काठमाडौं-सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताइरहे पनि नेपालमा गत वर्ष निर्यातको तुलनामा झन्डै चार गुणा बढी कृषि वस्तु आयात भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको ताजा तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/०७१ मा एक खर्ब २७ अर्ब ५० करोड रुपैयाँको कृषि वस्तु आयात भएको छ। सो वर्ष २६ अर्ब ४१ करोड ३० लाख ३० हजार रुपैयाँको कृषि उत्पादन नेपालबाट निर्यात भएको तथ्यांकले देखाएको छ।केन्द्रको तथ्यांकले १० मुख्य कृषि उत्पादन आयात भएको देखाउँछ। चामल, सोयाबिन तेल, मकै, स्याउ, चिनी, तरकारी, आलस तेल, पशुजन्य उत्पादन, नरिवललगायत कृषि वस्तु ठूलो परिमाणमा आयात भएको छ। कृषियोग्य भूमिमा बढ्दो सहरीकरण, खाद्यान्नको उर्वराशक्तिमा आएको ह्रास, स्वदेशी उत्पादनभन्दा भारतीय उत्पादन सस्तो हुनु, बिचौलियाले किसानलाई उचित मूल्य उपलब्ध नगराउनु जस्ता कारणले स्वदेशमा मागअनुरुप खाद्यान्न उत्पादन हुन नसकेको हो। केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले कृषियोग्य जमिन क्रमिक रुपमा नासिँदै गएको र खेती गर्ने जनशक्ति नभएकोले अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्नुपरेको बताए।
उन्न प्रविधि, मल बीउ, सिँचाइ सुविधा पर्याप्त नहुँदा खाद्यान्न उत्पादन वृद्धि हुन नसकेको घिमिरेको भनाइ छ। गत वर्ष १७ अर्ब रुपैयाँको चामल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो। सोयाबिन तेलको आयात अघिल्लो वर्षको १० अर्ब ९० करोडबाट ३५ प्रतिशतले बढेर १४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १४ अर्ब ३३ करोड रुपैयाँको चामल आयात भएकोमा आव २०७०/०७१ मा २० प्रतिशतले बढेर १७ अर्ब २५ करोड पुगेको केन्द्रको तथ्यांकले देखाउँछ।
राज्यले धान, भटमास, तोरीको उत्पादन बढाउन मिसन कार्यक्रम सञ्चालन गरेको छ। त्यसका लागि राज्यकोषबाट अर्बौं रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्ता कार्यक्रम कागजमा मात्र सीमित हुँदा कृषि उत्पादनमाथिको परनिर्भरता बढिरहेको हो। यो वर्ष कृषि क्षेत्रका लागि २३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको लगभग साढे चार प्रतिशत हो।
गत वर्ष स्याउ आयात ५० प्रतिशतले बढेर एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष एक अर्ब २७ करोडको स्याउ आयात भएको थियो।
गत वर्ष एक अर्ब ९१ करोड रुपैयाँको मदिरा आयात भएको छ। अघिल्लो वर्षको तुलनामा यो ८ प्रतिशतले बढी हो। एक अर्ब ९२ करोड ३६ लाख ३७ हजार रुपैयाँको पशुजन्य उत्पादन आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। अधिकांश कृषिजन्य उत्पादन भारतबाट आयात हुने गरेको छ।
नेपालबाट निकासी हुने कृषि वस्तुमा अलैंची सबैभन्दा अगाडि छ। गत वर्ष ४ अर्ब २७ करोड रुपैयाँको अलैंची निर्यात भएको छ। यो अघिल्लो वर्षको भन्दा १६ प्रतिशत बढी हो।