काठमाडौं— दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिभर मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण समय हेरफेर गरिएको छ। त्रिभुवन विमानस्थलमा हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक अधिकतम ४ सयजति उडान–अवतरण हुने गरेका छन् । यिनमा ३ सय ३० देखि ४० जति आन्तरिक र बाँकी अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छन्।यही चाप व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापनले आगामी सोमबारदेखि शुक्रबार (मंसिर ८ देखि १२) सम्म सम्पूर्ण उडान–अवतरण सयम हेरेफर गरेको हो ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले सार्क सदस्य राष्ट्रबाट काठमाडौंमा आयोजना हुने सम्मेलनमा सहभागी हुन विशिष्ठ पाहुना आउने भएकाले नियमित उडान गरिरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान–अवतरण हेरफेर गरिएको जानकारी दिए ।
'सुरक्षा तथा अन्य विविवध कारण पाँच दिनसम्म उडान–अवतरण समय हेरफेर गर्ने निर्णय भएको छ,' विमानस्थलका महाप्रबन्धक श्रेष्ठले बुधबार नागरिकसँग भने, 'तर, बिहान ९ देखि ५ बजेसम्म विशिष्ठ पाहुना सवार जहाजमात्र आउने नभई अन्य उडान पनि हुनेछन् । पाहुनाका जहाज आउने र जाने समयबाहेक अन्य समयमा नियमित तालिका भएकाको उडान यथावत हुनेछन् ।'
नेपाल उडान गरिरहेका विभिन्न अन्तर्राष्ट्रिय वायुुसेवा कम्पनीका अधिकारीसँग बुधबार छलफल भएपछि उडान–अवतरण समय हेरफेर गरिएको श्रेष्ठले जानकारी दिए । 'कुनै वायुसेवाको उडान सार्कका पाहुना आउने समयमै प¥यो भने त्यसलाई केही पछाडि राखिने छ,' उनले भने, 'यसमा सबै वायुसेवाले सहमति जनाइसकेका छन् । उनीहरूका उडान–अवतरणमा कुनै समस्या आउन नदिन हामीले पाँच दिनका लागि विमानस्थल चौबीसै घन्टा खुला गर्ने निर्णय पनि गरेका छौं ।'
त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ । सामान्य मौसमका बेला बिहान करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज अवतरण गर्छन् । विमानस्थल मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको चाप सबैभन्दा धेरै हुने गर्छ । ती सबैले 'स्लट' मिलाउँदै उडान सञ्चालन गर्ने जानकारी गराइसकेका छन् । अहिले २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान गरिरहेका छन् ।
चौबीसै घन्टा विमानस्थल सञ्चालन गर्नका लागि त्यहाँस्थित अध्यागमन कार्यालय, ड्युटी फ्रि पसल, विमानस्थल ट्याक्सी, सुरक्षा निकायलगायत सम्बद्ध सबैबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता आइसकेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंसिर ९ र ११ मा विमानस्थलमा केही बढी चाप पर्नेछ भने १० गते शिखर सम्मेलन सुरु हुने भएकाले सबै वायुसेवाका उडान–अवतरण यथावत सञ्चालन हुनेछन् । १२ गते केही पाहुना आफ्ना देश फर्कने तालिका भएकाले अरू कम्पनीका उडानमा सामान्य प्रभाव पर्नेछ ।
सम्बद्ध स्रोतका अनुसार माल्दिभ्सको प्रतिनिधिमण्डल सिंगापुरको सिल्क एयरको नियमित उडानबाट काठमाडौं आउने छ । बंगलादेशको प्रतिनिधिमण्डल पनि विमान बंगलादेशको नियमित उडानबाटै आउने तालिका छ । त्यसैगरी भुटानी प्रतिनिधिमण्डल ड्रुक एयरको नियमित उडानबाट आउने छ । पाकिस्तानी टोली चार्टर जहाज लिएर आउने छ ।
विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीलाई पनि उडान तालिका हेरफेर गर्न आग्रह गरिसकेको छ । धेरैले सहमति पनि जनाइसकेको विमानस्थलले जनाएको छ । 'यसबारे अन्तिम निष्कर्ष निकाल्न बिहीबार सबै आन्तरिक वायुसेवाका प्रतिनिधिसँग छलफल गर्छौं,' विमानस्थलका महाप्रबन्धक श्रेष्ठले भने, 'आन्तरिक उडानका लागि अन्य तीन विमानस्थल चौबीसै घन्टा खुला राखिदिने छौं ।'
उनका अनुसार विराटनगर, भैरहवा र नेपालगन्ज विमानस्थल साकै शिखर सम्मेलन अवधिभर चौबीसै घन्टा खुला रहनेछन् । यी तीनवटै विमानस्थलमा रात्रि उडान गर्ने सबै सुविधा उपलब्ध छन् ।
'राष्ट्रिय गौरवको कार्यक्रम हुन लागेका कारण आन्तरिक वायुसेवाले पनि अन्तर्राष्ट्रिय वायुसेवाले झैं सहयो र सहकार्य गर्ने विश्वास छ,' श्रेष्ठले भने ।