धादिङ-लामो समयदेखि पर्यटन व्यवसायमा संग्लन धादिङ जिल्लाका भरत रेग्मी यतिखेर व्यावसायिक कफी खेतीमा ब्यस्त छन्। अर्ग्यानिक कफी खेतीको माध्यमबाट कृषि पर्यटनलाई दिगो रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप रेग्मी यतिरेख कफीको स्याहार सुसारमा व्यस्त छन्।

इथोपियाबाट प्रभावित भएर रेग्मीले २०१० देखि नेपालमा व्यावसायिक कफी खेतीको सुरुआत गरे। सन् २००४ मा इथोपिया पुगेका रेग्मीले त्यहीबाट प्रभावित भइ नेपालमा व्यावसायिक कफी खेती गर्ने सोचका साथ फर्किए। इथोपियाको कफी खेती देखेर उनले आफ्नो गृहजिल्ला धादिङको नलाङमा ३ सय रोपनी जग्गामा व्यावसायिक रुपमा कफी खेती सुरु गरेका हुन्।
पर्यटन र कफी व्यवसायलाई एकसाथ अगाडि बढाउने उद्देश्य अनुरुप रेग्मीले हाल ५१ हजार बिरुवा लगाइसकेका छन्। उनले काठमाडौंको ठमेलस्थित अल्पाइन एक्स्पोर नेपाल नामक ट्राभल्स एजेन्सीसमेत सञ्चालन गरेका छन्। उनको एजेन्सीमार्फत आउने पर्यटकलाई आफ्नै कफी फार्ममा घुमाउन लैजाने गरेको उनको भनाइ छ। रेग्मी महिनामा २० दिन कफी फाममा भेटिन्छन् भने, बाँकी १० दिन मात्र काठमाडौं बस्दै आएका छन्।

एग्रो टुरिजमको माध्यमबाट देशलाई आर्थिक समृद्धीतर्फ अगाडि बढाउन सकिन्छ भन्ने उनको मान्यता छ। पाँच जनाको समूह मिलेर सुरु गरेको फामले गत वर्षबाट आफ्नो उत्पादन सुरु गरेको छ। हिमालय अनटप अर्ग्यानिक कफी इस्टेट प्रालि नामक कम्पनी दर्ता गरी सुरुमा १४ हजार बिरुवा लगाए व्यवसाय सुरु गरेका रेग्मीले हाल ५१ हजार कफीका बिरुवा लगाइसकेका छन्।

रेग्मीले आधुनिक सिंचाइका रुपमा अष्ट्रेलियन प्रविधि प्रयोग गरेका छन्। अष्ट्रेलिया जाँदा देखेको प्रविधिलाई रेग्मीले आफ्नो फार्ममा व्यावहारिक रुपमा उतारेका हुन्। कफीको सिंचाइका लागि रेग्मीले १० वटा आधुनिक पानी ट्याङकी बनाइ पानी जम्मा गर्ने गर्छन्। आकाशबाट परेको पानीलाई सहि तरिकाले सदुपयोग गरेर रेग्मीले कफीमा सिंचाइ गरिरहेका छन्।