काठमाडौं-सरकारले पाँच देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता र तीन देशसँग सम्झौता पुनरावलोकन गर्ने भएको छ। सरकारले अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, न्युजिल्यान्ड र आइसल्यान्डसँग पहिलो पटक हवाई सेवा सम्झौता गर्न लागेको हो भने ओमान, साउदी अरेबिया र मलेसियासँग सम्झौता पुनरावलोकन गर्न लागेको हो। ओमानसँग १५ वर्षपछि, साउदी अरबसँग १७ वर्षपछि र मलेसियासँग सात वर्षपछि सम्झौता पुनरावलोकन हुन लागेको हो।‘विगतमा भएको सम्झौताबाट नयाँ आउन चाहनेका लागि र आइरहेका वायुसेवाले उडान र सिट संख्या थप्न कठिन भएका कारण पुनरावलोकन गर्न लागेका हौं,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले नागरिकसँग भने, ‘पर्यटन प्रवर्द्धनसहित हवाई उद्योगमा नयाँ सम्भावनका लागि नयाँ पाँच देशसँग नयाँ सम्झौता गर्ने द्विपक्षीय चाहना हो।'
नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीको संख्या तथा उताबाट नेपाल भ्रमणमा आउने पर्यटक बढिरहेको लगायत कारण नयाँ हवाई सम्झौता गर्ने तयारी गरिएको हो। भियतनाम र कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै भएकालाई तिनलाई बुद्ध जम्नस्थल लुम्बिनीसम्म ल्याउन सकिने र त्यसका लागि हवाई सेवा आवश्यक रहेको उनले बताए।
सन् २०१२ मा अस्ट्रेलियाबाट हवाई मार्ग हुँदै आएका १८ हजार ७ सय ५६ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो २०११ को दाँजोमा साढे १६ प्रतिशतले बढी हो।
‘द्विपक्षीय हित हुने भएका कारण सकेसम्म चाँडै काम सक्ने लक्ष्य छ,' उनले भने, ‘न्युजिल्यान्ड र आइसल्यान्डसँग पनि सम्झौता हुन सक्यो भने हाम्रो पर्यटन उद्योगमा उल्लेख्य योगदान पुग्ने छ। नयाँ सम्झौता हुन लागेका देशबाट भने हालसम्म कुनै पनि वायुसेवाले नेपाल उडान गरेका छैनन् र यताबाट पनि कुनै गएका छैनन्।'
उपसचिव नेपालका अनुसार खाडी मुलुक ओमानसँग यसअघि सन् १९९९ मा पहिलो पटक हवाई सेवा सम्झौता भएको थियो। त्यसयता हालसम्म सम्झौता पुनरावलोकन हुन सकेको छैन। त्यहाँबाट उसको सरकारी वायुसेवा कम्पनी ओमान एयरले काठमाडौंसम्म दैनिक एक उडान गरिरहेको छ। यताबाट भने हालसम्म कुनै पनि वायुसेवाले हालसम्म ओमान उडान गरेका छैनन्।
‘ओमानले काठमाडौंका लागि उडान थप्न खोजेको छ, तर अहिलेको सम्झौतामा दुवै देशले तोकेका वायुसेवा कम्पनीले प्रतिसाता सातवटा उडानमात्र गर्न पाउने उल्लेख छ,' नेपालले भने, ‘यसमा सिट संख्या तोकिएको छैन, जत्रो आकारको जहाज ल्याए पनि सातामा सातभन्दा बढी उडान गर्न पाइँदैन।'
नेपालबाट रोजगारीका लागि ओमान जानेको संख्या पनि बढ्दै जान थालेपछि ओमान एयरले उडान थप्ने तयारी गरेको हो। वैदेशिक रोजगार विभागका अनुसार हाल ओमानमा काम गरिरहेका नेपालीको संख्या करिब १ लाख ५० हजार छ। त्यसबाहेक ओमान हुँदै र त्यहीँबाट पनि उल्लेख्य संख्यामा पर्यटक यहाँ आइरहेका छन्।
