काठमाडौं— मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगको कालोसूचीबाट नेपालको उड्डयन क्षेत्रलाई बाहिर निकाल्न आवश्यक सम्पूर्ण कागजात पठाएको छ ।प्राधिकरणले उड्डयन सुरक्षा सुधारिएको सम्बन्धी सम्पूर्ण कागजात बिहीबार इमेलमार्फत युरोपेली आयोगलाई पठाएको हो । यसको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, युरोपेली आयोगको नेपालस्थित आवासीय कार्यालयलगायत निकायलाई दिइएको छ ।
'युरोपको कालोसूचीबाट निस्कन आवश्यक कागजात पठायौं,' प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बिहीबार नागरिकसँग भने, 'भदौ ३० भित्र पठाउनुपर्ने समयसीमा भए पनि पाँच दिनअघि नै पठाइदियौं । हामीले पठाएको कागजात हेरेपछि युरोपेली आयोगबाट सकारात्मक जवाफ आउने आशा छ ।'
सुमनका अनुसार पाँच विषयलाई केन्द्रमा राखेर युरोपेली आयोगलाई कागजात पठाइएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को 'युनिभर्सल सेफ्टी अडिट प्रोग्राम' (युसप–२००९) र 'आइकाओ भ्यालिडेटेड कोअर्डिनेसन मिसन' (आइसिभिएम) अनुसार भएका सुधार, वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) को पुनर्वैधानिकीकरण, एओसीको अवस्था तथा जहाज दुर्घटना छानविन आयोगले दिएका सुझाव र तिनको कार्यान्वयनको अवस्था समेटेर कागजात पठाइको हो ।
'सबै वायुसेवा तथा हेलिकोप्टर कम्पनीले हामीलाई उपलब्ध गराएका कागजात हेर्दा कालोसूचीबाट निस्कन सकिन्छ कि भन्ने आशा छ,' महानिर्देशक सुमनले भने, 'तर, यो सबै आयोगमाथि निर्भर छ ।'
उनका अनुसार आयोगमा चार तरिकाबाट काम अगाडि बढ्ने छ । सबैभन्दा पहिला सम्पूर्ण कागजात पेस गरिने छ । त्यसपछि आगामी असोज ८ मा प्राधिकरण र आयोगका अधिकारीबीच उड्डयन सुरक्षाबारे 'भिडियो कन्फरेन्स' गरिने छ । उताबाट सोधिएका प्रश्नका जवाफ यताबाट दिइने छ । त्यसपछि बेल्जियमको ब्रसेल्समा उड्डयन सुरक्षासम्बन्धी बैठक गर्ने कार्यक्रम छ । त्यसमा सहभागी हुन प्राधिकरण र वायुसेवा कम्पनी सहभागी टोली जानेछ । बैठकको मिति भने टुंगो लागेको छैन ।
त्यसपछि युरोपेली आयोगको उड्डयन सुरक्षा समितिको बैठकमा सहभागी हुन जानुपर्ने कार्यक्रम छ । यो बैठकबारे भने ब्रसेल्समा हुने बैठकबाट टुंगो लाग्ने सुमनको भनाइ छ । युरोपको कालोसूची प्रकरणपछि प्राधिकरण उडान सुरक्षामा थप गम्भिर हुँदै आएको छ । सबै वायुसेवालाई उडान सुरक्षा सुधार गरी कागजात पेस गर्न प्राधिकरणले यसअघि नै निर्देशन दिएको थियो । उनीहरूको एओसी नवीकरण पनि सीमित अवधिका लागि मात्र नवीकरण गरिएको छ । युरोपको कालोसूचीपछि वायुसेवाहरू पनि सुरक्षा सुधार्न वाध्य छन् ।
युरोपेली आयोगले २०७० मंसिर २० गते नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोेपेली युनियन (ईयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो । त्यतिमात्र नभई आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो ।
आयोगले 'ईयु हवाई सुरक्षा सूची' सार्वजनिक गरी नेपालका सबै वायुसेवा कम्पनीलाई ईयुभित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको थियो । नेपालको उड्डयन इतिहासमै पहिलो पटक यति ठूलो घटना भएको हो ।
विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि आयोगले ईयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको आधिकारिक जानकारी दिएको थियो ।
नेपाली उड्डयन विज्ञहरूले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरे पनि यसको भित्री कारण भने 'चीनमा निर्मित ५८ सिटयुक्त 'मोडर्न आर्क' (एमए–६०) सिरिजका जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिइनु' भएको बताएका थिए ।