'बाहै महिना आलु उत्पादन गर्न सकिन्छ'
०९ असोज २०७१
•
१९ मिनेट पाठ
'बाहै महिना आलु उत्पादन गर्न सकिन्छ'
निरन्तर १२ वर्षदेखि आलुको अनुसन्धानमा लागेका बुद्धिप्रकाश शर्माले नेपाल कृषि अनुसन्धान परिषद् मातहतका निकायमा रहेर विभिन्न क्षेत्रमा काम गरिसकेका छन्। उनलाई तेलहन बाली तथा अदुवाको प्रविधि विकासमा अग्रणी मानिन्छ। अदुवाको गानो कुहिने व्यवस्थापन, बोक्रा फाल्ने मेसिन, सोलार ड्रायर प्रयोग गरी उच्च स्तरीय सुठो एंव अदुवाको क्यान्डी बनाउने प्रविधि विकासमा उनको भूमिका छ । डढुवारोगमा विद्यावारिधी गरेका शर्मा हाल राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको संयोजकको रुपमा काम गर्दै आएका छन्। शर्मासँग नागरिकका सुजन ओलीले गरेको कुरकानी:

विगत ३४ वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आउनु भएको छ। अहिलेसम्म आफूले गरेको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ? 
मैले गरेको कामबाट आएको प्रतिफलले म सन्तुष्ट छु। मैले जागिरको दौरानमा देशका ५०/५५ जिल्ला पुगेर कृषकको समस्या बुझ्ने मौका पाएँ। त्यसमध्ये कत्ति ठाउँमा त म आफै प्रमुख भएर पनि बसे। ती जिल्लामा मैले सफलतापूर्वक प्राप्त गरेका अनुसन्धान नतिजा अहिले पनि अपनाइँदै छ। तसर्थ मैले गरेको कामबाट म आफै असन्तोष हुने कुरै भएन। मैले तेलहन बालीको विकासका लागि ठूलो योगदान पुर्याकएको छु। त्यसैगरी अदुवाको विकासमा मेरो राम्रो योगदान छ। अहिले आलुको विकासका लागि रातोदिन खटिरहेको छु। आलुको डढुवा रोगसँग लड्न सक्ने तथा अधिक उत्पादन दिने सक्ने नयाँ जात कसरी ल्याउन सकिन्छ भन्ने बारेमा मेरो अहिले पनि अध्ययन जारी छ। ५९ वर्ष पुगिसके तरपनि मेरो काममा कुनै कमी आएको मलाई अनुभव भएको छैन। 

इलाम तथा पाल्पाका उत्पादक किसानबीच जानुस मैले गरेको काम त्यहाँ देखिन्छ। तराइका जिल्लामा जानुस तेलहन बाली विषेश गरी तोरीको आल्टरनेरिया ब्लाइट रोगको व्यवस्थापनमा प्रविधि विकास भएको छ। मैले तोरीमा लाग्ने आल्टरनेरिया ब्लाइट नामक रोगको व्यवस्थापन गरी उत्पादन बढाउने प्रविधि पहिचान गरे। त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ दिनरात सोचे। म १३ वर्षसम्म तेलबाली अनुसन्धानमा संलग्न रहेर काम गरे। 
हामीकहाँ तोरी बाक्लो रोप्ने गरेकाले धेरै नफलेको हो। यदि प्रशस्त मात्रामा प्रांगारिक मल प्रयोग गर्ने र १०–१० सेन्टिमिटरको फरकमा तोरी रोप्ने हो भने प्रशस्त मात्रामा आम्दानी लिन सकिन्छ। त्यो मैले गरेको अनुसन्धाले देखाएको हो। 


आलु विकास गर्न सरकारले राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम नै ल्याएको छ। तपाइ त्यसको संयोजक हुनुहुन्छ। आलुको विकास हुन त सकेको छैन्। अहिले पनि ठूलो परिमाण आलु विदेशबाट आइरहेको छ? 
हामीसँग आलु उत्पादन गर्ने क्षेत्रफल पर्याप्त मात्रामा छ। अहिले पनि नेपालमा एक लाख ९० हजार हेक्टरमा आलु खेती हुन्छ। त्यसको उत्पादकत्व भनेको लगभग एक हेक्टरमा साढे १३ टन हुन्छ। अर्को राम्रो पक्ष भनेको नेपाल भूगोलका हिसाबले सानो मुलुक तर विविधताका हिसाब भने उत्कृष्ट मुलुक हो। यहाँको हावापानीमा बाहै्रमहिना आलु उत्पादन गर्न सकिने अवस्था छ। आलुको उत्पादकत्व एवम् उत्पादन बढाउन नसकेर नै होला विदेशबाट आयात गर्नु परेको हो। जनसंख्या वृद्धिसँगसँगै आलुको खपत बढ्यो। अहिले भइरहेको आलुको उत्पादकत्वले बढदो मागलाई सम्बोधन गर्न सकेको छैन्। 

