काठमाडौं-दसैंका महाअष्ठमी, नवमी र टीकाको दिन नजिँकिदै गर्दा राजधानी सुनसान हुँदै जान्छ। सानादेखि ठूला पसल तथा व्यापारिक प्रतिष्ठान सबैजसो बन्द हुन्छन्। तर, राजधानीका केही रेस्टुरेन्टले दसैंको सुनसान समयमा पनि खुलै रहेर परिवार र साथीभाइसँग जमघट गर्ने थलो बनाइदिने गरेका छन्।
दसैंको बेला काठमाडौंका कुनै रेस्टुरेन्टमा गएर खाउँ र साथीसंगी जमघट गरौं भने पनि दुईपटक सोच्नुपर्छ। कारण, काठमाडौंबाट बाहिरिने मानिसको संख्या र सबै चिज बन्द हुनाले ग्राहकले रेस्टुरेन्टमा गएर खाने सोच पनि राख्दैनन् ।
काठमाडौंका अधिकांश फास्टफुड क्याफे र रेस्टुरेन्ट त फूलपातीदेखि दसैंको दोस्रो दिनसम्मै बन्द रहन्छन्। रेस्टुरेन्ट व्यवसायी संघका अनुसार पनि दसैंको बेला काठमाडौंका साना भोजनालयबाहेक अन्य फास्टफुड क्याफे तथा रेस्टुरेन्ट ७० प्रतिशत बन्द हुने गरेका छन्। काठमाडौंबाट ६० प्रतिशत मान्छे बाहिरिने र त्यसमा पनि रेस्टुरेन्टमा कार्यरत अधिकांशको घर काठमाडौंबाहिर हुने भएकाले पनि बन्द हुने गरेको रेस्टुरेन्ट व्यवसायी संघ (रेबान) अध्यक्ष प्रमोद जैसवाल बताउँछन्। उनका अनुसार बानेश्वरका ९० प्रतिशत, दरबारमार्गका ५० प्रतिशत रेस्टुरेन्ट दसैंमा बन्दै हुन्छन्। पाँचतारे होटल र ठमेल क्षेत्रका अधिकांश रेस्टुरेन्ट भने खुलै रहने उनले बताए। 'दसैंको बेला सबैजनालाई घर जाने चटारो हुने र यहीँ दसैं मान्नेहरु पनि परिवारसँग घरमै परिकार बनाएर बिदा मनाउने भएकाले दसैंको बेला लोकल फास्टफु रेस्टुरेन्ट बन्दै हुन्छ,' उनले भने।
दसैंको समयमा काठमाडौं सुनसान भए पनि ठमेलका ७० प्रतिशत रेस्टुरेन्ट खुलै रहन्छन्। रोड हाउस क्याफे, केएफसी, थर्ड आइ, इङयाङ, आँगन, गुलाबलगायत अधिकांश रेस्टुरेन्टले दसैंमा पनि बन्द नहुने जानकारी दिएका छन्। दसैंको बेला अधिकांश रेस्टुरेन्टले नेपालीलाई नभई पर्यटकलाई लक्ष्य गर्ने हुनाले पनि ठमेलका दुई तिहाई र दरबारमार्गका आधाजसो खुलै रहने गरेको रेबान अध्यक्ष तथा मेला रेस्टुरेन्टका सञ्चालक जैसवाल बताउँछन्। 'यो भनेको पर्यटकको उल्लेख्य आगमन हुने समय हो। त्यसैले पनि ठमेलका थोरैमात्र रेस्टुरेन्ट बन्द हुन्छन्,' उनले भने।
पर्यटकलाई मात्र लक्ष्य गर्ने भएकाले पनि ठमेलका रेस्टुरेन्टमा सधैं चहलपहल हुने गरेको व्यवसायी बताउँछन्। दसैं काठमाडौंमा मनाउनेहरु पनि घरमा बसेर परिवारसँग समय बिताउन चाहने र रेस्टुरेन्ट तथा फास्टफुडमा कार्यरत अधिकांश कर्मचारी घरघर जाने भएकाले काठमाडौंस्थित करिब दुई हजार रेस्टुरेन्टमा ४० ओटामात्र खुला रहने जैसवालले जानकारी दिए। 'ठमेलका रेस्टुरेन्टमा अझै पनि स्थानीय ग्राहकको चाप बढ्न सकेको छैन, त्यहाँका ग्राहक भनेकै विदेशी पर्यटक हुन्,' उनले भने।
