चितवन- ठूला मासु पसलबीच चलेको अस्वस्थ प्रतिस्पर्धाले लागतभन्दा कममा उत्पादन बेच्नुपरेको कुखुरा व्यवसायीले गुनासो गरेका छन्। मासुका लागि पालिने ब्रोइलर कुखुरासँग सम्बन्धित व्यवसायीको संस्था नेपाल कुखुरा बजार व्यवस्थापन संघले सोमबार भरतपुरमा आयोजना गरेको भेलाका सहभागीले सो भनाइ राखेका हुन्।
किसानले अहिले जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय ३० रुपैयाँ पाएका छन्। उपभोक्ताले एक किलो मासुको दुई २० रुपैयाँ तिर्छन्। 'लागत प्रतिकेजी एक सय ७० रुपैयाँ पर्छ। किसानले किलोमा ४० रुपैयाँ घाटा खाएका छन्। एउटा कुखुरा सालाखाला दुई किलो हुन्छ। एउटा बेच्दा ८० रुपैयाँ नोक्सान छ,' संघका केन्द्रीय अध्यक्ष शंकर कँडेलले भने।
व्यावसायिक किसानले कम्तीमा पनि हजार कुखुरा पाल्छन्। हजार कुखुरा पाल्नेले एक याममा ८० हजार रुपैयाँ नोक्सान बेहोरेको हुन्छ। चल्ला राखेको ४५ दिनपछि ब्रोइलर बेच्नलायक हुन्छ। एक वर्षमा लाखौं नोक्सान हुँदा किसानको घरखेत नै लिलाम हुने अवस्था छ।
अहिलेको भन्दा ५० रुपैयाँसम्म बढी मूल्य तिर्दा पनि उपभोक्तालाई खासै असर नपर्ने र दुई सय ७० देखि तीन सय रुपैयाँ किलोसम्म हुँदा पनि बजारमा कुखुराको मासुको खपतमा असर नहुने व्यवसायी बताउँछन्। मूल्य बढ्दा पनि उपभोक्तालाई असर नपर्ने भए पनि जिउँदो कुखुराको मूल्य किन कम हुँदै छ त? कुखुरापालक ठूला मासु पसललाई दोष दिन्छन्।
धेरै मासु खपत हुने होटलमा आपूर्ति गर्ने पसलहरु मूल्य नबढोस भन्ने चाहन्छन्। 'दुई–चार ठूला मासु पसलेले त्यस्ता होटललाई कम मूल्यमा दिन अस्वस्थ प्रतिस्पर्धा गरेका छन्। त्यसैको मार किसानलाई परेको हो,' कुखुरापालक किसान तोयानाथ अर्यालले भने।
कुखुरा र मासुको न्यूनतम मूल्य संघले निर्धारण गर्छ। 'संघमा ठूला मासु पसल र कुखुरा सप्लायर्स पनि छन्। किसानलाई लागत उठ्ने गरेर मूल्य तोक्दा त्यस्ता सदस्यले माइन्युटमा नोट अफ डिसेन्टसम्म लेखे,' अर्यालले भने। संघले तोकेको मूल्य पनि लागू नगर्ने उनले बताए। संघको मूल्यभन्दा १० रुपैयाँ कममा किनबेच हुने गरेको अनुगमनले देखाएको अर्यालले बताए।
'तीन–चारवटा मासु पसल ठूला होटललाई कसले कममा दिने भन्ने होडमा छन्। उनीहरुले नै हो मूल्य बढ्न नदिने। किसानलाई फाइदा–घाटा भएको वास्ता छैन,' अर्यालले भने। मासु पसल सञ्चालक विष्णु ढकाल पनि ठूला लगानीका कोल्ड स्टोरले खपत बढाउन मूल्य कम गर्दा किसान र साना व्यवसायी मर्कामा परेको बताउँछन्।
'मूल्य निर्धारण गर्ने संघको निर्णय उल्लंघन गरेर कममा बेच्न चलेको होडको असरले किसानले जिउँदो कुखुराको कम मूल्य पाएका हुन्,' चितवन नवलपुर कुखुरापालक संघका संयोजक दीपक पाण्डेले भने। संघले गरेको निर्णय कार्यान्वयन भएन भनेर लिखित वा मौखिक उजुरी नआए पनि ९० प्रतिशतभन्दा धेरैले उल्लंघन गर्ने गरेको संघका अध्यक्ष कँडेलको भनाइ छ।
'सामान्य अवस्था हुँदा पनि बजारमा मूल्य नआउनु बिडम्बना हो। त्यसैले भएका निर्णय कार्यान्वयन गराउन तीनवटा टोली बनाएर अनुगमन सुरु गर्दैछौं,' संघका अध्यक्ष शंकर कँडेलले जानकारी दिए। जेठमा दुई सय रुपैयाँ किलो पुगेको जिउँदो कुखुराको मूल्य घटेर ९० रुपैयाँमा झरेको थियो। दसैंतिहारमा पनि मूल्य नबढेपछि किसान चिन्तित बनेका छन्।