काठमाडौं- दसैंमा कम्पनीहरुले अफर ल्याएपछि काठमाडौंमा मात्रै दैनिक ३० हजार मोबाइल बिक्री हुन थालेको छ। दसैं सुरु हुनुअघि नै बजारमा मोबाइलको व्यापार तीन गुणाले बढ्न थालेको नेपाल मोबाइल व्यवसायी संघका पूर्व अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए। उनका अनुसार अरु बेला दैनिक १० हजार मोबाइल बिक्री हुने गरेकोमा अहिले ३० हजारको संख्यामा मोबाइल बिक्री हुने गरेको छ। नेपालमा वार्षिक करिब १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको नेपाल मोबाइल व्यवसायी संघको तथ्यांक छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २ करोड २० लाखभन्दा बढि मोबाइलका सीम जारी भएका छन्। यो कुल जनसङख्याको ८३.२३ प्रतिशत हो। त्यसमध्ये पनि मोबाइल, स्मार्ट फोन, ट्याबलेट पिसीका प्रयोगकर्तामा युवापुस्ता अगाडि देखिएका छन्। बस्नेतका अनुसार पछिल्लो समयमा ट्याबलेट पिसी उपभोक्ताले बढी रुचाएका छन्। ल्यापटप र फोन दुवैको काम एउटैले गर्ने भएकाले पनि युवामाझ यो लोकप्रिय भएको उनले बताए। पछिल्लो समयमा एन्ड्रोइड अपरेटिङ सिस्टम रहेका स्मार्टफोनमा ग्राहकको आकर्षण बढेको बस्नेत बताउँछन्। पुराना सेटलाई नयाँ सेटले विस्थापित पनि गरिरहेको उनको अनुभव छ।
नेपालमा मोबाइल बिक्री गर्दै आएका विभिन्न कम्पनीले पनि दसैं तिहारलाई लक्ष्य गर्दै छुट तथा उपहार योजना समेत सार्वजनिक गरेका छन्। दसैं आउनु केही महिना अघि नै सामसङ, माइक्रोम्याक्स, सिटीभी, भर्जिनलगायतका मोबाइल कम्पनीले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्। मोबाइल व्यापार उल्लेख्य बढ्ने समय भएकाले पनि पर्वका बेला कम्पनीले छुट योजना ल्याउने व्यवसायी बताउँछन्।
नेपालमा सबैभन्दा ठूलो बजार हिस्सा रहेको सामसङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सभिर्सेज (आइएमएस) ले ग्राहकका लागि दसैं, तिहार र छठसम्मका लागि 'सोलिड क्यास ब्याक' उपहार योजना लागु गरेको छ। ग्राहकले बिना झन्झट नगद फिर्ता पाउने गरी यो योजना लागु गरिएको कम्पनीले जनाएको छ। क्यास ब्याक योजनाअन्तर्गत ग्राहकले सामसङको कुनैपनि मोबाइल वा ट्याबलेटको खरिदमा अधिकतम १६ हजार रुपैयाँसम्म तुरुन्तै फिर्ता पाउनेछन। ग्राहकलाई चाडपर्वको बेला स्क्र्याच कुपन, लक्की ड्र लगायत अन्य झन्झट नदिइ खरिदसँगै तुरुन्तै खुसीको उपहार दिन यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ। कम्पनीका अुनसार यो योजना भदौ २३ देखि कार्तिक १४ गतेसम्म चल्ने छ।
सिटिभी मोबाईलले दसैंतिहारको अवसरमा सुनको सिक्कासहित हात खाली नजाने उपहार योजना ल्याएको छ। दसैंतिहार उपहार—सदाबहार योजनाअन्तर्गत सिटिभी मोबाइलका आउटलेटबाट कुनै पनि मोबाइलको खरिदमा भित्ते घडी, टर्चलाइट, मोबाइल सेट ,टिसर्ट ,सुनचाँदीको सिक्कासम्म पाउने सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए। उनका अनुसार दसै तिहार जस्तो चाडपर्वमा उपभोक्ता समक्ष यस्तो योजना ल्याउँदा व्यापार पनि बढ्ने र उत्पादनको प्रवर्द्धन पनि हुन्छ। कम्पनीका अनुसार उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नम्बर १२, १३ र ३३ र चाबहिलस्थित केएलटावरको पसल नम्बर एफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ।
