नेपाल उद्योग परिसंघले सरकार र नेपाली निर्माण व्यवसायीहरूको युवा समुदाय (वाइसिएनसी) सँगको सहकार्यमा पहिलो पटक 'नेपाल पूर्वाधार सम्मेलन २०१४' आयोजना गर्न लागेको छ। कात्तिक २५ र २६ दुई दिन राजधानीको हायात होटलमा आयोजना हुने सम्मेलन यातायात, कृषि, ऊर्जा, पर्यटन पूर्वाधार र सहरी पूर्वाधार गरी पाँच प्रमुख क्षेत्र तोकेर तीनको विकासमा लगानीसहित कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ।सम्मेलनपछि मुलुकमा विदेशी सहयोग र लगानी वृद्धि हुने आशा परिसंघले लिएको छ। पूर्वाधार क्षेत्रको विकास गर्न विशेष गरी छिमेकी भारत र चीनले गरेका काम र प्रयासबारे जानकारी लिनुका साथै त्यताबाट लगानी पनि ल्याउन सकिने लक्ष्य सम्मेलनले लिएको छ। सम्मेलनलाई प्रधानमन्त्री सुशील कोइराला, अर्थ मन्त्री रामशरण महत, भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधि, ऊर्जा मन्त्री राधा ज्ञवाली र सहरी विकास मन्त्री नारायण खड्का तथा भारतको सडक यातायात तथा राजमार्ग मन्त्री नितिन जे गड्करी ख्यातिप्राप्त वक्ता हुनेछन्। प्रमुख वक्तामा भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, परिसंघका प्रेसिडेन्ट एमिरिटस तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र योजना आयोगका सदस्य स्वर्णिम वाग्ले हुनेछन्। यही सम्मेलनका उद्देश्य, यसका विविध पक्ष, नेपालमा पूर्वाधार क्षेत्रका समस्या, चुनौती र गर्न सकिने कामबारे परिसंघका प्रेसिडेन्ट एमिरिटस तथा चौधरी ग्रुपका अध्यक्ष चौधरीसँग नागरिकका बालकृष्ण ज्ञवाली र सुशील भट्टराईले गरेको कुराकानी:
कस्ता उद्देश्य लिएर पूर्वाधार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो?
नेपालको लागि अहिले सबैभन्दा ठूलो खाँचो भनेको पूर्वाधार हो। अहिले हाम्रो पूर्वाधारको अवस्था विभत्स छ। यसका बारेमा धेरै कुरा भए तर, विभिन्न कारणले अगाडि बढ्न सकेन। ६/७ महिनाअघिको कथा हो। जब भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बने तब दक्षिण एसियामा एउटा नयाँ र सकारात्मक लहर ल्याए। त्यसका पछाडि भारत र अन्य दक्षिण एसियाली मुलुकको एउटा अन्तरसम्बन्धको विषय हो भने अर्को उनको पृष्ठभूमि त्यत्तिकै महत्वपूर्ण छ। नरेन्द्र मोदी 'नरेन्द्र मोदी' बनेकै पूर्वाधारबाट हो। उनले गुजरातको पूर्वाधारलाई रुपान्तरण गरेर पूरै भारतमा नै गुजरातलाई चहकिलो तारा बनाए। छिमेकी राज्यको विकासलाई पनि गुजरातले तानिरहेको छ। अहिले त्यहाँ बनिरहेको दिल्ली–मुम्बई करिडोरको अधिकांश भाग गुजरातबाट गएको छ। त्यहाँ ठूला उद्योग स्थापना भइरहेका छन्। जापानीले पनि विशाल लगानी गर्दै छन्। मोदीको नेतृत्व र सकारात्मक संकल्पबाट दक्षिण एसियाली मुलुकको परिवर्तनको केन्द्रविन्दु के हुन्छ भने त्यो पूर्वाधार हो। यही कुराको हाम्रो बुझाइ हेर्दा हामीले के गर्न सक्छौं? मोदीले नै सबै गर्ने त होइन। उनको सकारात्मक सन्देश सुन्दै गर्ने त नेपालीले नै हो। सबै राजनीतिक दल यिनै हुन्, अनि हामी पनि। यति हुँदाहुँदै पनि अहिलेको सरकारले केही काम त गर्यो । पञ्चेश्वर परियोजना थन्केर