काठमाडौं- नेपाल खाद्य संस्थानले आइतबारदेखि दसैंका खसीबोका बेच्ने भएको छ। बिहीबारदेखि नैसुरु गर्ने योजना रहेकोमा विभिन्न स्थानबाट संकलन गरी ल्याउन समय लागेकाले बिक्री ढिलो भएको संस्थानले जनाएको छ।दसैंका लागि संस्थानले उपतत्यकामा तीन हजार चार सय खसीबोका आयात गर्दैछ। बजारमाग र खपत हुने बजारनिर्धारण गर्दै संस्थानले खसीबोका ल्याउन लागेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले बताए। यस वर्ष बिक्री केही ढिलो सुरु गरेपनि संस्थानले उपलब्ध गराउने खसीबोका उपभोक्ताका लागि पर्याप्त हुने उनले बताए। खसीबोकाको मूल्यसमेत तोक्न बाँकी छ। 'आइतबारै मूल्य निर्धारण हुन्छ,' उनले भने। संस्थानले नाफा नराखी ढुवानी खर्चमात्र जोडेर खसीबोका बेच्ने उनले जानकारी दिए। व्यवसायीलाई नभई उपभोक्तालाई लक्ष्य गर्दै बिक्री गर्ने भएकाले धेरै ढिलो नभएको उनको भनाइ छ। उनका अनुसार मूल्य पोहोरकै हाराहारी हुने सम्भावना बढी छ।
निजी व्यवसायीले भने बुधबार र बिहीबार दुई दिनमै पाँच हजारभन्दा धेरै खसीबोका बेनेकोचौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दिपक थापाले बताए। संघले दसैंमा ३५ हजार खसीबोका बेच्ने लक्ष्य राखेको छ। केही खसीबोका राजधानी भित्रिइसकेको र केही आउने क्रममा रहेका अध्यक्ष थापाले बताए। 'हाम्रो अनुमानअनुसार व्यापार भयो भने ५० करोडको कारोबार हुनेछ,' थापाले भने। गत वर्ष पनि संघले यही संख्यामा खसीबोका आयात गरेको थियो। संघमा आबद्ध तीन सय व्यवसायीले विभिन्न स्थानबाट खसीबोका ल्याई बिक्री गर्छन्।
संस्थानले यो वर्ष मूल्य नबढ्ने संकेत दिएको छ। संघले केही बढ्ने जनाएकोे छ। मासुको मूल्य पनि गत वर्षभन्दा केही प्रतिशत बढेकाले यो वर्ष जिउँदो खसीको मूल्य किलोमा १० देखि १५ रुपैयाँबढ्ने थापाले जानकारी दिए। 'नेपालको आन्तरिक उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट आयात गर्दा महँगो तिर्नुपर्छ,' थापाले थपे, 'त्यसैले बजारमा मूल्य बढ्छ।' जिउँदो खसीबोकाको मूल्य तौलका आधारमा निर्धारण गरिने उनले बताए। संघमा आवद्ध व्यवसायीले भारतका विभिन्न राज्यबाट र नेपालको नेपालगन्ज, सुर्खेत, सल्यान, जनकपुर, गौर, सर्लाही, नुवाकोटबाट खसीबोका ल्याउने गर्छन्।
राजधानीलगायत देशभर दसैंको बेला खसीबोकाको अत्यधिक माग हुन्छ। दसैंमा उपत्यकामा करिब ६० हजार खसीबोकाको कारोबार हुने र १२ लाख किलो मासु खपत हुने पशु सेवा विभागको तथ्यांक छ। गत वर्ष दसैंको बेला कुखुरामा बर्डफ्लुसंक्रमण देखिँदा खसीको माग अत्यधिक बढेको थियो। संस्थान र संघमा आबद्ध व्यवसायीबाहेक किसानले व्यक्तिगत रुपमा पनि खसीबोका ल्याएर बेच्छन्। नेपालमा वार्षिक १७ अर्बको खसीबोकाकारोबार हुने संघको तथ्यांक छ।
संस्थानले यो वर्ष मूल्य तोक्न बाँकी छ। पोहोरखसी ३० किलोभन्दा माथिको प्रतिकिलो तीन सय ९५ रुपैयाँ, २५ देखि ३० किलोसम्मको प्रतिकिलो तीन सय ९० रुपैयाँ, २० देखि २५ किलोसम्मको प्रतिकिलो तीन सय ८५ र २० किलोसम्मको प्रतिकिलो तीन सय ७० रुपैयाँको दरले बेचेको थियो।