आल्मुनियमको बाटा यताउता लैजाँदा धेरै कोरिने, चाँडै कुच्चिने र प्वाल पर्ने समस्याले हैरान काठमाडौं शान्तिनगरकी गृहिणी चण्डिका शिवाकोटीले केही दिनअघि प्लास्टिकको बाटा किनिन्। आल्मुनियमभन्दा प्लास्टिकको बाटा हलुका र सस्तो पर्ने भएकाले उनको रोजाइ त्यतातिर परेको हो। 'आल्मुनियमको बाटाको आयु नै छोटो भएकाले प्लास्टिकको किनरे ल्याएँ,' उनी भन्छिन्, 'सस्तो र गुणस्तरीय सामान पाइने भएपछि आल्मुनियमको बाटा प्रयोगको कुनै अर्थ छैन।'काठमाडौं निवासी अर्की गृहिणी सम्झना प्रधानाङले पनि केही दिनअघि प्लास्टिकका सामान किनेरी ल्याइन्। बलियो र टिकाउ हुने भएपछि उनी प्लास्टिकका सामानमा आकर्षित भएकी हुन्। उनीजस्ता धेरै गृहणीको रोजाइमा अहिले प्लास्टिकका सामान पर्छन्।
कोठामा राख्दा पनि सुहाउने र प्लास्टिकका रंगिचंगी सामानले घरभित्रको सौन्दर्य पनि बढाउने उनी बताउँछिन्। सामान्यतया घरायशी काममा महिला नै अग्रसर हुने र उनीहरूलाई आल्मुनियमको बाटा होस् वा अन्य सामान यताउता लान कठिन हुने गर्छ। तर, तिनको विकल्पमा प्लास्टिकका सामान पर्न थालिसकेको छ। प्रयोग दर पनि वृद्धि भइरहेको छ। दिनको सुरुवातदेखि रातिसम्म प्रयोग हुने अधिकांश वस्तु प्लास्टिकबाटै बनेका पाइन्छन्। अहिले प्लास्टिक अत्यावश्यक वस्तु बनिसकेको छ। प्लास्टिक उद्योगमा नया“ आयाम खोजी तथा अत्याधुनिक कारखाना स्थापना गर्नु तथा निर्यात वृद्धिमा जोड दिनुपर्ने खाँचो देखिइसकेको छ।
प्लास्टिकका सामान दैनिक जीवनमा यति धेरै मात्रामा प्रयोग भइरहेका छन् कि यीबिना जीवन असम्भवजस्तै भइसकेको छ। टुथ ब्रस, टुथपेस्टको ट्युब, चप्पल, चस्मा, साबुनको डिब्बा, का“गियोलगायत प्रयोग नगरी दैनिकी सुरु गर्न सकिन्न। जग, बाल्टिन, दूधका प्याकेट, खाद्यपदार्थ (तेल, नुन, घिउ, दाल, चाउचाउ, ससेज, पाउरोटी, बन) सबै प्लास्टिकमै प्याक गरिएका हुन्छन्। 'प्लास्टिकका सामानको प्रयोगबिना दैनिक जीवन धान्नै गाह्रो भइसक्यो,' नेपाल प्लास्ट फाउन्डेसनका उपाध्यक्ष दीपक श्रेष्ठ भन्छन्।
घरको रङरोगनदेखि कार्पेट, कपडासम्म, बिजुलीका तारदेखि बत्तीका सामान, सञ्चार सामग्री (टिभी, रेडियो, टेलिफोन, कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक सामान) प्लास्टिकबाटै बनेका हुन्छन्। 'प्लास्टिकका सामान प्रयोग यति व्यापक भइसक्यो कि यसको अभाव हुँदा संकट उत्पन्न हुन्छ,' श्रेष्ठ भन्छन्।