सरकारले आलु उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम पनि ल्याएको छ। स्वदेशी श्रम र बीऊ प्रयोग गरेर उत्पादन हुने वस्तुमा पनि परर्निभर हुनुपर्ने अवस्था कसरी सिर्जना भयो? 
आलु उत्पादनका लागि पकेट क्षेत्र पनि तोकिएका छन्। पकेट क्षेत्रअनुसार आलुको अनुसन्धान गर्न जरुरी छ। नार्क अन्तर्गत आलुबाली अनुसन्धान कार्यक्रममा रहेर हामीले स्रोत साधनले भ्याएसम्म अनुसन्धान गरिरहेका छौं। विभिन्न हावापानीका लागि सुहाउँदो जातको विकास गर्दै आएका छौं। दोलखा र सिन्धुपाल्चोक जिल्लाको बीचमा निगालेमा न्युक्लियस बीउ आलु केन्द्र छ। त्यसले पहाडलाई मध्यनजर गर्दै वर्णशंकर बिया बीऊ उत्पादन गर्छ। पोखराको नजिक पर्ने हेम्जामा नुवाकोटको निलो आलु खेती भएको थाहा पायौं। एमएस ४२.३ जातको आलु राम्रो पनि हो। उक्त आलुमा ऐंजेरु रोग लाग्ने। यसले ऐंजेरु सहन नसक्ने रहेछ। यो आलुको बीउ हेम्जाका कृषकले धेरै मन पराउने। हामीले त्यसका किसानलाई सोधेपछि पत्ता लगायौं की यो आलुको बीउ नुवाकोटबाट ल्याएको रहेछ। त्यसपछि आलु अनुसन्धानको टोली नुवाकोटको ढिकुरेमा गयौ। त्यहाँको एउटा सहकारी संस्थासँग मिलेर चार दिने आलु सम्बन्धी तालिम सञ्चालन गर्यौम। 
काठमाडौंमाबाट नजिक भएकाले पनि नुवाकोटको ढिकुरेलाई नार्कले बाह्य अनुसन्धानको रुपमा विविध समस्यामा कृषकको सहभागितामा अनुसन्धान कार्यहरु सञ्चालन भइरहेको अवस्था छ। 

