काठमाडौं-अर्ग्यानिक तरकारीको नाममा उपभोक्तालाई ठग्ने गरेको पाइएपछि सरकारले त्यससम्बन्धी मापदण्ड बनाउने भएको छ। राजधानीका विभिन्न स्थानमा खोलिएको 'अर्ग्यानिक पसल'ले मनोमानी मूल्य राखेर कृषि उपज बिक्री गरेको पाइएपछि सरकारले त्यससम्बन्धी मापदण्ड बनाउन थालेको हो।'अर्ग्यानिक हो की होइन उपभोक्तालाई थाहा हुँदैन, व्यापारीले सबै तरकारीलाई अर्ग्यानिक भनेर बिक्री गर्छन्,' कृषि विकास मन्त्रालय प्रवक्ता उदयचन्द्र ठाकुरले भने, 'स्पष्ट मापदण्ड नहुँदा उपभोक्ता मूल्य तथा गुणस्तरमा ठगिँदै आएका छन्।'
अहिले विश्वासको भरमा मात्र अर्ग्यानिक तरकारी किनबेच भइरहेको छ। मन्त्रालयका प्रवक्ता ठाकुरले मापदण्ड तयार गर्न सरकारले सरोकारवाला निकायस"ग छलफल सुरु गरेको जानकारी दिए। डिपार्टमेन्ट स्टोरदेखि स–साना पसलमा समेत 'अर्ग्यानिक' भनेर तरकारी राखिएको हुन्छ। यस्ता तरकारीको मूल्य प्रतिकिलोमा ३० देखि ७० रुपैयाँसम्म मह"गो पर्छ। 'स्वच्छ र प्रमाणित प्रागांरिक' तरकारी विषादी र रासायनिक मल रहित उत्पादन हो। अहिले यसका लागि आवश्यक मापदण्ड छैन। त्यसैले अर्ग्यानिक भनेर बिक्रीमा राखिएको तरकारी साँच्चिकै अर्ग्यानिक हो या होइन भन्ने उपभोक्तालाई थाहा हुने अवस्था छैन। सरकारी कर्मचारीले समेत व्यवसायीको 'विश्वासको' को आधारमा यस्तो बजार चल्दै आएको प्रतिक्रिया दिए।
'अर्ग्यानिक उत्पादनलाई व्यवस्थित गर्न मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरेको छ,' उनले भने, 'चिया, कफी, अदुवाबाहेक अन्य तरकारीको आधिकारिक रूपमा अर्ग्यानिक भनेर प्रमाणीकरण गरिएको छैन।'
अर्ग्यानिक अभियन्ता रविकृष्ण जोशी कृषि विकास मन्त्रालयले प्रांगारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्डसम्बन्धी निर्देशिका ल्याए पनि छुट्टै मापदण्ड नल्याएका कारण समस्या आएको बताउ"छन्। 'अर्ग्यानिक भनेर बजारमा बिक्री हुने सबै तरकारीलाई अर्ग्यानिक भन्न मिल्ने अवस्था छैन,' उनले भने।
बजारमा अहिले अर्ग्यानिकको नाममा तरकारी, दूधदेखि मह, मसला, फलफूल, चामल, दाल, कुखुरासम्म बिक्री भइरहेको छ। नेपाली उपभोक्तास"गस"गै विदेशी पाहुना तथा विभिन्न कूटनीतिक नियोगका उच्च अधिकारीले आफ्नो स्वास्थ्यको ख्याल गरेर बढी मूल्य तिर्न तयार भएपछि यो व्यवसाय फस्टाउ"दै गएको छ।
मापदण्ड नभएकोले आवश्यक परीक्षण, अनुगमन तथा प्रमाणीकरण नहु"दा व्यवसायीको विश्वासकै भरमा बजारमा यस्तो तरकारी बिक्री भइरहेको छ।
'हामीले कसैलाई पनि हालसम्म अर्ग्यानिक उत्पादन भनेर प्रमाणपत्र दिएका छैनौं", जिल्ला कृषि विकास कार्यालय काठमाडौंका प्रमुख शरदचन्द्र श्रेष्ठले भने, 'नेपालमा बल्ल अर्ग्यानिक अभियानको जग बन्ने काम सुरु भएकाले यसलाई नकारात्मक रूपमा हेर्नु हुँदैन।' बजारमा अर्ग्यानिकको नाममा बिक्री भइरहेका तरकारी अर्ग्यानिक भएको दाबी गरिएको आधारमा बिक्री हुँदै आएको उनको ठहर छ।