नेपालमा केही वर्षअघिदेखि सञ्चालनमा आएको केएफसी रेस्टुरेन्ट दसैंको बेला पनि बन्द हुँदैन। काठमाडौंमै दसैं मनाउने अधिकांश चिकेन पारखी जमघट हुने र ग्राहकको उस्तै भीड हुने दरबारमार्गस्थित केएफसी रेस्टुरेन्टका नविन सुनुवारले बताए। 'दसैंका समयमा पनि यहीँ मनाउने ग्राहकको भीड उस्तै नै हुन्छ,' उनले भने। अन्य रेस्टुरेन्ट बन्द हुने भएकाले पनि ग्राहकसँग धेरै छनोट नहुने भएकाले व्यापार नघट्ने उनको अनुभव छ। केएफसीमा कार्यरत कर्मचारीको सिफ्टअनुसार काम मिलाइने भएकाले समस्या पनि नहुने उनले बताए।
त्यस्तै ठमेल, झम्सिखेल र भाटभटेनीमा सञ्चालन भइरहेको द रोड हाउस क्याफे पनि दसैंको बेला खुलै रहने गरेको छ। टीकाको दिनमात्र दुई बजे खुल्ने रेस्टुरेन्टले जानकारी दिएको छ। विशेषगरी फायरउड पिज्जा, कन्टिनेन्टल, इटालियन खानाका लागि प्रसिद्ध यो रेस्टुरेन्टले पनि दसैंका बेला नेपालीभन्दा विदेशी ग्राहकलाई नै लक्ष्य गर्ने गरेको छ। हरेक वर्ष दसैंको समय पारेर रेस्टुरेन्टले मेनुको मूल्य पनि परिकार अनुसार ५० प्रतिशतसम्म बढाउने जानकारी दिएको छ।
त्यस्तै ठमेलस्थित थर्ड आइ र इङ याङ रेस्टुरेन्ट पनि दसैंका बेला खुलै रहेर स्वादका पारखीलाई सेवा दिने गरेका छन्। यी रेस्टुरेन्टका सञ्चालक तथा रेबानका पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठका अनुसार दसैं नजिकिँदै गर्दा भने रेस्टुरेन्टको व्यापार झन्डै ६० प्रतिशतले बढ्ने गरेको छ। 'तर दसैंको तीन–चार दिनमा भने ग्राहकको आगमन त्यति हुँदैन,' उनले भने। अहिले पर्यटक आउने सिजन भएकाले पनि पर्यटकलाई लक्ष्य गरिएका ठमेल तथा दरबारमार्गका रेस्टुरेन्टहरु बन्द नहुने श्रेष्ठले बताए। राजधानीका ६० प्रतिशत बासिन्दा दसैंको बेला बाहिर जाने भएकाले फास्टफुड रेस्टुरेन्टहरुमा व्यापार नहुने उनले बताए। उनका अनुसार थर्ड आइ र इङयाङमा भने दसैंका लागि धेरै माग हुने परिकारमात्र मेनुमा समेटिने गरिएको छ।
सुनसान काठमाडौंमा केही वर्षअघि दसैंको बेला पनि सञ्चालन हुने द बेकरी क्याफे, एलिनास बेकरी क्याफे पनि विगत तीन वर्षदेखि बन्द हुन थालेका छन्। राजधानीमा नाम चलेका बाजेको सेकुवा, रातो भाले, मेला जस्ता रेस्टुरेन्ट पनि बन्द हुने गरेको सम्बन्धित व्यवसायीले बताए। द बेकरी क्याफेका सञ्चालक श्यामसुन्दरलाल कक्षपतिका अनुसार चेन रेस्टुरेन्ट धेरै र कर्मचारीको बिदा तालिका मिलाउन गाह्रो भएकाले केही वर्षदेखि रेस्टुरेन्ट बन्द गर्ने गरिएको छ। 'व्यापार पनि खास नहुने भएकाले बन्दै गरिन्छ,' उनले भने। दसैंका बेला ट्राफिकले मापसे जाँच पनि कडाइका साथ लागू गर्ने भएकाले व्यापारमा केही प्रतिशत कमी आउने व्यवसायी बताउँछन्। रेबानका अध्यक्ष जैसवालका अनुसार विगतको तुलनामा व्यापारमा २० प्रतिशतले कमी आएको छ। तर मापसेमात्र कारण नभएको उनले बताए।