अमेरिका, युरोप र जापानमा प्रतिवर्È प्रतिव्यक्ति १ सयदेखि १ सय २० किलो प्लास्टिक प्रयोग हुन्छ भने भारतमा प्रतिव्यक्ति ६ किलो प्रयोग हुने गरेको तथ्यांक छ। नेपालमा प्रतिव्यक्ति शून्य दशमलव आठ किलोमात्र प्रयोग हुने अनुमान छ। 'हाम्रोजस्तो विकासशील मुलुकका लागि त प्लास्टिकका वस्तु अति आवश्यक हुन्छन्,' उनी थप्छन्, 'जबदेखि नेपालमा चप्पल आयो नांगो खुट्टा हि“ड्नेहरू देखिनै छाडे।'
करिब चार दशकअघि नै नेपालमा प्लास्टिकका सामान बनाउने उद्योग स्थापना भएको थियो। त्यसयता नेपाली उद्योगबाट उत्पादित सामान प्रत्येकको घरमा पुगेको उद्योगीको भनाइ छ। यहाँ उत्पादित सामानले मुलुकका कुनाकाप्चासम्म बजार विस्तार गरेका छन्। घरको छानामा राख्ने पानी ट्यांकीदेखि चप्पलसम्म प्लास्टिकबाट बनेका हुन्छन्। ती पनि स्वदेशी उद्योगले नै उत्पादन गरिरहेका छन्। प्लास्टिक प्रयोग घरदेखि हवाई जहाजमा समेत हुने गरेको छ।
आकासमा उड्नेदेखि धर्तीमा गुड्ने सवारीसाधनमा समेत प्लास्टिकका सामान प्रयोग हुने गरेको छ। केही उद्योगीका अनुसार प्लास्टिकका सामानको बजार दिनहुँ बढिरहेको छ। यी सामान नेपालीको दैनिक आवश्यकता बनिसकेका छन्। मूल्य र गुणस्तरका हिसाबले पनि प्लास्टिकबाट बनेका घरायशी सामान प्रयोग बढेको देखिन्छ। नेपालमा वार्Èिक करिब १ लाख ७० हजार टन प्लास्टिक दाना प्रशोधन हुने फाउन्डेसनका अध्यक्ष सरद टिबडेवाला बताउँछन्। यसको खपत वार्Èिक २० प्रतिशतले बढ्दै गएको छ।
नेपालको तुलनामा भारत र चीनले प्लास्टिकका सामान अधिक उत्पादन गर्छन्। त्यहा“का एउटै कम्पनीले हजारौं प्रकारका सामान उत्पादन गरिरहेको व्यवसायीको भनाइ छ। नेपालमा भने २ सय किसिमका सामानमात्र उत्पादन हुन्छन्। उत्पादनमा विविधता थपदै गए प्रतिस्पर्धात्मक Ôमता पनि बढ्दै जान्छ। यसले हाम्रा उत्पादन आन्तरिक तथा वाह्य बजारमा पनि बिक्री हुने व्यवसायीको अनुमान छ।
व्यवसायीका अनुसार तयारी प्लास्टिकका सामान आयात गर्दा भन्सार शुल्क बढाउन सके नेपाली उद्योगलाई राहत मिल्ने छ। 'अहिले कच्चापदार्थ आयातमा १० प्रतिशत भन्सार शुल्क लिने गरिएको छ,' श्रेष्ठ भन्छन्, 'तयारी वस्तु आयात गर्दा भन्सार लाग्दैन, तर कच्चापदार्थ आयात गर्दा महँगो भन्सार शुल्क लिने गरेका छन्।'
कच्चापदार्थ आयातमा भन्सार शुल्क बढी लिने र तयारी वस्तु आयातमा भन्सार नलिने राज्यको नीतिका कारण स्वदेशी उद्योग संकटमा पर्ने अवस्था आएको व्यवसायी बताउँछन्। 'हामीले राज्यलाई पटक–पटक भन्सार शुल्कका विषयमा कुरा राखेका छौं,' श्रेष्ठ भन्छन्, 'तर, त्यो कार्यान्यवयमा आउन सकेको छैन।'