बसेको थियो अगाडि बढ्यो, पेट्रोलियम पाइपलाइनको काम, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको टेन्डर दिइसकियो, सतलज र जिएमआरको पिडिए भयो, फास्ट ट्र्याकको टेन्डर अन्तिममा पुगेको छ। पूर्वाधारमा वर्तमान सरकार र राजनीतिक दलले उल्लेख्य चासो र महत्व दिएको देखिन्छ। यसमा के देखिन्छ भने जिएमआरबाहेक धेरैजसो सरकार–सरकारबीचका परियोजना छन्। निजी क्षेत्रलाई प्रोत्साहन गरेर र यसको लगानी वृद्धि गर्न पनि केही उल्लेख्य काम हुनुपर्छ। मुलुकको विकासमा कुल लगानी भनेको साढे दुई खर्बहाराहारी छ। यसलाई सात खर्ब नपुर्यालई मुलुक उँभो लाग्दैन र यसमा निजी क्षेत्रले नगरी केही हुँदैन। निजी क्षेत्र भनेको ७० प्रतिशत लगानी गर्ने समुदाय हो। त्यसका लागि चाहिने नीति, यसमा परिवर्तन हुँदैन, टिक्छ, जसको सरकार आए पनि क्रान्तिकारी परिवर्तन हुँदैन, सरकारले बालेको कुरा पूरा गर्छ भन्ने हो। पूर्वाधार भनेको यस्तो क्षेत्र हो जहाँ लगानी गरेपछि त्यसले लगानी फिर्ता दिन दिगो रूपमा २५/४० वर्ष कुर्नुपर्छ। यो कुनै कारखाना वा टेलिकम कम्पनी खोलेको जस्तो होइन। यसमा राज्य पनि गम्भीर छ भन्ने देखाउन उसलाई पनि सम्मेलनको साझेदार बनायौं। सरकार बडा उदारतापूर्वक आयो। यसमा सरकार, लगानी बोर्ड, राजनीतिक दल सबै ऐक्यबद्ध भएका छन्। यो सुखद संयोग हो। हामीले गर्न सक्ने भनेको यो कामलाई गतिशील बनाउन भारतीय र चिनियाँ नेतृत्वकर्ता र पूर्वाधार कम्पनीलाई ल्याउने हो। नेपालमा पूर्वाधार विकास गर्न यी दुवैको महत्वपूर्ण भूमिका छ। हामीले पूर्वाधार सम्मेलनमार्फत गर्न खोजेको यही हो।
अहिले हामी चुकेको कसरी हो? सरकारले निजी क्षेत्रलाई अगाडि बढाउन नसकेर हो वा विदेशी साझेदारलाई ल्याउन नसकेर हो?
यसलाई यसरी भनौं न, नेपालको प्रमुख पूर्वाधार परियोजना अगाडि बढाउन भारत कुनै न कुनै रूपमा संलग्न हुन आइहाल्छ। चीनले ऊर्जा क्षेत्रमा लगानी गर्यो भने पनि बिजुली बेच्ने त भारतलाई नै हो। भारतसँग सकारात्मक सम्बन्ध र उसले इमानदारीपूर्वक नेपालको विकास हेर्न चाहन्छ भन्ने विश्वास र सन्देश उताबाट नआएसम्म र नेपालीको मनमा त्यो विश्वास नभएसम्म यहाँ मुलुक बन्ने वातावरण हुँदैन। अन्य कुरा गौण हुन् यहाँ। राजनीतिक परिवर्तन, द्वन्द्व जे भए पनि विकासको रेल जब तीव्र गतिमा कुद्न थाल्छ, तब कोही पनि प्लेटफर्ममा चुप लागेर बस्न चाहँदैन, सबै त्यही रेलमा झुन्डिन चाहन्छन्। मान्छेलाई थाहा छ, यो रेल सही गन्तव्यमा पुग्छ भन्ने। अहिले आएको मुड भनेको नेपाल र भारतको सम्बन्धको परिवर्तनबाट आएको हो। यसलाई हिजो किन हुन सकेन भन्दा पनि अहिले बनेको सम्बन्धलाई हाम्रो समयमा दिइएको अत्यन्तै महत्वपूर्ण अवसरका रूपमा लिनुपर्छ। त्यही भएर यसपालि यसलाई चुकाउनु हुँदैन। सबैले सकारात्क रूपमा लागेर यसलाई सफल पार्नुपर्छ। जुन दिनबाट यो पूर्वाधारको रेल दौडिन थाल्छ तब बाँकी सबै यही रेलले तान्छ, बाँकी सबै यसका डिब्बा हुन्।
अहिले जति विकास बजेट विनियोजन गरिन्छ, त्यसको ७० प्रतिशतमात्र खर्च हुने गरेको देखिन्छ। निजी क्षेत्रलाई अगाडि बढाउन नसकेर यस्तो भएको हो?
