काठमाडौं- सरकारले कृषि कर्जाको ब्याज अनुदान र कृषि तथा पशु बिमा कार्यक्रम एकसाथ कार्यान्वयन गर्ने भएको छ। चालु आर्थिक वर्ष २०७१/०७२ को बजेट वक्तत्वमा कृषि कर्जाको ब्याजमा चार प्रतिशत र कृषि तथा पशु बिमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने उल्लेख छ। दुवै कार्यक्रम सरकारले एकसाथ कार्यान्वयन गर्न लागेको हो।गत बिहीबारको मन्त्रिपरिषदले अनुदानसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो। 'कार्यविधि स्वीकृत भइसकेकोले दुवै योजना एकसाथ कार्यान्वयन गर्छौं,' कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले आइतबार नागरिकसँग भने, 'त्यसका लागि मन्त्रालयले गृहकार्य सुरु गरेको छ।'
कृषि विकास मन्त्रालयका अनुसार मन्त्रिपरिषदबाट स्वीकृत 'व्यावसायिक कृषि कर्जा अनुदान कार्यविधि' अहिलेसम्म कृषि मन्त्रालयमा नआएकाले कार्यान्वयनमा जान केही ढिला भएको हो। 'मन्त्रालयले गर्नुपर्ने सबै काम सकिसकेको छ,' ठाकुरले भने, 'स्वीकृत कागजपत्र हामीकहाँ आउनासाथ कार्यान्वयनमा जान्छ।'
ब्याज अनुदान कार्यविधि नेपाल राष्ट्र बैंकले बनाएकाले त्यसबारे राम्रोसँग बु‰न बाँकी रहेको मन्त्रालयको भनाइ छ। 'ब्याज अनुदान कार्यविधि बनाउने जिम्मा राष्ट्र बैंकलाई थियो,' ठाकुरले भने, 'त्यसमा के के उल्लेख छ, राम्रोसँग अध्ययन गर्न पाइएको छैन।' बिमाको कार्यविधि मन्त्रालयले बनाएकाले यो तुरुन्त लागू गर्न सकिने अवस्थामा छ।
दुवै कार्यक्रम एउटै प्रकृतिको भएकाले मन्त्रालयले सँगसँगै कार्यान्वयन गर्न खोजेको हो। स्वीकृत भएको ब्याज अनुदान कार्यविधि मन्त्रालय आउन ढिलो भए बिमा कार्यक्रममात्रै पनि लागू गर्ने तयारी छ। 'हाम्रो इच्छा दुवै कार्यक्रम एकसाथ कार्यान्वयन गर्ने हो,' ठाकुरले भने, 'प्राविधिक कारणले ब्याज अनुदान कार्यविधि नआए बिमा कार्यक्रम अघि बढाउँछौं।'
मन्त्रालयले बिमामा एक करोडसम्मको सीमा हटाएको छ। गत वर्ष सरकारले एक करोड रुपैयाँसम्म लगानी भएका बाली तथा पशुफार्मलाई मात्र अनुदान दिने नीति लिएको थियो। निजी क्षेत्रले उक्त सीमा हटाउन माग गरेको थियो। चालु वर्षको बजेटमार्फत उक्त सीमा हटाइएको छ। अनुदान पनि ५० बाट ७५ प्रतिशत पुर्याचइएको छ।
चालु आवको बजेटमा ब्याज अनुदानका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको छ। बिमाका लागि ६ करोड छुट्याइएको छ। गत वर्ष बिमाका लागि १३ करोड रुपैयाँ छुट्याइएको थियो। सोचेअनुरुप बिमा कार्यक्रममा किसानको आकर्षण नबढेपछि रकम फ्रिज भएको भन्दै यस वर्ष ६ करोडमा झारिएको हो।
राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारीले दुवै कार्यक्रमले किसानलाई प्रोत्साहित गर्ने भन्दै चाँडो कार्यान्वयन गर्नुपर्ने बताए। 'किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम आउन जहिले पनि ढिला हुन्छ,' उनले भने।
व्यावसायिक कृषि उत्पादनमा लागेका युवा किसानलाई प्रोत्साहित गर्ने ती कार्यक्रमको उद्देश्य छ। कृषि कर्जामा लाग्ने १० प्रतिशत ब्याजमध्ये ऋणीले ६ प्रतिशत मात्र तिरे पुग्छ। बाँकी सरकारले तिरिदिन्छ। २१ देखि ३९ वर्ष उमेरका युवालाई लक्ष्य गरेर व्यावसायिक कृषि कर्जा कार्यक्रम ल्याइएको हो। युवालाई कृषिकर्ममा सहभागी गराएर आर्थिक विकासमा योगदान गराउने सरकारको नीति हो।
चालु वर्षको बजेट व्यवस्थापिका संसदबाट पारित नभएका कारण यसबाट लाभ लिन किसानले अझै केही दिन पर्खनु पर्नेछ। बजेट वक्तव्यमा युवाले कृषि पेसाको लागि १० प्रतिशत ब्याजमा जुनसुकै वाणिज्य बैंकबाट प्रक्रिया पूरा गरी ऋण लिए त्यसमा लाग्ने ब्याजमध्ये चार प्रतिशत सरकारले अनुदानबापत उपलब्ध गराउने उल्लेख छ।