काठमाडौं-चाडपर्वको बेलामा उपभोक्तालाई सहज र सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन सरकारी संस्थानहरुले सञ्चालनमा ल्याएको सुपथ मूल्य बजारमा दसैंको अवधीसम्म करिब छ करोड बराबरको कारोबार भएको छ।गत असोज १ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य बजारमा सोमबारसम्ममा ५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको हो। यस वर्ष यी पसलमा उपभोक्ताको उल्लेख्य उपस्थिति भएको मन्त्रालयका सहसचिव दिपक सुवेदीले बताए। उनका अनुसार सबैभन्दा धेरै कारोबार साल्ट ट्रेडिङ कर्पोरेसनले गरेको छ। चार संस्थानहरुले सञ्चालनमा ल्याएको सुपथ मूल्य बजारमा राजधानीमा मात्रै कर्पोरेसनले तीन करोड बराबरको कारोबार गरेको हो। काठमाडौं उपत्यकामा सञ्चालन भएका आठ वटा सुपथ मूल्य बजारबाट साढे दुई सातामा तीन करोडको सामान बिक्री भएको साल्ट ट्रेडिङका विभागीय प्रमुख तथा मेला संयोजक सरोजनिधी तिवारीले बताए। ‘करिब दुई करोड मूल्य बराबरको नून र चिनी मात्र बिक्री भएको छ्क' उनले भने। बाँकी दाल, गेडागुडी, मैदालगायतका सामग्री बिक्री भएको तिवारीले बताए। त्यस अवधिमा साढे पाँच लाख किलो चिनी र तीन लाख ५० हजार किलो नून बिक्री भएको कर्पोरेसनको तथ्यांक छ।
गत वर्ष सुपथ मूल्य बजार सञ्चालन गर्दा साल्ट ट्रेडिङ कर्पोरेसनले ६३ दिनमा साढे दस लाख किलोग्राम चिनी र साढे पाँच लाख नून बिक्री गरेको थियो। यो वर्ष कार्तिक १५ सम्मको अवधीमा सुपथ मूल्य बजारबाट साढे सात लाख किलो चिनी र साढे तीन लाख किलो नून विक्रि गर्ने लक्ष्य राखिएको तिवारीले बताए। कर्पोरेसनले नूनको बिक्री लक्ष्य भने पहिले नै पुरा गरिसकेको छ।
नेसनल ट्रेडिङ लिमिटेडले यो वर्ष सुपथ मूल्य बजारबाट ९० लाख बराबरको कारोबार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब आधा कम भएको लिमिटेडका बिक्री प्रबन्धक तथा मेला संयोजक गीता निरौलाले बताइन्। ‘गत वर्ष दैनिक ४/५ लाखको कारोबार हुन्थ्यो। अहिले भने दैनिक २/३ लाखको मात्र हुने गरेको छ,' उनले भनिन्। मौसमका कारणले पनि सामानको कारोबार कम भएको निरौलाले बताइन्। यो वर्ष नेसनल ट्रेडिङले सिंहदरबार र टेकुका सुपथ मूल्य पसलहरुबाट मात्र सामानहरुको बिक्री गरेको छ। नेसनल ट्रेडिङ लिमिटेडले ७० प्रतिशत सम्म छुट उपलब्ध गराएको छ। जेनेरेटरमा २०, वाटर पम्पमा ४५, इलेक्ट्रिक मोटरमा ४०, अन्य उपभोग्य समाग्रीमा ६० प्रतिशत सम्म छुट उपलब्ध गराएको उनले बताइन्। ‘विगतका वर्षमा अन्य कम्पनीको उत्पादन नराखेपनि यसवर्ष देखि सामसङ, हिमस्टार, सिजीका विद्युतीय तथा घरायसी सामाग्री बिक्रीका लागि राखेका छौं,' उनले भनिन्। नेसनल ट्रेडिङले समासङको उत्पादनमा २२ प्रतिशत र सिजीको उत्पादनमा १० प्रतिशतसम्म छुट दिएको उनले जानकारी दिए। साल्ट ट्रेडिङ लिमिटेड पनि सुपथ पसलबाट चिनीको लागत मूल्यमा किलोको ५ रुपैया“, नुनमा २ रुपैया“ छुटका साथ बिक्री गरेको छ।
