काठमाडौं- युरोपले नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेपछिको नकारात्मक असर प्रष्ट रूपमा देखिएको छ। यसको पहिलो शिकार निजी क्षेत्रको प्रमुख हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्स भएको छ।
श्री एयरलाइन्ससँग भाडामा लिएर अफ्रिकामा उडाइरहेका तीनवटा हेलिकोप्टरको ठेक्का संयुक्त राष्ट्र संघले तोडेपछि युरोपेली आयोगको कालोसूचीको असर देखिएको हो। सम्बद्ध स्रोतका अनुसार काम गर्ने अवधि बाँकी हुँदै राष्ट्र संघले ठेक्का तोडेको हो।
'हाम्रा वायुसेवा युरोपका आकासमा उड्ने होइनन्, कालोसूचीले केही फरक पर्दैन भन्दाको परिणाम अब देखिन थालेको छ,' स्रोतले आइतबार नागरिकसँग भन्यो, 'राष्ट्र संघले आह्वान गरेको ग्लोबल टेन्डर जितेर हेलिकोप्टर सेवा दिन अफ्रिका गएको श्री एयरलाइन्स मर्कामा परेको छ। युरोपको कालोसूचीको असर विस्तारै देखिन थालेको छ।'
स्रोतका अनुसार राष्ट्र संघले ठेक्का तोड्नुको कारणमा युरोपेली आयोगको कोलोसूची भन्ने कतै उल्लेख नगरे पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को उड्डयन सुरक्षासम्बन्धी कारण देखाएको छ। 'तर, यसको अर्थ युरोपेली आयोगकै कालोसूची भन्ने हो,' स्रोतले भन्यो।
राष्ट्र संघले श्री एयरलाइन्ससँग भाडामा लिएर २४ सिट क्षमताका तीनवटा हेलिकोप्टर अफ्रिकामा उडाइरहेको थियो। संघले पाँच वर्षदेखि श्रीकै हेलिकोप्टर प्रयोग गरिरहेको छ। ती तीन हेलिकोप्टर अफ्रिकी राष्ट्र सुडान र कंगोमा उडिरहेका थिए। हेलिकोप्टर उडाउने नेपाली र रुसी पाइलट उतै छन्।
काम गर्ने अवधि बाँकी हुँदै राष्ट्र संघले श्रीसँग ठेक्का तोडेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य र परराष्ट्र मन्त्री महेन्द्र पाण्डे गम्भिर भएको स्रोतले जानकारी दियो। सँगसँगै यसबारे राष्ट्र संघसँग कुराकानी गरी समस्या समाधान गर्न सरकारका उच्च अधिकारीहरू सकारात्मक र सक्रिय रहेको स्रोतले दाबी गरेको छ।
हेलिकोप्टर संख्याका आधारमा श्री नेपालकै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी हो। श्री एमआइ–१७ जस्तो ठूलो हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी पनि हो। अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यका जगेडा इन्जिन पनि छ। यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ।
श्रीले डेढ दशकदेखि हेलिकोप्टर सेवा दिँदै आएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने मुलुकको एकमात्र हेलिकोप्ट कम्पनी श्रीसँग हाल रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ तथा ६ सिट क्षमताका दुइटा एएस३५० बिथि्रई गरी आठवटा हेलिकोप्टर सञ्चालनमा छन्।
कम्पनीले सन् २०१४ भित्र अर्को एउटा एएस३५० बिथि्रई र यही वा अर्को कुनै मोडेलका बाँकी तीनवटा २०१५ र २०१६ भित्र ल्याउने योजना बनाएको छ। यसका लागि डेढ अर्ब रुपैयाँसम्म लगानी गर्ने व्यापारिक योजना कम्पनीको छ।
युरोपेली आयोगले २०७० मंसिर २० गते नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोेपेली युनियन (ईयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको थियो। त्यतिमात्र नभई आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो।
आयोगले 'ईयु हवाई सुरक्षा सूची' सार्वजनिक गरी नेपालका सबै वायुसेवा कम्पनीलाई ईयुभित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको थियो। नेपालको उड्डयन इतिहासमै पहिलो पटक यति ठूलो घटना भएको हो।
विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि आयोगले ईयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको आधिकारिक जानकारी दिएको थियो।
कालोसूचीमा परेपछि नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप जान र ईयुभित्र उडान गर्न पाउँदैनन्। त्यसै गरी युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरूले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवाको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान नगर्ने निर्णय भएको जानकारी गराउनुपर्ने आयोगको निर्देशन थियो।
'नेपालको वर्तमान उड्डयन सुरक्षाको अवस्था हेर्दा हामीसँग नेपाली वायुसेवालाई ईयु हवाई सुरक्षा सूचीमा राख्नु नपर्ने कुनै पनि विकल्प बाँकी थिएन,' युरोपेली आयोगले त्यसबेला जारी गरेको विज्ञप्तिमा यातायात हेर्ने उपाध्यक्ष सिम कल्लासले भनेका थिए, 'हामीले युरोपेली उड्डयन सुरक्षा एजेन्सीलाई नेपालका लागि उड्डयन सुरक्षा सहायता परियोजनाको तयारी गर्न निर्देशन दिइसकेका छौं।'
नेपाली उड्डयन विज्ञहरूले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरे पनि यसको भित्री कारण भने 'चीनमा निर्मित ५८ सिटयुक्त 'मोडर्न आर्क' (एमए–६०) सिरिजका जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिइनु' भएको बताएका थिए।
त्यसपछि युरोपेली आयोगले नेपाली उड्डयन अधिकारीलाई केन्द्रीय कार्यालय ब्रसेल्स बोलाएर समग्र उड्डयन सुरक्षा र एमए–६० बारे उपयुक्त जवाफ मागेका थिए। नेपाली टोलीले मंसिर ४ मा नेपालको उड्डयन सुरक्षा अवस्था र एमए–६० जहाजबारे युरोपेली आयोगको उड्डयन सुरक्षा समितिलाई ४० मिनेटसम्म जवाफ दिएका थिए। सम्बद्ध स्रोतका अनुसार उड्डयन सुरक्षाभन्दा चिनियाँ एमए–६० जहाजलाई उडानयोग्य प्रमाणपत्र दिइएको विषयलाई आयोगले गम्भीरताका साथ लिएको थियो।