विकास खर्च बढीमा ५० प्रतिशतमात्र खर्च हुने गरेको छ। आर्थिक वर्ष सकिने अन्तिम समयमा बजेट ल्याप्स हुन लाग्यो है भन्दै दौडादौड गरेर मन्त्रालय–मन्त्रालयलाई चेक काटेर दिनु साँच्चिकै लगानी होइन। विगतको हाम्रो दुई दशकको राजनीतिक प्रयोगले धेरै नेपालीलाई स्वशासक बन्नका लागि सकारात्मक हौसला पनि दिएको छ भने अर्कोतर्फ ठूलो मूल्य पनि चुकाएको छ। नेपालका हरेक चिजमा राजनीतिकरण भएको छ। कर्मचारी प्रशासनमा राजनीतिकरण छ। यो भएपछि जतिसुकै योग्य भए पनि राजनीतिक शक्तिको पछाडि नलागेसम्म उसको योग्यताको कदर हुँदैन र उसको उन्नति र प्रगति पनि हुँदैन। दण्ड र जरिवानाको संयन्त्रको व्यवस्था नै छैन। अहिले हामी देखिरहेका छौं, नेपालको प्रशासनिक क्षमतामा ठूलो ह्रास आएको छ । त्यसैको यो परिणाम हो। अर्थमन्त्रीले बजेट बनाउँदैमा केही हुने होइन, बजेट कार्यान्वयन गर्ने कार्यालयहरू सक्रिय हुनुपर्छ। उनीहरू कमजोर छन्। कार्यान्वयनको पाटो झन् कमजोर छ र यसको आवश्यकता पनि देख्दैनन्। सबै मन्त्रालयका सचिवलाई गएर सोधे पनि हुन्छ, सबैले एक–एकवटा मन्त्री वा पार्टी नसमाइ केही गर्न सक्दैनन्। यसमा वृहत सुधारको आवश्यकता छ।
एक उद्योगीको नाताले भन्नुपर्दा पूर्वाधार अभावले उत्पादन लागतमा कत्तिको प्रभाव पारेको अनुभव गर्नुभएको छ?
पूर्वाधा नभएपछि लागत त अवश्य बढ्छ। पूर्वाधारमा ऊर्जा अभाव ठूलो समस्या हो। यातायातको अवस्था दयनीय छ। हामीले देखेकै छौं। दिनकै १८ घन्टासम्म लोडसेडिङ खेप्नुपरेको छ। हामी कुनै पनि क्षेत्रमा प्रतिस्पर्धी हुन सकेनौं, श्रमशक्ति बाहेक। प्रतिस्पर्धी नभएकै कारण हाम्रो व्यापार घाटा उच्च भएको हो। हाम्रो निर्यात किन घट्यो भन्नुको कुनै तुक छैन। आज हामीले चीनको दुई वा तीन प्रतिशतमा पाउने पैसासँग हामीले प्रतिस्पर्धा गर्नुपरिरहेको छ। चीन र भारत भनेका विश्वका कारखाना भन्छन्। दैनिक १६ घन्टाको लोडसेडिङको भरमा उत्पादन गर्नुपर्ने बाध्यता छ। यातायातदेखि लजिस्टिकका विषय पहिलेदेखि नै थिए। आवादी बढ्यो, गाडी बढे, हरेक चिज बढे तर सडक त जस्ताको तस्तै छन्। यी कारणले हामीले जेनतेन खपत हुने बाहेक अन्य केही बढेको छ जस्तो लाग्दैन।
पूर्वाधारमा पछाडि पर्नु वा विकास नहुनुमा सरकार र निजी क्षेत्रबीच समन्वय नहुनु हो वा पर्याप्त लगानी गर्ने रकम नभएर हो? के लाग्छ तपाईंलाई?
