काठमाडौं- राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले केही महिनाअघि चितवनमा रहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थालाई अन्य डेरी उद्योगलाई दूध कटाएर भए पनि आधुनिक डेरीलाई दिन निर्देशन दिए। केही हप्ताअघि चितवनकै अन्नपूर्ण र अमृतधारा दुग्ध सहकारीलाई सोही निर्देशन दिए। कारण- आधुनिक डेरी पन्तका साडुभाइको हो।
'अन्य डेरीलाई नदिए पनि हुन्छ,' पन्तको भनाइ उद्धृत गर्दै एक सहकारी सदस्यले भने, 'तर आधुनिकलाई जसरी पनि दूध उपलब्ध गराउनुस्। अरु कुरा मलाई थाहा छैन।' स्रोतका अनुसार सहकारीले त्यसअघिसम्म दुग्ध विकास संस्थान (डिडिसी) लगायत सबै उद्योगलाई समान रुपमा दूध दिँदै आएका थिए। चितवनमा उत्पादित दूध बढी गुणस्तरीय हुने भएपछि पन्तले यसो गरेका उद्योगीको आरोप छ। आधुनिकले चितवनका सहकारीसँग सम्झौता नगरेकोले उसलाई गुणस्तरीय दूध ल्याउन समस्या छ। त्यही खाँचो टार्न पन्तले आफ्नो शक्ति प्रयोग गरेको स्रोत बताउँछ।
पन्तको निर्देशनपछि अहिले सबै सहकारीले आधुनिकलाई दिएर बाँकी रहेमात्रै अन्य डेरीलाई दिने गरेको स्रोतको भनाइ छ। पदीय शक्ति व्यक्ति विशेषको स्वार्थमा प्रयोग गर्नु गलत हो। डेरी उद्योगीका अनुसार उनले आधुनिकबाहेकलाई दूध दिए किसानलाई सरकारी सुविधाबाट वञ्चित गराउने गरेका छन्। 'आफूले भनेको नमान्नेलाई किन सुविधा दिने भन्दै फर्काउने गरेका छन्,' स्रोतले भन्यो, 'यसरी पदको दुरुपयोग गर्दा पनि कृषि विकास मन्त्रालय चुप लागेर बसेको छ।'
निर्देशक पन्त भने आफूले कसैलाई त्यस्तो निर्देशन नदिएको बताउँछन्। 'यस्तो पदमा बसेको मानिसले त्यस्तो गर्न सक्छ?,' उनले प्रश्न गरे, 'आधुनिक डेरीसँग मेरो कुनै सम्बन्ध छैन।' उनले नेपालमा सञ्चालित सबै डेरी चल्नुपर्ने र त्यसैअनुरुप काम गरेको बताए। 'आधुनिकका मालिक पूर्णबहादुर थापासँग मेरो कुनै सम्बन्ध छैन,' उनले प्रस्ट्याए।
डेरी उद्योग भने आफूहरुको आरोप सत्य रहेको दाबी गर्छन्। 'समग्र डेरी क्षेत्रको हितका लागि बनेको बोर्डका अधिकारीले मनोमानी गर्दा अन्य डेरी बन्द गर्नुपर्ने अवस्था आउँछ,' एक उद्योगीले नाम नबताउने सर्तमा भने, 'पन्तको व्यवहारलेसमस्या परेको छ।'
कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले पदको दुरुपयोग गरेर काम गर्ने कर्मचारीलाई कारबाही हुने बताए। 'यो कुरा साँचो हो भने पन्तलाई कारबाही हुन्छ,' उनले भने, 'सत्य, तथ्य पत्ता लाएर सचिवलाई जानकारी गराउँछु।' एउटा सरकारी मानिसले निजी डेरीलाई दूध बिक्री गर भन्नु नै गैरकानुनी हुने उनको भनाइ छ। आरोप पुष्टि भए पन्तलाई कारबाही हुने ठाकुरले बताए।
बोर्डबाट पाउने सुविधा खोसिएला भन्ने डरले अधिकांश दुग्ध उत्पादक सहकारी संस्थाले पन्तले भनेकै डेरीलाई दूध दिने गरेको स्रोतको भनाइ छ। 'आफूले भनेको डेरीलाई दूध दिन नपाउँदा धेरै दुःख पाइयो,' एक सहकारीका अध्यक्षले नाम नबताउने सर्तमा भने, 'सुविधा पाउन पनि पन्तले भनेको ठाउँमा दूध दिनुपर्छ।' तर उनले आधुनिकबाहेक अन्य डेरीको नाम बताउन चाहेनन्।
आधुनिकका थापा र बोर्डका पन्तले चितवनका विभिन्न दुग्ध उत्पादक सहकारी संस्थाको अवलोकन गरेको र सोही बेला आधुनिकलाई दूध अभाव नगराउन पन्तले निर्देशन दिएको स्रोतले बताएको छ।