काठमाडौं– मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार रातीदेखि बुधवार बिहानसम्म इन्टरनेट सेवा अवरुद्ध भएको छ। सरकारले सार्क सम्मेलनको तयारी तीब्र पारिरहेका बेला एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासमा इन्टरनेट सेवा अवरुद्ध भएको हो।
निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकको अप्टिकल फाइबर काटिएपछि इन्टरनेट सेवा १२ घण्टासम्म अवरुद्ध भएको हो। सरकारले सार्क अगावै इन्टनेटको तार छुट्टै स्थानमा जडान गरी सेवा दिन इन्टरनेट सेवा प्रदायक संघमार्फत् निजी इन्टरनेट सेवा प्रदायकलाई आग्रह गरेको थियो। तर सरकारी निकायबीच समन्वय नहुँदा सरकारले बिचमै अप्टिकल फाइवरको तार काटेपछि मंगलवार रातभर त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायकसंघका अध्यक्ष विनय बोहोराले बताए।
'सरकारले सार्क अगाडि नै माइतीघर मण्डलादेखि तीन कुनेसम्मको तारको व्यवस्थापन गर्न आग्रह गरेको थियो,' बोहोराले नागरिकन्युजसँग भने,' अहिले पनि हाम्रो साथीहरु तारलाई व्यवस्थित गर्ने काममा लागि रहेका छन् तर सरकारले हठात् तार काट्ने काम गरेर दादागिरीको शैली अपनायो।'
तीन प्रकारको तार एकै ठाउँमा रहेका कारण तत्काल त्यसलाई व्यवस्थित गर्न समय लागेको उनको भनाई छ। 'यसअघि पनि हामीले संचार मन्त्रालयसँगको समन्वयमा नै काम गरेका हौं,' उनले भने,'अहिले सार्क तयारीको अवस्था देखाएर इन्टरनेट सेवा प्रदायक संघमाथि धेरै दबाब दिने काम भयो।' सरकारले दबाब दिने नाममा जथाभावी तार काट्दा त्यसको असर सर्वसाधारणमा मात्र नभएर कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय विमानस्थलगायतका ठाउँमा परेको उनको भनाइ छ। यसविषयमा संचारमन्त्रालयसँग कुरा राखेको उनले बताए ।
समन्वय बिनै काम गर्दा अप्टिकल फाइबरमा समस्या देखिएको छ। यसको असर सिसिटिभीको नेटवर्कमा समेत परेको छ। सार्क सम्मेलनको लागि सिसिटिभी जडान गर्ने जिम्मा पाएको जि एण्ड जि कम्पनिका निर्देशक राजन रायमाझीले सार्क अगाडि नै काम पुरा गर्न समस्या भएको बताए। 'बारम्बार अप्टिकल फाइवरमा समस्या आइरहेको छ, रायमाझीले नागरिकन्युजसँग भने,'हामीले १ सय ५३ वटा सिसिटिभी जडान गर्ने जिम्मा पाएका छौं। सरकारी निकायवीच समन्वय नहुँदा समयका काम पूरा गर्न अप्ठ्यारो छ।' मंगलवार सिंहदरबार अगाडि जडान गरिएको सिसिटिभीको लाइन साँझ काटियो, बुधबार दिउँसोसम्म आएको छैन। सोमबार पनि दुई ठाउँमा भर्खरै जडान भएको िससिटिभीको लाइन जथाभावी काटियो। जि एण्ड जि कम्पनिले सोल्टी होटलदेखि सभागृह, रानीपोखरीदेखि बौद्धसम्म सोल्टीदेखि चक्रपथसम्म तथा रानीपोखरीदेखि राष्ट्रपति कार्यालयसम्म र पुतलीसडकदेखि कृष्ण पाउरोटीसम्म सिसिटिभी जडान गर्ने जिम्मा पाएको छ। 'कामको जिम्मा नै निकै ढिलो गरी पायौं,' उनले भने,'त्यसमा पनि सरकारी निकायवीच समन्वय नुहँदा तोकिएको समयभित्र काम सम्पन्न गर्न समस्या छ।'

सिसिटिभी जडानमा पनि समस्या