पूर्वाधार विकास गर्न लगानीकर्तामा आत्मविश्वास हुनुपर्छ। उसलाई आफूले लगानी गरेपछि त्यसको प्रतिफल आउनुपर्छ भन्ने भइहाल्छ। यसमा सरकारको प्रतिबद्धता पनि प्रमुख कुरा हो। उदाहरणका लागि मैले 'बुट' प्रणालीमा राजमार्ग बनाए भने ठाउँ–ठाउँमा ढाट राखेर कर उठाउन पाउनुपर्छ। तर, त्यहीँ अर्कोले पनि ढाट राख्ने, अर्को गाविसले पनि राख्ने गर्न थाले भने पूर्वाधार विकास कसरी हुन्छ, अनि लगानीकर्ताले के आधारमा लगानी गर्छ? भोटेकोसी परियोजनामा ३५ प्रतिशत सेयर नदिए स्थानीयले निर्माण गर्न नदिने कुरा बाहिर आएको छ। म स्थानीयको मागलाई पूरै बेवास्ता गर्नुपर्छ भन्ने पक्षमा छैन तर, यसको सम्बोधन सरकारले गर्नुपर्छ। परियोजना नै बन्द गर्ने होइन, हडताल गरेर, त्यसको उद्यमी, म्यानेजरलाई थुनेर केही हुँदैन। यस्तो हुनासाथ तुरुन्त राज्यले कदम चालेर स्थानीयलाई आश्वास्त पार्नुपर्छ। राज्यले आफ्नो भूमिका बुझ्नुपर्छ, खालि भाषण गरेर मात्र पूर्वाधार विकास हुँदैन, अगाडि बढ्दैन। आज भाग्यले धेरै राम्रो वातावरण बनेको अवस्था छ। वातावरण बनाउन बहुत गाह्रो छ, बिग्रिनलाई एउटा कारण भए पुग्छ।
विकास निर्माणमा सरकारको प्रतिबद्धता खासै देखिँदैन र काम पनि भनेजस्तो हुँदैन। कुनै पनि विकास निर्माणको काममा राजनीतिक हस्तक्षेप भइरहेको छ। यसलाई के भन्नुहुन्छ?
यसलाई राजनीतिक दलले जसरी पनि सम्बोधन गर्नुपर्छ। सरकार भनेको राजनीतिक दलले नै जन्म दिने हो। राजनीतिक दलकै प्रतिबद्धता छैन भने सरकारको त कहिले पनि हुँदैन। विकासका मुद्दा र विषय र परियोजनालाई राजनीतिक दलले राजनीतिक मोहरा बनाउनु हुँदैन। यसले आफैंलाई अप्ठेरो पार्ने छ। उनीहरूले सोचिरहेका होलान्, यसले तत्काल राजनीतिक अभिष्ट पूरा भयो, काम भयो, रिसायो भने पाँच–दसजना हो केही हुँदैन भन्ने होला। अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमका कारण छिनछिनका कुरा जानकारीमा आउँछ। अनि भविष्यमा त्यसले उनीहरूलाई ठूलो समस्या पार्छ। त्यसबाट असाध्यै गलत सन्देश पनि जान्छ र त्यसको प्रभाव राजनीतिक दलले भोलिको चुनावमा पाउने भोटमा कत्रो गिरावट आउँछ र दल नै बढारिएर जान्छ भन्ने उदाहरण छिमेकी भारतमै देखिएको छ। आममानिस अब विकास चाहिरहेका छन्। प्रत्यक्ष रूपमा विरोधको राजनीति गर्नेबाहेकका मानिस विकास खोजिरहेका छन्। विकासलाई छेक्नेलाई विकास चाहनेले चिन्छन् भन्ने मेरो मान्यता हो।
विकास र पूर्वाधार क्षेत्रमा राजनीतिक हस्तक्षेप हुँदैन भनेर सम्मेलनले आवाज उठाइदिन सक्छ?
हस्तक्षेप नगर भनेर समस्या समाधान हुनेवाला छैन। पूर्वाधार विकास भनेको सरकारले बहुतै प्रोएक्टिभ भूमिका नखेली अगाडि बढ्दैन र पूरा पनि हुँदैन। सरकार हाम्रो साथमा उभिँदा पनि हामीलाई प्रोत्साहन मिल्छ। अहिले सरकारले त हस्तक्षेप गर्नैपर्ने बेला छ। यसमा सरकार र राजनीतिक दलको सकारात्मक र बलिायो भूमिका हुनुपर्छ। ट्रान्समिसन लाइन बनाउन जग्गाको लफडा छ, सरकारले हस्तक्षेप नगरी कसरी बन्छ? यस्तो भए निजी क्षेत्रले कसरी काम गर्न सक्छ? यस्तोमा सरकारको सकारात्मक हस्तक्षेप आवश्यक छ। यसपालि पूर्वाधार सम्मेलनमा साझेदार भएर सरकारले सकारात्मक सन्देश दिएको छ।
निजी क्षेत्रलाई अगाडि लैजान कुनै कानुन वा ऐन बाधक बनेका छन् कि छैनन्?
खासै त्यस्तो त छैन। कानुन कार्यान्वयन, परियोजनामा कसैले अवरोध गरे त्यसलाई रोक्ने, छेक्ने गरे त्यहाँ आफ्नो उपस्थिति देखाउने, लगानीकर्तालाई लागत कसरी कम गर्ने जस्ता काममा सरकारको भूमिका पर्याप्त छैन। यसो हुनु भएन।