काठमाडौं- कृषिबिमाको प्रिमियम बुझाउन सरकारले १४ बिमा कम्पनी छनोट गरेको छ। मन्त्रिपरिषदले ‘बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका' स्वीकृत गरेसँगै बिमा कम्पनी छनोट गरिएको कृषि विकास मन्त्रालय प्रवक्ता उदयचन्द्र ठाकुरले बताए।उनका अनुसार नेपाल, ओरियन्टल, नेसनल, हिमालय जनरल, प्रिमियर, नेको, सगरमाथा, एलाइन्स, शिखर, लुम्बिनी, प्रुडेन्सियल, एनएलजी, सिद्धार्थ र युनाइटेड इन्स्योरेन्स कम्पनी छानिएका छन्। ती कम्पनीका देशभरका शाखामा प्रिमियम बुझाउन सकिने मन्त्रालयले बताएको छ। ‘हामीले कम्पनीका जिल्ला शाखामा प्रिमियम पठाउँछौंं,' ठाकुरले भने, ‘किसानले यसबारे कुनै चिन्ता लिनु पर्दैन।'
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रकी प्रमुख भवानी राणा ७५ प्रतिशत प्रिमियम सरकारले बेर्होने व्यवस्था र बिमांक सीमा पनि खारेज गरिएकोले यसपालि कृषि र पशुधन बिमा गराउने किसान र उद्योगी बढ्ने बताउँछिन्। ‘उद्योगी, व्यवसायीलाई यसले ठूलो सहयोग गर्छ,' उनले नागरिकसँग भनिन्, ‘कृषिमा लगानीको बाटो खुल्यो।'
ठाकुरका अनुसार गत वर्ष बिमा गरिएको बालीको कुल बिमांक एक करोड ५२ लाख २२ हजार सात सय ४३ रुपैयाँ छ। त्यसैगरी, पशुधनको ५९ करोड २३ लाख २४ हजार एक सय १० रुपैयाँ, १२ लाख १८ हजार पाँच सय, माछाको एक करोड ६६ लाख ३९ हजार दुई सय ६० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ। २०७० देखि २०७१ सालसम्म कुल ६२ करोड ५४ लाख चार हजार ६ सय १३ रुपैयाँ बराबरको बाली, पशुधन र मत्स्य बिमा गरिएको छ।
सरकारको बिमाशुल्कमा ५० प्रतिशत अनुदान दिने योजनाअनुसार एक करोड ७० लाख २४ हजार पाँच सय ११ रुपैयाँ अनुदानग्राही कृषकलाई बाली तथा पशुधन बिमा प्रिमियम कोषमार्फत उपलब्ध गराएको मन्त्रालयको तथ्यांक छ। चालु वर्षका लागि सरकारले बिमा प्रिमियम अनुदानका लागि ६ करोड रुपैयाँ छुट्याएको छ। गत वर्ष १३ करोड रुपैयाँ छुट्याइएको थियो। सोचेअनुरुप बिमा कार्यक्रममा किसानको आकर्षण नबढेपछि रकम फ्रिज भएको भन्दै यस वर्ष ६ करोड रुपैयाँमा झारिएको हो।
कृषि उद्यम केन्द्रकी प्रमुख राणाका अनुसार एक करोडसम्मको सीमा हटाएपछि औद्योगिक घरानाले पनि कृषि क्षेत्रमा लगानी गर्नेछन्। ‘म आफैंले पनि बर्दियामा २५ बिघा जग्गामा व्यावसायिक केराखेती गर्न थालेकी छु,' उनले भनिन्, ‘अन्य उद्योगी व्यवसायी पनि यस क्षेत्रमा जाने तयारीमा छन्।' सरकारले कृषि कर्जाको ब्याजमा ४ प्रतिशत र बिमा प्रिमियममा ७५ प्रतिशत अनुदान लिएकाले कृषिको विकासमा थप योगदान हुने उनको अनुमान छ।