काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत महिना दोस्रो साता काठमाडौं ल्याएको चिनियाँ जहाजले मंगलबार उडानयोग्यताका लागि परीक्षण उडान गरेको छ। निगमले गत कात्तिक १७ मा चीनबाट ल्याएको १८ सिट क्षमतायुक्त 'वाई१२–ई' जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः४५ बाट २ः४५ सम्म एक घन्टा उडानयोग्यता परीक्षण उडान गरेको हो।'नयाँ जहाजले उडानयोग्यताको सफल परीक्षण उडान गरेको छ,'निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'जहाज यहाँबाट उडेर भरतपुर र सिमरा हुँदै फर्किएको थियो ।'
उनका अनुसार जहाजलाई चीनबाट आएका टोंगाका क्याप्टेन र निगमकै को–पाइलटले उडाएका थिए । त्यसमा चिनियाँ इन्जिनियर, नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा विभागका अधिकारीलगायत सवार थिए।
'यो जहाजबाट बुधबार 'प्रुभिङ फ्लाइट' गर्ने योजना छ। त्यसपछि बेलुकासम्ममा नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) पाउने आशा छ,' शर्माले भने, 'सकेसम्म बिहीबार (मंसिर ४) बाट नियमित व्यापारिक उडान गर्ने लक्ष्य छ ।'
यो जहाज उडाउने पाइलटहरूको टाइपरेटिङ, क्याबिन क्रुको टाइपरेटिङ प्रक्रिया, संकटकालीन उद्धार प्रदर्शन लगायत अन्य काम पूरा भइसकेको निगमले जनाएको छ । व्यापारिक उडान गर्नुअघि पहिलो परीक्षण उडान काठमाडौं–तुम्लिङटार–जनकपुर–सिमरा–भरतपुर–पोखरामा गरिने निगमले जानकारी दिएको छ ।
उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ । यसलाई पश्चिम क्षेत्रका दुर्गम भेगका विमानस्थलमा उडाउने निगमको योजना छ । चीनबाट अनुदानमा पाएको यो दोस्रो जहाज हो । यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको छ ।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० दुई र वाई१२–ई चारवटा उपलब्ध हुनेछन् । तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ ।