सिन्धुपाल्चोक- दसैं विदा सुरु हुनुअघि खासाबाट बढीमा ६० प्रतिशतमात्र चिनियाँ सामग्री नेपाल भित्रने भएको छ। अब तीन दिनमात्र तातोपानी भन्सार खुल्ने भएकाले झण्डै ४० प्रतिशत सामग्री आयात गर्न नभ्याईदा गोदाममै थन्कने व्यापारीले बताएका छन्।
'सबै सामग्री भित्र्याउन नभ्याइने भयो,' आयातकर्ता बुद्धराज बस्नेतले नागरिकसँग भने,'पहिरोले अवरुद्ध अरनिको राजमार्ग चाँडो सञ्चालनमा ल्याउन नसक्दा यो स्थिति आएको हो।' उनका अनुसार सार्वजनिक बिदाअघि धेरै भन्दा धेरै सामग्री भित्र्याउन व्यापारी लागिपरेका छन्। सोचेको जस्तो भए र बाटोले साथ दिए ६० प्रतिशत भन्दा बढी सामग्री भित्राउन नसकिने बस्नेतले बताए। शनिबार भन्सार कारोवार हुँदैन भने बुधबारदेखि दसैं विदा सुरु हुन्छ।
दसैंमा भित्रन नसकेर बाँकी सामग्री तिहारमा खपत गराउने रणनीतिमा व्यापारी लागेका छन्। चाडबाड लक्षित सामग्री भएकाले तिहारमा खपत गराउन सकिने व्यापारीको विश्वास छ। चाडबाड लक्षित सामग्री खपत गराइसकेपछि मात्र जाडो मौसमका सामान अर्डर गर्ने सोचमा व्यापारी छन्। सामान्यतया अघिल्ला वर्षमा चाडबाड लक्षित सामग्री भित्र्याउँदै गर्दा जाडोका सामान अर्डर दिन थालिन्थ्यो। तिहार सकिए लगत्तै जाडोका सामग्री आयात थालिन्थ्यो।
कान्ले पहिरोले अरनिको राजमार्ग अवरुद्ध गर्नुको बाबजुद व्यापारीले यो दसैंका लागि तयारी लत्ताकपडा, जुत्ता चप्पल लगायत १२ सय कन्टेनर सामग्री अर्डर गरी खासाको गोदाममा ल्याएका थिए। शुक्रबारसम्म बढीमा ५० प्रतिशत सामग्री मात्र भित्रिएको व्यापारीको अनुमान छ। निजी क्षेत्रले खोलेको ट्रयाकले अवरुद्ध राजमार्ग दुई साताअघि सञ्चालनमा आउन सकेपछि सामग्री भित्रन सकेका हुन्।
साउन १७ गतेको कान्ले पहिरोले राजमार्ग क्षतिविक्षत बनाएपछि डेढ महिनासम्म आयात कारोवार ठप्प प्रायः रह्यो। दसैंका सामग्री आयातर्ला ध्यान दिंदै व्यापारीले महिना लगाएर तीन किमी ट्रयाक खनि राजमार्ग सञ्चालनमा ल्याएका थिए। यसअघि व्यापारीले बाह्रविसेसम्म आइपुग्ने सामान भरियालाई बोकाएर राजधानी भित्र्याएका थिए। बोकाएर झण्डै डेढ सय कन्टेनर सामग्री राजधानी पुर्यााएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष बेदबहादुर श्रेष्ठले बताए। उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि झण्डै ४ सय कन्टेनर सामग्री भित्रिएका छन्।
राजमार्ग प्रभावकारी रुपमा सञ्चालनमा नआउँदा पनि सबै सामग्री भित्र्याउन नसकिने अवस्था आएको व्यापारी बताउँछन्। निरन्तरको बर्खा, दलदले हिलो, साँघुरो बाटो र घुम्तिका कारण मालबाहक कन्टेनर सहज रुपमा अझै सञ्चालनमा आउन सकेका छैनन्। बढी क्षमता बोक्ने कन्टेनर ट्रयाकमै फसिरहेका छन्। मालबाहक कन्टेनर डोजरले तानेर र पछाडिबाट घचेट्दै व्यापारीले सामग्री आयात गरिरहेका छन्। बिहीबार यसैगरी ६० र शुक्रबार ३० कन्टेनर सामग्री भित्रिएको व्यापारी बस्नेत बताउँछन्।
'बाटोको अवस्था हेर्दा सोचेको भन्दा धेरै सामग्री भित्र्याउन सक्यौं,' उनले भने,'यति गर्न सकिन्छ भनेर सोचेकै थिएनौं।' पहिरोपछि व्यापारी बैकल्पिक बाटोको खोजीमा केरुङ नाका हुँदै रसुवागढीसम्म पुगेका थिए। त्यहाँको बाटो घुमाउरोका साथै अप्ठेरो र ढुवानी भाडासमेत महंगो पर्न जाने देखेपछि व्यापारी ट्रयाक खनेर राजमार्ग जोड्न कस्सिएका थिए।
भन्सारका अनुसार यो सिजनमा नाकाबाट दैनिक १३ करोड रुपैयाँ मूल्यका सामग्री आयात हुन्थ्यो भने साढे २ करोड रुपैयाँसम्म राजस्व संकलन हुन्थ्यो। ६० देखि सय कन्टेनर सामग्री जाँचपास भएर छुट्थे। बाटोको दुराबस्थाका कारण भन्सारबाट दैनिक ४० भन्दा बढी कन्टेनर जाँचपास भइ छुट्न सकेका छैनन्। एकोहोरोबाट अप्ठेरो भएपछि पालैपालै एक–एक गरी चलाइदा भन्सारबाट जाँचजास भइ छुटेका सबै मालबाहक कन्टेनर राजधानी पुग्न सकिरहेका छैनन्।
सबै सामग्री भित्र्यान नसकेपछि दसैंमा चिनियाँ सामग्रीको अभाव भने टरेको छ। महंगीको मार भने स्वभाविक रुपमा उपभोक्ताको थाप्लोमा पर्ने व्यापारी बताउँछन्। सस्तोका कारण चिनियाँ सामग्रीमा मध्यमबर्गीय नेपाली उपभोक्ता आकर्षित छन्। खासगरी चिनियाँ तयारी लत्ताकपडाले ९० प्रतिशन नेपाली बजार हिस्सा ओगटेको व्यापारीको अनुमान छ।