नेपाल खाद्य संस्थानले भने यो वर्ष १ करोड ७५ लाख बराबरको खाद्यान्न बिक्री गरेको छ। विभिन्न ब्राण्डका चामलमा प्रति किलो दुई रुपैयाँ छुटका साथ बिक्री गरिएको संस्थानले जनाएको छ। रामशाहपथको सुपथ मूल्य पसलमा मात्र आफ्ना उत्पादनहरुको बिक्री गरिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले भने एघार लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। घिउ, पनीर, चीजलगायत दूधजन्य पदार्थहरुमा उपभोक्ताहरुको आकर्षण रहेको डिडिसीले जनाएको छ।
चाडपर्वको बेलामा सञ्चालनमा ल्याइएका यस्ता सुपथ मूल्य पसलले उपभोक्तालाई राहत दिएको वाणिज्य तथा सुवेदीले बताए। ‘यस्ता पसलहरुमा उपभोक्ताको उल्लेख्य भीड देखिएको छ' उनले भने। बजारमा भन्दा केही भएपनि कम मूल्यमा सामान पाइने र कालोबजारी, बिचौलियाको डर नहुने भएकाले पनि सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको सुवेदीले दाबी गरे।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङले उपत्यकामा ८, खाद्य संस्थान र नेसनल ट्रडिङले २ ठाउँमा पसल सञ्चालन गरेका छन्। अघिल्लो वर्ष उपत्यकामा ८ वटा पसल सञ्चालन गरिएको थियो। यी सार्वजनिक संस्थानले मोबाइल भ्यान प्रयोग गरेर मोबाइल भ्यानको समेत प्रयोग गरी खाद्यवस्तु बिक्री वितरण गर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै जिल्लामा पनि खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल टे्रडिङ भएको स्थानमा ‘आउटलेट' खोलेर सामान उपलब्ध गराएकोे सुवेदीले जानकारी दिए।
सुपथ मूल्य पसलबाट नेपाल खाद्य संस्थानले विभिन्न प्रकारका चामल दालमा दुई देखि ५ प्रतिशतसम्म छुट उपलब्ध गराएको छ। चाडपर्वको बेलमा खाद्यान्नको कृत्रिम अभाव हुन नदिन संस्थानसँग प्रशस्त खाद्यान्नको सामाग्री रहेको प्रवक्ता नवराज उपाध्यायले बताए। संस्थानसँग १०० क्वीन्टल सिमी र १२ हजार क्वीन्टल चामल स्टकमा रहेकेा उनले जानकारी दिए।
दुग्ध विकास संस्थान (डिडिसी) ले बिक्री गर्दै आएको घ्यूमा पनि १० रुपैयाँ छुटमा बिक्री गरेको छ। रामशाहपथ अरु फ्रेन्चाइज पसलमा डिडिसीले प्रति लिटर ७ सय ४० रुपैयाँ घ्यू बिक्री गरेको संस्थानका बजार प्रमुख माधव ओझाले बताए।
सुपथ मूल्य पसलमा गेडागुडी, तरकारी, फलफूल चिउरालगायत आवश्यक खाद्यान्न वस्तुमा सार्वजनिक संस्थानले मुनाफा घटाएर बिक्री वितरण गर्न निर्देशन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्योगी/व्यवसायीलाई खाद्यान्न्ा वस्तुको मूल्य सकेजति घटाएर बिक्री गर्न सार्वजनिक अनुरोध गरेको छ। मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, नेसनल र खाद्य संस्थानले चामल, नुन र चिनीमा दिइएको छुट रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने छ। तर सार्वजनिक संस्थानहरुले भने गत वर्षको क्षतिपूर्ति पनि हालसम्म नपाएको बताएका छन्। सार्वजनिक संस्थानले गत वर्ष १२ करोडको कारोबार गरेका थिए। यस्तो बजार छठ पर्वसम्म चल्ने मन्त्रालयले जानकारी दिएको छ।