तपाईँहरू अनुसन्धान गरेको गर्यैु तर किसानले अनुसन्धानबाट विकास गरेको बीउ/प्रविधि किसानमाझ कहिल्यै पुग्दैन। नयाँ जातको बीउ किसानले नपाएपछि अनुसन्धान गर्नुको अर्थ के भयो ? 
कृषि क्षेत्रको विकासका लागि सबै निकायहरु, कृषि विभाग, पशुसेवा विभाग र नार्कको महत्वपूर्ण भूमिका रहन्छ। सबैको कार्य एकमूष्ठ एउटै दिशातर्फ लागेन भने, कुनैपनि कार्य सफल हुँदैन। कृषि विकास मन्त्रालयको अर्थ कृषिको विकासका लागि स्थापना गरिएको एउटा निकाय हो। मन्त्रालय मातहत विभिन्न निकाय छन्। नार्कले हरेक बाली एवम् पशु पन्छीमा प्रविधिको विकास गर्छ। हामीले विकास गरेको प्रविधि तथा बीउलाई किसानमाझ पुर्यानउने काममा कृषि एवम् पशु सेवा विभागको ठूलो भूमिका रहन्छ। विविध कारणले हामीले विकास गरेको बीउ तथा प्रविधि पर्याप्त मात्रामा किसान माझ पुग्न सकेका छैनन्। यसलाई हामीले स्वीकार गर्नै पर्ने हुन्छ। हामीले विकास गरेको प्रविधि तथा बीउ किसानमाझ नपुगेको गुनासो बढेपछि हामीले किसानको सहभागितामा नयाँ जात विकास गर्ने योजना ल्याएका छौ। यसअघि धान, मकै र गहुँमा कृषकको सहभागितामा जात छनोट गर्ने पद्धति सुरु गरिएको थियो। जात विकासमा किसानलाई प्रत्यक्ष सहभागिता गराइन्थ्यो। अहिले आलुको जात विकास गर्दा पनि कृषक हरुलाई प्रत्यक्ष सहभागिता गराउँदै आलुको जात विकास गर्न सुरु गरेका छौं। हामीले उच्च पहाडी जिल्लाको रुपमा जुम्लालाई लियौं। त्यसैगरी सिन्धुपाल्चोक र दोलखाका किसानलाई समेटने गरी मुढे, निगाले र खरीढुंगाका कृषकहरुलाई समेटी कार्यक्रम सञ्चालन गर्दै आएका छौं। त्यहाँका किसानको सहभागितामा जात विकास कार्यक्रमलाई अगाडि बढाइएको छ। हामीले अन्तर्राष्ट्रिय आलु केन्द्र (सिआइपी) बाट नयाँ जातका बीऊ ल्यायौं। हामीले अनुसन्धान केन्द्रमा 'मातृ परीक्षण' र किसानको बारीमा 'शिशु परीक्षण' गरायौं। दुइ वर्ष सम्म अनुसन्धान गर्यैं ा। हामीले परीक्षण गरेको बीऊ सफल भयो कि भएन, कुन जात सफल भयो, कुन जातलाई कसरी रोग किराबाट जोगाउने भन्ने बारेमा किसानलाई हरेक वर्ष आलुबालीको तीन चरण (रोप्ने बेला, रोग कीरा लाग्ने बेला र खन्ने बेलामा अत्यन्त ब्यवहारिक ज्ञान सिकायौं। 
हामीले किसानको बारीमा उत्पादन आकँडा लिने उत्पादित वस्तुको स्वाद लिने काम पनि कृषककै सहभागितामा गर्दै आएका छौं। किसानको बारीमा जुन जात सफल रुपमा उत्पादन दिन सक्छ त्यहि लगाउन सिफारिस गर्ने प्रचलन बसाल्न थालेका छौं। एउटै केन्द्र वा किसानको बारीमा धेरै जातहरू परीक्षण गरिन्छ। त्यसको नतिजा कस्तो आउँछ। किसानले कुन जात मन पर्योा भन्छन्। त्यहि जात लगाउन सिफारिस गर्छौं कृषकहरुले मन पराएका जातहरुको वीउ वृद्धि गर्दै सिफारिस र उन्मोचनका लागि अगाडि बढ्छौं। अन्य बीउको तुलनमा आलुको बीउ धेरै लाग्छ। बीउ र उत्पादनको अनुपात पनि थोरै (१ः१०) मात्र हुन्छ। एक हेक्टरमा डेढदेखि दुइ टन आलुको बीउ लाग्छ। यस्तो अवस्थामा त धेरै बीउ उत्पादन गर्नुपर्ने हुन्छ। त्यसैले हाम्रो उद्देश्य भनेको हरेक पाँच देखि ६ वर्षमा कृषकले नयाँ बीउ पाउन भन्ने हो। एकै वर्षमा नेपालभरका कृषकहरुलाइ नयाँ पुस्ताको बीउ पुर्याीउन हालको अवस्थामा सम्भव छैन्। तर, पाँच वर्षमा पनि नयाँ बीउ किसान नपाउँदा उत्पादन समेत हुँदैन। हामीले स्रोत बीउ उत्पादन गर्छाैं। हामीले उत्पादन गरेको स्रोत बीउ हाम्रा बाह्य अनुसन्धान केन्द्रमा मूल बीउ उत्पादनका लागि पठाउँछौं। हामी बाह्य अनुसन्धान केन्द्रमा थोरै मात्रै स्रोत बीउ दिन्छौं। र बाँकी स्रोत बीउ राष्ट्रिय आलुबाली विकास कार्यक्रमलाई दिन्छौं। त्यो कायक्रमले विभिन्न जिल्ला कृषि विकास कार्यलयमार्फत सहकारीद्वारा अन्य बीउ उत्पादन गराउने गर्दछ। त्यो बीउ किसानको खेतबारीमा पुग्छ।

तपाईँहरुले उत्पादन गरेको बीउ किसानमाझ पुर्यातउन के गर्नुपर्छ?
हामीले विकास गरेको बीउ किसानमाझ पुर्याुउन सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्छ। खेती गर्ने किसान पनि यस बारेमा सचेत हुन जरुरी छ। अहिले पनि कृषकहरू सस्तोमा बीउ पाएपछि महँगो बीउ खरिद गर्ने बानी छैन्। हामीले विकास गरेको बीउ राम्रो हुन्छ। अलिकति महँगो पर्ने डरले किसानले नेपालमा दर्ता नभएको बीउ खरिद गरेर खेतबारीमा लगाउँछन्। जसको परिणाम नराम्रो देखिन्छ। अनि त्यसको दोष सबै अनुसन्धानमा खटिएका साथीले भोग्नु पर्छ। त्यसैले पनि किसान अब सचेत हनु जरुरी छ। नेपालमा उत्पादित बीउमा लेबल, मूल्य मिति स्वदेशी नाम सबै राखेको हुन्छ। त्यसलाई हेरेर मात्र खरिद गर्योप भनेपनि समस्याबाट जोगिन सकिन्छ। सरकारले अब राम्रो सहकारीलाई मात्र बीउ उत्पादन गरेर बिक्री गर्न अनुमति दिने र त्यसलाई राज्यको नियन्त्रणमा राख्ने काम गर्नुपर्छ। जसले गर्दा किसान आफैलाई राम्रो हुन्छ। आलु बीउ जोगाउन निकै गाह्रो हुन्छ। शीत भण्डारणमा संग्लन उद्योगीहरु लाई पनि बीउ उत्पादनमा सहभागी गराउन अगाडि बढेका छौ।

