काठमाडौं-एलपी ग्यास उद्योग संघले आह्वान गरेको हडतालका बेला पिडिओ (प्रडक्ट डेलिभरी अर्डर) भरेको भन्दै साइबाबा ग्यास उद्योगसँग लिखित स्पष्टीकरण मागेको छ।नेपाल आयल निगमले तत्काल कोटा थप्न नसक्ने भनेपछि संघले विरोधस्वरुप भदौ २३ गते सदस्य उद्योगलाई पिडिओ नउठाउन र हडतालमा सहयोग अपिल गरेको थियो। साइबाबाले संघको निर्देशन अवज्ञा गर्दै पिडिओ उठाएको थियो। संघले असोज ६ गते उद्योगसँग स्पष्टीकरण मागेको हो।
‘उपभोक्तालाई धोका हुने काममा सहभागी नहुने भनेर मैले पिडिओ भरेको हुँ,' साइबाबा ग्यास उद्योगका प्रबन्ध निर्देशक राजेन्द्र डल्लाकोटीले भने, ‘बन्दलाई सहयोग नगरेको भन्दै मलाई स्पष्टीकरण सोधिएको हो।' संस्थालाई हित हुने भए स्पष्टीकरण दिन तयार रहेको उनले बताए।
उद्योगी व्यवसायीको हितमा काम गर्ने संस्थाले स्पष्टीकरण मागेपछि सोहीअनुसारको जवाफ दिने उनको भनाइ छ। ‘गत भदौ २३ गते उनीहरूले मलाई ग्यासको पिडिओ नउठाउन आग्रह गरेका थिए,' उनले भने, ‘राज्य, उपभोक्ता र व्यवसायी स्वयंलाई प्रतिकूल असर पर्ने भएपछि मैले मानिनँ।'
ग्यास हडतालमा जानु हुँदैन भन्ने आफ्नो मान्यता रहेको उनले बताए। ‘यही भनाइलाई लिएर संघले स्पष्टीकरण सोधेको हो,' उनले भने। संघका उपाध्यक्षसमेत रहेका डल्लाकोटीलाई स्पष्टीकरण सोधेको पत्रमा अध्यक्षले हस्ताक्षर गरेका छन्। स्रोतका अनुसार यसअघि संघका प्रायः सबैजसो पत्राचारमा महासचिवले हस्ताक्षर गर्थे।
बन्दका कार्यक्रम सर्वजनिक गर्नुपूर्व नै डल्लाकोटी बन्दको विपक्षमा उभिएको संघका पदाधिकारी बताउँछन्। ‘उहाँ आन्दोलनअघि त्यसको विपक्षमा हुनुहुन्थ्यो,' एक कार्यसमिति सदस्यले भने, ‘त्यसको समेत रिस पोख्न स्पष्टीकरण मागिएको हुन सक्छ।'
२०५८ सालदेखि निरन्तर संस्थालाई सहयोग गर्दै आएका डल्लाकोटी पनि ग्यासको कोटा कम भएको बताउँछन्। ‘कोटा थप्न सरकारसँग वार्ता गर्नुपर्छ, हडताल गरेर समस्या समाधान हँुदैन,' उनले भने, ‘त्यसको विपक्षमा उभिँदा स्पष्टीकरण मागिएको हुन सक्छ।'
ग्यास उद्योगीले हडताल गरेको बेला नेपाल ग्यास, श्रीकृष्ण ग्यास उद्योगले पनि पिडिओ भरेका थिए। नेपाल ग्यास संघको सदस्य छैन, श्रीकृष्ण छ। व्यवसायीका अनुसार संघको सदस्य नभएका ग्यास उद्योगीले पिडिओ भरेका थिए। संघको अव्यवहारिक निर्णयका कारण साइबाबा पनि संघबाट छुट्टिने सम्भावना बढेको व्यवसायी बताउँछन्।
‘इथिकल' र ‘ननइथिकल' काम गर्ने व्यवसायी यसैबाट छुट्टिने केही व्यवसायी बताउँछन्। ग्यास उद्योगीबीच पनि दुवैखाले धन्दा गर्ने मानिस रहेको उनीहरुको भनाइ छ। डल्लाकोटीका अनुसार साइबाबा र श्रीकृष्णले कहिल्यै पनि पिडिओ उठाउन छाडेका छैनन्।
‘राज्यले नै साइबाबा र श्रीकृष्णलाई बन्द गर्योड भने मेरो भन्नु केही छैन,' उनले भने, ‘तर म कहिल्यै हडताल गरेर सरकारलाई दबाब सिर्जना गर्दिन। ग्राहकलाई स्वतन्त्र रुपमा ग्यास किन्ने अवसर दिन्छु।'
ग्यास कोटा बढाउनुपर्ने व्यवसायीको माग सही भएको डल्लाकोटी तर्क गर्छन्। ‘तर, हडतालको माध्यमबाट होइन वार्ताबाट समस्या समाधान गर्नुपर्छ,' उनले भने।