तयारी वस्तु र कच्चापदार्थ आयातमा समेत एउटै भन्सार दर राखेको भए, विदेशबाट आयातित सामग्रीमा प्रतिस्पर्धा गर्न सजिलो हुने उनीहरूको अनुमान छ। व्यवसायीका अनुसार प्लास्टिकका घरायशी सामान उत्पादनमा मुलुक आत्मनिर्भर बन्दै गएको छ। बाल्टिन, फोहोर राख्ने भाँडो (डस्टबिन), मग, जग, ठूला ड्रमलगायत सामान उत्पादनमा नेपाली प्लास्टिक उद्योग लगभग आत्मनिर्भर बनिसकेको व्यवसायीको भनाइ छ।
व्यवसायीका अनुसार 'क्लिनिङ इक्विपमेन्ट' लगायत भने स्वदेशी उद्योगले उत्पादन गर्न सकेका छैनन्। स्वदेशी उद्योगको बजार हिस्सा ९० प्रतिशत छ। बा“की १० प्रतिशतमात्र आयात हुने गरेको छ। यसमा भारतबाट आयात हुने क्रम शून्यको अवस्थामा पुगेको छ। चीनबाट भने केही सामान आयात भइरहेको छन्। चीनले उत्पादन गर्ने सामानको लागत मूल्य कम हुने र उत्पादनमा विविधता दिने भएका कारण आयात रोक्न नसकिएको हो। त्यस्ता केही सामान खरिद गर्नसक्ने नेपाली थोरै छन्। नेपालको बजार पनि सानो छ। त्यस्तो अवस्थामा नेपाली उद्योगले सबै प्रकारका सामान उत्पादन गर्न सकिरहेका छैनन्।
विश्व बजारमा दुईखाले प्लास्टिक उपलब्ध छन्– प्राकृतिक तथा सिन्थेटिक। प्राकृतिक प्लास्टिक ऊन, प्रोटिन, रेशम, जुट, कपास, कागजलगायत प्राकृतिक प्रक्रियाबाट बनेका हुन्छन्। सिन्थेटिक प्लास्टिक भने रासायनिक प्रक्रिया (पेट्रोलियम पदार्थ) बाट बनेको हुन्छ। तिनमा पोलिइथाइलिन, पोलिप्रोपाइलिन, पोलिभिनाइल क्लोराइड, मेलामाइन, पोलिस्टाइरिन, पोलिइथलिन लगायत हुन्छन्। विश्वमा जति प्लास्टिकको उत्पादन हुन्छ, त्यसको एक तिहाइ पोलिथिन हुने गर्छ। पोलिइथाइलिन हलुका, खिया नलाग्ने, रसायन प्रतिरोधक, विद्युतीय प्रतिरोधक भएका कारण यसको प्रयोग व्यापक हुने गरेको नेपाली व्यवसायीको अनुभव छ।
नेपाली सामानका उत्पादन लागत महँगो भएकाले छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न केही असजिलो भएको व्यवसायी बताउँछन्। 'स्वदेशी उद्योगलाई आवश्यक कच्चापदार्थ भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्ने अवस्था छ,' श्रेष्ठ भन्छन्, 'विदेशबाट कच्चापदार्थ ल्याएर उनीहरुद्वारा उत्पादित सामग्रीसँग प्रतिस्पर्धा गर्न कठिन भएको छ।' यहाँ पर्याप्त जनशक्ति नहुँदा र विद्युत अभावका कारण सोचेजति प्रगति गर्न नसकेको उनको भनाइ छ।
मुलुकमा प्लास्टिकका सामग्री बनाउन आवश्यक कच्चापदार्थ उत्पादन नहुने भएकाले साउदी अरब, भारतलगायत देशबाट आयात भइरहेको छ। उद्योगी–व्यवसायीले उच्च स्तरीय कच्चापदार्थ आयात गरी यस्ता सामग्री निर्माण गर्छन्। स्वदेशमा उत्पादित प्लास्टिकका सामग्री चीन र भारतको तुलनामा गुणस्तरीय भएको फाउन्डेसनका अध्यक्ष टिबडेवाला दाबी गर्छन्।