काठमाडौं— सरकारले निर्यातयोग्य उद्योगलाई प्रोत्साहन गर्ने बताए पनि तयारी पोसाकको निर्यातमा ठूलो गिरावट आएको छ। सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल नगर्नु, नियातमा नगद प्रोत्साहन नदिनु तथा बैंक ग्यारेन्टीमा अग्रिम जरिवाना लिने व्यवस्था खारेज नभएकाले निर्यातमा ठूलो कमी आएको तयारी पोसाक संघका महासचिव अशोककुमार अग्रवालले बताए।संघका महासचिव अग्रवालले करिब १० वर्ष अघि १२ अर्ब रुपैयाँको तयारी पोसाक निर्यात भएको बताए । तर, अहिले बार्षिक पाँच अर्बको मात्रै तयारी पोसाक निर्यात भएको उनको भनाइ छ । छिमेकी मुलुकको तुलनामा नेपालको उत्पादन लागत बढि भएकाले निर्यातमा समस्या परेको उद्योगीहरूको भनाइ छ ।
तयारी पोसाकका निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर, १५ प्रतिशत भन्सार बाहेक १५ प्रतिशत थप महशुल कर लिने गरेकाले उत्पादन लागत बढेको व्यवसायीको गुनासो छ । निर्यात मूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमतालाई वृद्धि गर्नुपर्ने मान्यता विपरित सरकारले भन्सार महशुल बाहेक अतिरिक्त महशुल पनि लिने गरेको व्यवसायीहरूको भनाइ छ ।
'उत्पादन लागत घटाउन र निर्यात योग्य उद्योगलाई सहुलियत उपलब्ध गराउनुको साट्टो सबै कर लगाएको छ,' महासचिव अग्रवालले भने, 'सरकारको यस्तो चालाले तयारी पोसाकको निर्यात ठप्प हुने सम्भावना छ।' व्यापारीका अनुसार तयारी पोसाकको निर्यात दिनप्रतिदिन खुम्चिँदै गएको विषयमा सम्वन्धीत निकायलाई जानकारी गराउँदा समेत सरकारको ध्यान जान सकेको छैन।
'हामीले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, बाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा समेत यसको बारेमा जानकारी गराउँदा कुनै सुनुवाइ भएन,' संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अग्रवालले भने, 'यदि निर्यात बन्द भयोभने, हामीलाई भन्दा राज्यलाई धेरै घाटा हुन्छ, ।' संघले अन्तर्राष्ट्रिय ब्यापार मेलाको सहभागितामा जादा लाग्ने सम्पूर्ण खर्च सरकारले बेर्होनुपर्ने, आयात, निर्यातमा विशेष पारबहन सुविधा उपलब्ध गराउनु पर्ने, लचिलो श्रम नीति निर्माण गर्नुपर्ने, निर्बाध विद्युत् आपूर्तिको व्यवस्था हुनुपर्ने लगाएका माग गरेका छन् ।