काठमाडौं, मंसिर १ (नागरिक)- देशमा कस्तो संविधान बन्ने र कति प्रदेश हुने विषय अहिलेसम्म विवादमै छ। यस्तो अवस्थामा संघीयतामा दूरसञ्चार क्षेत्रको स्वरुप र भूमिका कस्तो हुने भन्ने विषयमा अध्ययन गर्न दूरसञ्चार प्राधिकरणको टोली अमेरिका भ्रमणमा जाने तयारी गरिरहेको छ।
संघीयतामा नेपालको दूरसञ्चारको विषयमा अध्ययन गर्ने कार्यक्रम प्राधिकरणको वार्षिक कार्यक्रममा पारिएको हो। अध्ययन, अनुसन्धान गर्ने विषयको ४ नम्बर बुँदामा कार्यक्रम राखिएको छ। यसबारे सोमबार हुने प्राधिकरणको वोर्ड बैठकले निर्णय गर्दैछ।
'देशको संविधान र संघीयताकै विषयमा अहिलेसम्म स्पष्ट खाका तयार भइनसकेको स्थितिमा यो विषयमा कार्यदल गठन गर्न सञ्चालक समितिमा प्रस्ताव गैसकेको छ,' प्राधिकरणका एक अधिकारीले भने। गत साता बसेको सञ्चालक समितिमै यो विषयमा कार्यदल गठन गर्ने प्रस्ताव एक्कासी आएको थियो।
प्राधिकरण सञ्चालक समितिका एक सदस्यको संयोजकत्वमा कार्यदल गठनको प्रस्ताव गरिएको हो। स्रोतका अनुसार समितिमा कानुन मन्त्रालयका सचिवलाई समेत सदस्य राख्ने प्रस्ताव गरिएको छ। 'वार्षिक कार्यक्रमका धेरै कार्यक्रम अहिलेसम्म खासै अघि बढेको छैन, तर संघीयताको अध्ययनमा भने निकै ठूलो चासो दिइएको छ,' प्राधिकरणका कर्मचारीले भने।
संघीयताको ढाँचानै निश्चित भइनसकेको स्थितीमा संघात्मक व्यबस्था भएका मुलुकको अध्ययन गर्ने कार्यक्रम प्राधिकरणले राखेको छ। 'संघीयताबारे बुझ्नुनै छ भने छिमेकी भारत जाँदा पनि हुन्छ,' प्राधिकरणका एक कर्मचारीले भने।
संघीयतामा दूरसञ्चार क्षेत्रको स्वरुप र भूमिका अध्ययन गर्न अमेरिका जान प्रति व्यक्ति कम्तिमा सातलाख रुपैयाँ लाग्ने अनुमान छ। प्राधिकरणले यो विषयमा अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याएको छ। वार्षिक कार्यक्रममा यो विषय राख्न कुनै पनि शाखाबाट प्रस्ताव नगएको स्रोतले बतायो।
'संघात्मक राज्य प्रणालीमा प्राधिकरणको स्वरुप र भूमिका तय गर्ने भन्ने कार्यक्रम सिधै सञ्चालक समितिका पदाधिकारीले राखेका हुन्,' स्रोतले भन्यो।
'अध्ययन, अनुसन्धान केही होइन, प्राधिकरणका केही हर्ताकर्ताका छोराछोरी अमेरिकामा अध्ययनरत छन्, छोराछोरी भेट्न जान यो प्रस्ताव लगिएको हो,' प्राधिकरणका एक कर्मचारीले भने।