कार्बन मोबाइलको नेपालका लागि आधिकारिक वितरक तथा बजार व्यवस्थापन गरिरहेको एलाइडट्रेड लिंक इन्टरनेसनलले दसैं तिहारलाई लक्ष्य गरी 'कार्बन मोबाइलले हान्यो छक्का, दुई वर्ष वारेन्टी पक्का' उपहार कार्यक्रम प्रस्तुत गरेको छ। एलाइडट्रेड लिंक इन्टरनेसनलका व्यवस्थापन निर्देशक मनिष राजभण्डारीका अनुसार उपहार कार्यक्रम भदौ ३१ गतेदेखि कात्तिक १४ गतेसम्मका लागि लागू गरिएको छ।यो उपहार कार्यक्रमबाट ग्राहकहरुले कार्बनका मोबाइल फोनहरु खरिद गर्दा ६ विभिन्न सुविधाहरु प्राप्त गर्न गर्ने राजभण्डारीले बताए। कार्यक्रम अनुरुप एलाइडट्रेड लिंक इन्टरनेसनलबाट कार्बनको बार फोन खरिद गर्ने ग्राहकले २ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन्। यसका साथै ग्राहकलाई २ पटकसम्म मोबाइल फोनको सर्भिसिङ निःशुल्क प्राप्त हुनेछ।ग्राहकले एउटा स्क्या सच कुपन पनि पाउने छन्। जसबाट १० हजारसम्मको नगद छुट प्राप्त हुन्छ। कार्बनको स्मार्ट फोन खरिद गर्ने ग्राहकहरुले ८ जिबीको मेमोरि कार्ड निःशुल्क प्राप्त समेत गर्नेछन्।कार्यक्रमको अन्त्यमा गोलाप्रथा आयोजना गरी एक जना भाग्यशाली विजेता जोडीलाई भारतको गोवा भ्रमण गर्ने अवसर पनि प्रदान कम्पनीले जनाएको छ।
फ्लाई तथा विनकम मोबाइलको आधिकारिक विक्रेता प्रिज्म टेक्नोलोजीले 'विनकम स्क्र्याच एन्ड विन' र 'फ्लाई स्क्र्याच एन्ड विन' योजना ल्याएको छ। योजना अन्तर्गत ग्राहकले कुनैपनि विनकम मोबाइलको खरिद गर्दा पाउने स्क्र्याच काड मार्फत ५० हजार सम्म नगद पुरस्कार र स्मार्ट फोनहरु जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना कात्तिक ३० गतेसम्म चल्ने छ।
त्यस्तै कलर्स मोवाइलको आधिकारिक विक्रेता टेलिटक नेपाल प्रालिले भने यस वर्ष दसैं तिहारका लागि कुनै पनि योजना भने सार्वजनिक गरेको छैन। उपहार योजना सार्वजनिक नगरेपनि कम्पनीले दसैंलाई लक्ष्य गर्दै विभिन्न १२ मोडलको मोबाइल सेटहरु बजारमा ल्याएको कम्पनीका सचिन उदासले बताए। वायरलेस एफएम भएको मल्टिमिडिया इन्टरनेट बार फोन, सुपर स्टाइलिस इन्टरनेट बार फोन, सीडीएमए फोन र एन्ड्रोइडको पछिल्लो संस्करण रहेका एन्ड्रोइड फोनहरु बजारमा सार्वजनिक गरेको टेलिटक नेपालले जनाएको छ।
मोवाइल विक्रेताहरुका अनुसार अहिले बजारमा १ हजार ५ सयदेखि ७० हजार रुपैयाँ सम्म पर्ने मोबाइल सेट उपलब्ध छन्। त्यसमध्ये हाइस्पिड इण्टरनेट र मल्टिमिडिया फोनहरु ग्राहक माझ लोकप्रियरहेको उनीहरु बताउँछन्। यस्ता मोबाइलमा भएको ठूलो स्त्रि्कन र नयाँ विशेषताले मोबाइलको बजार बढाउन सहयोग पुगेको व्यवसायीको भनाइ छ।