उपभोक्तावादी ज्योति बानियाँ उपभोक्ताप्रति सरकार साँच्चै नै इमानदार छ भने पहिले अर्ग्यानिक उत्पादनसम्बन्धी मापदण्ड ल्याउनुपर्ने बताउँछन्। राजधानीका महाराजगन्ज, गैरीधारा, नयाँबानेश्वरको मिलन चोक, धापासी, कपन, बौद्ध, सामाखुसीलगायत दर्जनौं स्थानमा अर्ग्यानिक पसल सञ्चालनमा छन्।
दरबारमार्गमा हालै सञ्चालनमा आएको अर्ग्यानिक एग्रो बजारका प्रवक्ता दिलबहादुर अधिकारीले मापदण्ड र प्रमाणीकरण गर्ने निकायको विकास नहु"दासम्म बजारमा उपभोक्ता आफैं सचेत हुनुपर्ने बताए। सरकारी पÔबाट प्रमाणीकरण गर्ने काम सुरु नभए पनि निजी क्षेत्रले भने यो कामको सुरु गरिसकेको छ। अर्ग्यानिक सर्टिफिकेसन नेपालका प्रबन्ध निर्देशक गोविन्द शर्माले अर्ग्यानिक भनेर बजारमा बिक्री भइरहेका करिब ९० प्रतिशत तरकारी अर्ग्यानिक नभएको जानकारी दिए। उनले राज्यले गरेको नियमनको आधारमा प्रमाणीकरण निकायबाट प्रमाणित भएपछि मात्र अर्ग्यानिक भन्न मिल्ने बताए। उनले भने, 'अर्ग्यानिक पसलबाट बिक्री भइरहेका सबै प्रकारका तरकारीलाई अर्ग्यानिक भन्न मिल्दैन।' उनका अनुसार अहिलेसम्म जुम्ला, कास्की, पाल्पा, काभ्रेलगायत करिब दुई हजार सात सय किसानले अर्ग्यानिक उत्पादन गर्छु भनेर प्रमाणीकरणको प्रमाणपत्र लिएका छन्।
किसानले उत्पादन गर्नुभन्दा ३० दिनअघि आवश्यक प्रक्रिया पूरा गरेर आफ्नो जग्गाको प्रमाणीकरण गरिदिन निवेदन दिन्छन्। निवेदनको आधारमा जग्गाको अवस्था र अन्य आवश्यक परीक्षण गरेर प्रमाणीकरण गरिन्छ। यस्तो जग्गाबाट उत्पादित जुनसुकै कृषि उपज अर्ग्यानिक हो भनेर एउटा लोगोसहितको स्टिकर उपलब्ध गराइन्छ। अर्ग्यानिक कृषि उपजको प्याकेटमा यस्तो स्टिकर टाँसिएको हुन्छ। तर, नेपालमा अहिलेसम्म यो व्यवस्था लागू भएको छैन।
अर्ग्यानिक तरकारी उत्पादन प्रक्रिया
रासायनिक मल र विषादी प्रयोग नगरेको कम्तीमा पनि तीन वर्षभएको जग्गामा विषादी नभएको बीउ प्रयोग भएको, रासायनिक र अर्ग्यानिक जमिनबीचको दूरी कम्तीमा चार मिटर भएको, विषादी र रासायनिक मल प्रयोग नभएको हुनुपर्छ। यसैगरी रासायनिक फर्ममा प्रयोग भएको विषादीयुक्त उपकरण अर्ग्यानिक फर्ममा प्रयोग नभएको, कम्तीमा ९० दिन कुहेको जैविक मल प्रयोग भएको, एउटै किसानले समानान्तर रूपमा अर्ग्यानिक, विÈादी तथा रासायनिक मल प्रयोग गरेर उत्पादन नगरेको, ढल र खोलाको पानी प्रयोग नभएको हुनुपर्छ। यी प्रक्रिया पूरा गरी उत्पादनकर्ता किसानले आफ्नो कृषि उपजको सम्पूर्ण तथ्यांक राखेर उत्पादनको पुनः परीक्षण गराएपश्चात् बजारमा आएको तरकारीलाई मात्र अर्ग्यानिक भन्न मिल्छ।