काठमाडौं—आगामी मसिर चार गतेदेखि आठ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेला आयोजना हुने भएको छ। हस्तकलाको आन्तरिक बजार विस्तार, निर्यात प्रवर्द्धन र सार्क क्षेत्रका मुलुकहरूबीच हस्तकलाको माध्यमबाट संस्कृति आदान–प्रदान गर्ने उद्देश्यले प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्न लागेको आयोजकले बताएको छ।हाल स्वदेशमा खपत र विदेश निर्यात गरी वार्षिक झन्डै २० अर्ब रुपैयाँको हाराहारीमा हस्तकलाका सामग्री उत्पादन हुने गरेको नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यको भनाइ थियो।
मेलामा जिल्ला संघ र वस्तुगत संघका गरी २ सय भन्दा बढी स्टल रहने छन्। त्यस्ता स्टलहरुमध्ये सार्क सांस्कृतिक केन्द्रको सिफारिसमा सदस्य मुलुकहरुलाई ४० वटा स्टल, पाकिस्तान र बङ्गलादेशका व्यापारीहरुका लागि २० वटा स्टल उपलब्ध गराइने भएको छ। त्यसैगरी, ३० वटा फर्म तथा कम्पनीबाट ६३ र सात वटा प्याभिलियनबाट ७० ओटा स्टल राखिने नेपाल हस्तकला महांघले विहिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
महिला उद्यमीको व्यवसाय विकासमा टेवा पुर्यानउने उद्देश्यले अमेरिकी राजदूतावासले २० जना महिला उद्यमीलाई निर्धारित स्टल शुल्कमा ८० प्रतिशत सहुलियत दिएर २० ओटा स्टल उपलब्ध गराउने भएको छ। मेलामा नेपाली उद्यमीले स्थानिय कच्चा पदार्थको प्रयोग र कलालाई प्राथमिकतामा राखेर वस्तुको प्रदर्शनी गर्नुपर्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले सुझाव दिएका छन्।
प्रदर्शनी तथा व्यापार मेलाको आयोजना विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुको सहयोगमा नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय तथा सार्क सांस्कृतिक केन्द्र, श्रीलङ्काले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। प्रदर्शनी तथा मेलालाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, अमेरीकी राजदूतावास, जर्मन अन्तराष्ट्रिय सहयोग नियोग, लघु उद्यम विकास कार्यक्रम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, फेडेक्स, सिभिल बैङ्क, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सहयोग गरेका छन्। मेला अवधिभर नेपाल हस्तकला महासंघले मौलिक कलाको संरक्षण र कलाको उत्थानका लागि भन्दै दशौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी समेत आयोजना गर्ने बताएको छ।
मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान प्राकृतिक रेसा र बाँसका सामग्री प्रर्दशनी तथा बिक्रीका लागि राखिने महासंघले बताएको छ। मेलाको अवसरमा हस्तकला बिधामा सलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले दशौं प्रतियोगितात्मक हस्तकला प्रर्दशनी, फेशन, फेशनसो, गहना सप्ताह, डिजाइन प्रतियोगिता समेत गर्ने बताइएको छ।
हाम्रो कला, हाम्रो गौरब भन्ने नाराका साथ मंसिर चारदेखि आठ सञ्चालन हुने मेलालाई सार्क क्षेत्रकै व्यापारिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ।