सुनको व्यापार ५० प्रतिशतले घट्यो
२१ असोज २०७१
•
८ मिनेट पाठ
सुनको व्यापार ५० प्रतिशतले घट्यो
काठमाडौं-सुनचाँदी व्यवसायीका लागि यो वर्षको दसैं निराशजनक रह्यो। गत वर्षको तुलनामा यो दसैंमा सुनचाँदीको व्यापार ५० प्रतिशतले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुनको अनियन्त्रित मूल्य, सुनचाँदीमा लगानीकर्ताको विश्वास हट्नु र उपभोक्ता सुन खरिद गर्न हिचकिचाउनुजस्ता कारणले सुनको व्यापारमा गिरावट आएको महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताए।

तीजको समयमा सुनचाँदीको केही मात्रामा अर्डर आउन थालेपछि दसैंको समयमा व्यापार बढ्ने व्यवसायीले आशा राखेका थिए। 'तर ५ वर्ष यताकै सबैभन्दा कम व्यापार यस वर्ष भयो' शाक्यले भने 'यस वर्ष देशभरका व्यवसायीबाट २५ प्रतिशतमात्र व्यापार हुन सक्यो।' सुनमा लगानी गर्न सक्ने वातावरण नभएकाले अहिले सुनको व्यापार ओरालो लागिरहेको उनले बताए। 'विगत १४ महिना अघि सुन सबै भन्दा महँगो प्रतितोला ६३ हजार पुगेको थियो। व्यवसायीले त्यो बेलामा पनि सुन किनेर गहना अर्डर लिएका थिए तर भाउ पछि ओर्लेर ४८ हजार पुग्दा पनि सुन बिकेन,' उनले भने। विगत केही महिनादेखि मूल्यमा उतारचढाव भइरहेपनि व्यापार भने सुख्खा रहेको उनले बताए।

गत साउन २९ गते भने सुन वैशाख यताकै सबै भन्दा महँगो भएको थियो। नेपाली बजारमा छापावाल सुन प्रति तोला ५४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत वैशाख २ गते सुनको मूल्य ५४ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो। दसैं नजिकिँदै गर्दा छापावाल सुनको मूल्य प्रतितोला ५२ हजार देखि ५१ हजार ६ सय बिचमा रहेपनि सुनको व्यापार नभएको व्यवसायी बताउँछन्।

असारको तेस्रो सातादेखि ५३ हजार रुपैयाँको आसपासमा सुनको मूल्य रहेपनि असोजको शुरुवातदेखि नै मूल्यमा गिरावट आउन थालेको हो। ' असोजदेखि नै सुनको मूल्य घट्न थालेको हो ' शाक्यले भने। विश्व बजारमै सुनको माग र व्यापार घटेको भएपनि मूल्यमा उतारचढाव हुने क्रम जारी रहेको उनले बताए।

गत वर्ष फागुनमा तोलाको ५६ हजार ६ सय रुपैयाँसम्म पुगेको बहुमुल्य पहेलो धातु सुनको मूल्य त्यसपछि विस्तारै ओरालो लाग्न थालेको थियो। साउनमा औसतमा प्रति तोला ५३ हजार पाँच सय रुपैयाँमा बिक्री भएको सुनको मूल्य साउनको अन्तिमा साता उच्च विन्दुमा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजार र डलरको विनिमय दरले सुनको मूल्यमा फरक पर्ने हुँदा विगतको तुलनामा पछिल्लो वर्ष सुनमा लगानी गर्नेहरुको संख्या घटेको शाक्यले बताए। 'चाडपर्वको मौसम सुरु हुन लागेकोले व्यापार बढ्ने आशा थियो तर व्यवसायीको हातमा निराशामात्र पर्योे,' उनले भने। 'मान्छेहरु अहिले अत्यावश्यक अवस्थामा बाहेक सुन किन्न चाहदैंनन्,' उनले भने। सुनको भाउ घटेपछि अझ घट्छ अनि खरिद गरौंला भन्ने आशामा उपभोक्ताहरु रहने गरेको उनले सुनाए। सेयर बजार मजबुत हुँदै गएकाले मान्छेहरुले सुन खरिद गर्न छोडेर सेयर बजारमा लगानी गर्न थालेकाले समेत प्रभाव परेको उनको भनाई छ।

व्यापारीहरुलाई सुनमा मिसावट लगायतका आरोप लगाइएकोले पनि सुनको व्यापार घटेको महासंघको अनुभव छ। 'हामीलाई बारम्बार बजारमा हुने गरेका अनियमितताको बारेमा आरोप लगाइएको छ, ग्राहकहरु अचेल त्यो कारणले पनि गहना पसलमा जानलाई हच्किएका थिए,' उनले भने। सरकारले सुनको अनुगमन गर्ने निर्देशिका ल्याउन नसकेकाले पनि उपभोक्ता आश्वस्त हुन नसकेको व्यवसायीहरुले बताए।