नार्कका कर्मचारी कामै नगरी बस्छन् भन्ने आरोप लाग्ने गरेको छ, यसमा तपाइको धारण के छ? 
अर्काको देशमा भएको कामको प्रगतिलाइ हेरेर हाम्रो देशमा भएको कामलाई तुलना गर्न मिल्दैन। किनभने, ती देशमा अनुसन्धानमा कति रकम खर्चेको हुन्छ। कति जनशक्ति हुन्छ। अनि ति जनशक्तिले कति काम गरे भन्ने हुन्छ। हाम्रो देशमा सबैभन्दा कम बजेट अनुसन्धानका लागि छुट्टयाइन्छ। अनि आशा धेरै गर्ने चलन छ। अझ भनौ छिमेकी मुलुक भारत र चीनसँग तुलना गरिन्छ। उनीहरूले कूल बजेटको १ देखि ३ प्रतिशत रकम अनुसन्धानका लागि विनियोजन गरिन्छ। हाम्रोमा कूल बजेटको शून्य दशमलव एक प्रतिशत पनि बजेट विनियोजन हुँदैन। अनि कसरी सोचेअनुरुप अनुसन्धान हुन्छ। मेरो विचारमा राज्यको लगानी अनुसार पर्याप्त मात्रामा अनुसन्धान भएको छ। नार्कमा भएका जम्मा वैज्ञानिक जति त भारतमा आलुमा मात्र अनुसन्धान गर्न खटिएका छन्। हाम्रोमा त धेरै भन्दा धरै अनुसन्धान गर्नुपर्ने कसरी सकिन्छ त। विदेशमा अनुसन्धान गर्ने संस्थाको कत्रो सम्मान हुन्छ। नेपालमा नार्क हेपिएको क्षेत्रको रुपमा लिएको छ। नार्क कसैको पनि प्रथामिकतामा पर्दैन।

आगमी योजना के छ? 
रासायनिक मल र विषादी प्रयोग नगरीकनै फलाउन सकिने जातको आलु विकास गरिएको छ। यसलाई राजपत्रमा प्रकाशित गर्ने र किसानमाझ बढाउने योजना छ। विषादी प्रयोग गर्न नपर्ने खालको आलुको जात उन्मोचन तयारीमा रहेको छ। तरकारीमा अधिक विषादी प्रयोग हुने गरेको पाइएको छ। यसलाई न्युनीकरण गर्न पिआरपी २५८६१.१ जातको आलु खेती गर्दा राम्रो हुन्छ। उक्त जात बाह्य अनुसन्धान केन्द्र तथा किसानको बारीमा परीक्षण भइसकेको छ। 'उन्मोचन पछि यसैवर्ष भित्र नयाँ जात किसानको बारीमा पुग्ने आशा गरिएको छ। लामो समयसम्म रोग नलाग्ने भएपछि विषादी प्रयोग गर्नु पर्देन। बोटबिरुवामा रोग लागेपछि त्यसलाई बचाउन किसानले हानिकारक विषादी हाल्ने गरेका हुन्। नार्कले विकास गरेको आलुका केही जातले ९० देखि सय दिनभित्र उत्पादन दिन थाल्छ। सो अवधिमा डढुवारोग अवरोधी आलुको बोटमा कुनै समस्या आउँदैन। रोग नलागेपछि किन विष हाल्नु पर्योा र? शर्माले डेजिरे र कार्डिनलमा एलबिआर ४० जातको आलु मिसाएर(क्रस गरी) नयाँ पिआरपी २५८६१.१ जात विकास गरिएको छ। डेजिरे रातो आलु ७० देखि ८० बाली तयार हुन्छ। डेरिजे कार्डिनल रातो आलुमा डढुवा रोग छिटो सर्ने भएकाले यी दुवैमा एलबिआर ४० नामक जातको समिश्रणबाट नयाँ जात तयार गरिएको हो। नयाँ जातमा रोग लाग्ने सम्भावना कम हुन्छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस