनो र बास्नादार धानखेतीको सम्भावना भएका गाविस छनोट गरी कृषक समूह वा सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने सरकारी योजना छ।
कार्यविधिमा तराईको हकमा प्रतिगाविस कम्तीमा ५० हेक्टर र पहाडी तथा उच्च पहाडी जिल्लाको हकमा प्रतिगाविस कम्तीमा २० हेक्टर क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेती बिस्तार हुने गरी कार्यक्रम लागू गरिने उल्लेख छ। एक गाविसमा तीन वर्षभन्दा बढी कार्यक्रम सञ्चालन नगरिने कार्यविधिमा उल्लेख छ।
मन्त्रालयले कृषि विभागमार्फत सम्बन्धित क्षेत्रीय कृषि निर्देशनालय र जिल्ला कृषि विकास कार्यालयलाई बजेट र खर्च गर्ने अख्तियारीसाथ स्वीकृत कार्यक्रम उपलब्ध गराउने छ। निर्देशनालयबाट कार्यक्रम कार्यान्वयनमा संलग्न हुने सबै क्षेत्रीय कृषि निर्देशनालय र जिल्ला कृषि विकास कार्यालयलाई यस सम्बन्धमा आवश्यकतानुसार अभिमुखीकरण तथा प्राविधिक सहयोग गर्ने तयारी छ। क्षेत्र बिस्तारको लागि उपयुक्त स्थान, गाविस छनोट गर्ने काममा निर्देशनालयको समन्वयकारी भूमिका हुनेछ। यसबाहेक उत्पादनमा संलग्न कृषक र चामल उद्योगी तथा अन्य निकायबीच समन्वय गर्ने काम निर्देशनालयले गर्नेछ।
कृषकलाई बीज वृद्धिको लागि प्रयोग हुने मसिना तथा बास्नादार धानका सूचित जातका उन्नत वा दर्ता भएका जातका स्रोत बीउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम छ। नेपालमा विकास भई सूचित भएका मसिना तथा बास्नादार धानका उन्नत वा स्थानीय रुपमा छनोट भई दर्ता भएका जातका बीउ कृषकलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने, हरियो मलको प्रयोगलाई प्रोत्साहन गर्न सतप्रतिशत अनुदानमा ढैंचा, सनई, मुंग आदिको बीउ वितरण गर्ने कार्यक्रम छ।
कृषक समूह, सहकारी तथा बीउ कम्पनीलाई मसिना तथा बास्नादार धानको बीउ भण्डारण, उपचार, प्याकेजिङ सहित यथार्थ संकेतपत्र लगाउन सहयोग गर्ने कार्यविधिमा उल्लेख छ। मसिना चामल उद्योगी, आयातकर्ता, निर्यातकर्ता, कृषक, व्यवसायी एवं नीति निर्माता जस्ता बहुसरोकारवाला निकायसँगको समन्वय, अन्तर्क्रिया पनि गर्ने तयारी छ।