सन् १९९७ मा सम्झौता पुनरावलोकन भएको साउदी अरेबियाले सातामा ४ सय सिट प्रयोग गर्न पाउने सम्झौता छ। तर, त्यहाँबाट हालसम्म कुनै पनि वायुसेवा कम्पनीले नेपालमा उडान गरेका छैनन्। यताबाट भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्यहाँको दम्माम सहरमा उडान गर्न बजार अध्ययनसमेत गरिसकेको छ। निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान बन्द गरेपछि साउदीको दम्माम उडान गर्न खोजे पनि विविध कारण हालसम्म हुन सकेको छैन।
साउदी अरेबियाबाट त्यहाँको सरकारले तोकेको कुनै पनि वायुसेवा कम्पनीलाई नेपाल ल्याउन सके ठूलो फाइदा पुग्ने सरकारी अधिकारी तथा पर्यटन व्यवसायीको भनाइ छ। उताबाट विदेशी पर्यटकमात्र नभई यताबाट मुसलमानको पवित्र तीर्थस्थल मक्कामा हज गर्न जाने तीर्थयात्री पनि बर्सेनि बढिरहेका कारण दुवै देशलाई फाइदा पुग्ने उनीहरूको भनाइ छ।
मलेसियासँग यसअघि २००७ मा सम्झौता पुनरावलोकन भएको थियो। सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवाले सातामा २१ वटासम्म उडान गर्न पाउँछन्। मलेसियातर्फबाट यो संख्या पूरा भइसकेको छ भने यताबाट अझै १४ उडान संख्या बाँकी छ।
मलेसियाको सरकारी वायुसेवा मलेसिया एयरलाइन्स र सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स एयर एसिया एक्सले सातामा २१ उडान गरिरहेका छन्। यताबाट नेपाल वायुसेवा निगमले दैनिक एक उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि मलेसियाकै अर्को बजेट एयरलाइन्स मालिन्दो एयरलाई पनि सातामा सात उडान गर्ने अनुमति दिएको थियो।
‘अस्थायी सञ्चालन अनुमति' अन्तर्गत मालिन्दोलाई उडान अनुमति दिइएको प्राधिकरणको भनाइ छ। हवाई सम्झौतामा उल्लेख भएको भन्दा सातवटासम्म बढी उडान गर्न दिन पाउने व्यवस्था गर्न पर्यटन मन्त्रालयले लगेको प्रस्ताव हालै मन्त्रिपरिषदले अनुमोदन गरेको थियो। त्यसैलाई आधार बनाएर मालिन्दोलाई अनुमति दिइएको थियो।
‘हवाई सेवा सम्झौता भइसकेका देशसँग सम्झौतामा उल्लेख भएको सिट संख्या सम्बद्ध देशबाट आउने तोकिएका सबै वायुसेवाले बाँडेर लिने हो,' पर्यटन मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘नेपालबाट जानेले पनि त्यति नै संख्या उपयोग गर्न पाउँछन्।'
न्युजिल्यान्ड र आइसल्यान्डबाट आउँदा लामो दुरी पर्ने भएका कारण उताका वायुसेवाले नेपाल हुँदै अन्य देशका गन्तव्यमा पनि उडान अनुमति माग्न सक्छन्। यसका लागि नेपालको हवाई नीतिमा ‘फिफ्थ फ्रिडम राइट' बारे थप संशोधन गर्नुपर्ने हुन्छ। फिफ्थ फ्रिडम राइट भनेको एउटा वायुसेवा कम्पनीलाई नेपाल हुँदै उसको देशबाहेक अन्य देशका गन्तव्यमा उडान गर्न दिने अधिकार हो।
हाल फिफ्थ फ्रिडम राइटसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। ‘यस्तो अधिकार नदिने हो भने लामो दुरीबाट आउने वायुसेवालाई मात्र नभई हाम्रै हवाई उद्योगलाई पनि ठूलो घाटा लाग्ने छ,' नेपाल उडान गरिरहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिले भने, ‘सर्वोच्चबाट बाटो खुले हवाई बजार र पर्यटक आगमन वृद्धि हुनेछ भने यात्रुले सस्तो र सलर भाडामा उडान गर्न पाउँनेछन्।'
नेपालले हालसम्म विश्वका ३६ देश र संस्थातर्फ युरोपेली युनियन (ईयु) सँग हवाई सेवा सम्झौता गरेको छ। हाल ती देशका २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्।