काठमाडौं- सरकारले सुन व्यवसायीलाई गुणस्तरका लागि 'हलमार्किङ' गर्ने बाटो खुला गरेको छ। सुनका गहनाको गुणस्तर बारे बहस भइरहेको बेला नेपाल गुणस्तर परिषदको ९२ औं बैठकले यस्तो निर्णय गरेको हो।गुणस्तर तथा नापतौल विभागले सुन तथा सुनमिश्रित धातु, गरगहना समानहरुको शुद्धता विशिष्टता, र नेपाल गुणस्तर (एनएस) चिह्न तोक्ने विभागका महानिर्देशक तथा परिषद्का सदस्य सचिव विश्वबाबु पुडासैनीले बताए। सुनका गहनाको शुद्धता परीक्षण र हलमार्क पद्धति पहिलोपल्ट तोकिएको हो। 'सरकारले बाध्यात्मक नियम ल्याएको होइन,' पुडासैनीले भने। प्रभावकारी रुपमा लागु भएमा यो बाध्यात्मक नियम नै बनाउन सकिने उनले बताए। यसअन्तर्गत सुनको शुद्धता, प्रमाणीकरण लिएको मिती, एनएस मार्क र हलमार्क परीक्षण गर्नेको नाम गरी चार कुरा उल्लेख गरिने उनले बताए। उनका अनुसार यसको लागि गुणस्तर तथा नापतौल विभागले नै परीक्षण तथा जाँच गर्ने छ।
सुनको गहनाको हालसम्म कुनै जाँच तथा परीक्षण हुने गरेको थिएन। हलमार्क पद्धतिका लागि भने व्यवसायी पनि सकारात्मक देखिएका छन्। सुन निर्यातका लागि पनि हलमार्किङ पद्धति अति आवश्यक भएकाले यसमा जतिसक्दो चाँडो जान व्यवसायी आतुर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। अर्डर अनुसारको गरगहना बनाएर, प्रक्रिया पुर्यावएर व्यवसाय गरेमा व्यवसायीप्रति उपभोक्ताको विश्वास अझै सबल बन्ने उनले बताए। 'अहिले उपभोक्ताले विश्वासको भरमा मात्र सुन खरिद गरेका छन् अब हलमार्किङ पद्धति भएपछि सुनमा शुद्धता कति छ, सुनको मात्रा, फलामको मात्रा कति छ भनेर जान्न सजिलो हुन्छ,' शाक्यले भने। अहिले भइरहेको मेसिनले जाँच गर्दा भने सुनको मापन गर्न गार्हो हुने उनले बताए। 'यसको लागि सरकारले मेसिन पनि राम्रो र प्रविधियुक्त ल्याउन पर्छ,' उनले भने।
व्यवसायीका अनुसार हलमार्किङ पद्धति भए गहना निर्यात पनि सहज हुनेछ। अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर निर्यात गर्दा नेपाली गहनाका ब्रानड पनि विदेशमा स्थापित हुन सक्ने र उपभोक्ताहरुको विश्वास अझै जित्न सकिने शाक्यको भनाई छ। अहिले विभिन्न मुलुकबाट आउने पर्यटकले समेत सुनका गरगहना खरिद गर्ने गरेकाले हलमार्किङ प्राप्त गरेपछि अर्डर गरेका सुनका गहनाको विदेशमा पनि माग हुने व्यवसायीको विश्वास छ।
सुन र बहुमुल्य गहनाको गुणस्तर कायम राख्न र उपभोक्तालाई ठगिनबाट जोगाउन सरकार र व्यवसायीहरुले सुन गुणस्तर मापदण्ड ल्याउने सहमति भएपनि हालसम्म आउन सकेको छैन। यसैबीचमा सरकारले सुन तथा सुन मिश्रित गहनाको गुणस्तरका लागि नेपाल गुणस्तरको प्रावधान ल्याएको हो। सरकार र महासंघबीच १५ महिनाअघि मापदण्ड बनाउन समिति तयार भएको थियो। अहिलेसम्म सुन अनुगमनको मापदण्ड पनि बन्न सकेको छैन। गुणस्तर मेसिन र सुनसम्बन्धी जानकारी भएको प्राविधिक यसका लागि जरुरी भएको शाक्यले बताए। व्यवसायी र सरकारबीच जर्ति, क्षम्य सीमा र पुराना गहना किनबेचका विषयमा सहमति हुन नसक्दा एक वर्षअघि नै आउनुपर्ने निर्देशिका अझै आउन सकेको छैन।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता संरक्षण परिषद् र उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुबीचको टोलीले सुन उत्पादन, कारोबार तथा अनुगमन सम्वन्धी मापदण्डको निर्देशिका बारेमा छलफल गरेको थियो। व्यवसायीको मागअनुसार निर्देशिका पारित गर्दा उपभोक्ताहरु थप मर्कामा पर्ने भएकाले यसलाई अझ अध्ययन गर्ने टुंगोमा मस्यौदा टोली पुगेको थियो। व्यवसायीहरुले नयाँ निर्देशिकामा ५ देखि २० प्रतिशतसम्म जर्ति काट्न पाउने, कम्तीमा दुई प्रतिशत क्षम्य क्षमता (टोलरेन्स) को व्यवस्था हुनुपर्ने र पुराना गहना किन्दा पाँच प्रतिशत मूल्य कटौती गर्न पाउने माग राखेका थिए। यसबाट उपभोक्ता २७ प्रतिशतसम्म ठगिने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने मस्यौदाको विरोध गर्दै आएका थिए।