सुन व्यापारीहरुले व्यापार नभएपछि वाणिज्य बैंकहरुबाट सुन खरीद गर्न पनि कम भएको शाक्यको अनुभव छ। बजारमा गहनाको माग कम भएको र तस्करी भएको सुन छ्यापछ्याप्ती पाइएकाले पनि व्यापारीहरुले वाणिज्य बैंकहरुबाट सुनको खरीद गर्न कम गरेका थिए। यससँगै केन्द्रीय बैंकले वाणिज्य बैंकहरुले सुन बेच्ने कोटालाई २० किलोबाट १५ किलोमा झारेको थियो। बजार मागअनुसार व्यापारीहरुले वाणिज्य बैंकबाट सुन संकलन गरिरहेको शाक्यको दाबी छ। 'केही महिनादेखि व्यापारीहरुले सुनको व्यापार कम भएकाले बैंकबाट सुन किनेका थिएनन्' उनले भने। वाणिज्य बैंकहरुले तोक्ने सुनचाँदीको दरमा एकरुपता नहुनु र ग्राहकहरुले गहनाको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकाले पनि बैंकबाट सुन किन्न कम भएको उनले बताए।

बैंकरहरुले पहेलो धातु सुनको बढ्दो गैरकानूनी व्यापारले गर्दा सुनको माग घटेको दाबी गरेका छन्। 'गैरकानूनी रुपमा भित्रयाइएको सुन तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले व्यापारीहरुले कानूनी रुपमा ल्याइएको सुनभन्दा यस्तो सुन किन्न खोज्छन् ' शाक्यले भने।

आयात गरिएको मूल्यमा व्यापारीहरुले शुन्य दशमलब पाँच प्रतिशत मात्र नाफा राख्न पाउने भनी नेपाल राष्ट्र बैंकले व्यवस्था गरेपनि वाणिज्य बैंकहरुले एक प्रतिशतको उच्च दरमा नाफा राख्ने गरेका शाक्यको दाबी छ। 'वाणिज्य बैंकहरुले बिक्री गर्ने सुनको मूल्य तुलनात्मक रुपमा महँगो पर्ने भएकाले केही व्यापारीहरुले अवैध रुपमा आयात गरिएको सुन किन्ने गरेका छन्,' उनले भने। व्यापारीहरुले वाणिज्य बैंकबाट किनिएको सुनमा प्रति दश ग्राम कम्तीमा दुई सय पचास रुपैयाँ नाफा राख्न पाउनुपर्ने माग समेत गरेका छन्।
अर्को समाचार
सुन बिक्री ७५ प्रतिशत घट्यो
२२ पौष २०७६
•
४ मिनेट पाठ
सुन बिक्री ७५ प्रतिशत घट्यो
काठमाडौं – सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा यसको खपत स्वाट्टै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ। दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले१० किलो पनि बिक्न नसकेको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए।




लगातार मूल्य वृद्धि भएसँगै सुनकिन्नेभन्दा गहना बेच्ने बढेका छन्। राजधानीका चलेका सुन पसलमा नयाँ गहना किन्नेको संख्या अत्यन्त न्यून छ। सुनको भाउ घटेको बेला गहना बनाएका सर्वसाधारणले मूल्य बढेको भन्दै बेच्न थालेका छन्।

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार युद्धका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो। ‘अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनावका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो,’ अध्यक्ष सुनारले भने,‘महाशक्ति राष्ट्रबीचको बढ्दो तनावका कारण विश्वभरबाटै सुनमा लगानी हुन थालेको छ, व्यापार द्वन्द्वले सुनप्रति आकर्षण बढ्यो।’

साना तथा ठूला लगानीकर्ताले सुनमा गरिएको लगानीलाई सुरक्षित मान्न थालेको उनको भनाइ छ। चीन र अमेरिकाबीच हुने भनिएको वाणिज्य वार्ता निष्कर्षमा पुग्न नसक्दा पनि सुनको मूल्य वृद्धिमा सघाउ पुगेको अध्यक्ष सुनारले बताए। इकोनोमिक्स टाइम्सका अनुसार पछिल्लो सात वर्षमा सुनको मूल्य इतिहासकै उच्च दरले बढेको छ। मध्यपूवको तनावले सुरक्षित लगानी ठानिएको सुनमा अत्यधिक आकर्षण बढेको छ।

विश्वबजारमा सोमबार सुनको मूल्य प्रतिऔंस एक हजार पाँच सय ७३.५० अमेरिकी डलर पुगेको छ। भारतीय बजारमा छापावाल सुनको मूल्य प्रति १० ग्राम ४० हजार १० भारु र तेजाबी सुन प्रति १० ग्राम ३८ हजार एक सय भारु तोकिएको छ।

नेपाली बजारमा पनि सोमबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ। महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार निर्धारण गरेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार सात सय कायम गरेको छ। चाँदीको भाउ पनि बढेको छ। आइतबार प्रतितोला नौ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार २० रुपैयाँले बढेको छ।

साताको पहिलो दिन आइतबार प्रतितोला एक हजारले वृद्धिभई छापावाल सुन ७५ हजार पाँच सयमा किनबेच भएको थियो। तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ। पुस महिनामा मात्रै स्थानीय बजारमा सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँले महँगिएको छ। पुस १ गते छापावाल सुन प्रतितोला७१ हजार पाँच सयमा र तेजाबी सुन प्रतितोला ७१ हजार दुई सयमा कारोबार भएको थियो। पुस १ गते प्रतितोला आठ सय ५० मा कारोबार भएको चाँदीको भाउ सोमबार हुँदा ७० रुपैयाँले बढेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस