काठमाडौं- मासिक केही हजार रुपैयाँ बैंकलाई किस्ता तिर्न सक्नेले अब चार पांग्रे सवारी किन्न चिन्ता गर्नुपर्दैन। आफूसँग भएको सीमित रकम 'डाउन पेमेन्ट' को रुपमा तिरेपछि बैंकहरुले चार पांग्रे किन्ने सपना पुरा गरिदिन्छन्।
सात प्रतिशतसम्मको न्युन ब्याजदर र सेवा शुल्क नै नलाग्ने गरी वित्तीय संस्थाहरुले ग्राहकहरुलाई अटो लोनको अफर ल्याएका छन्। मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, किस्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंकलगायतका वाणिज्य बैंकहरुले सस्तो ब्याजमा अटो लोन उपलब्ध गराउन थालेका छन्।
बुधवारदेखि राजधानीमा सुरु भएको नाडा अटो सोमा उपभोक्ताहरुले अटोमोबाइल कम्पनीको स्टलमा मन परेको चार पांग्रे हेरेपछि बैंक र वित्तीय संस्थाको कार्यालयमा धाउनु पर्दैन। खरिदकर्तालाई अटो लोनबारे जानकारी दिन र प्रक्रिया मिलाउन विभिन्न बैंकहरुले मेलामै स्टल राखेका छन्। नेपाल बंगलादेश बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमान्डु र मेगा बैंकले अटो सोममा स्टल राखेका हुन्।
धापासीका नवीन कुमार शर्माले अटो सोमा हुन्डाईको आइ टेन ग्रान्ड खरीद गरे। ' आवश्यक भएर कार किनेको हो,' उनले भने। वर्षा, घाम, चिसो, धुलो र धुँवाबाट जोगिन पनि कार किनेको उनले बताए।
बैंकहरु बीचको प्रतिस्पर्धाले ग्राहकलाई फाइदा पुर्याेउने मेलामा भेटिएका कोटेश्वरका दीपक गौतमले बताए। 'बैंकहरुले ब्याज घटाउने प्रतिस्पर्धा गर्दा ऋण लिएर गाडि किन्न चाहने ग्राहकहरुलाई नै फाइदा पुगेको छ,' उनले भने।
नेपालीको क्रयशक्ति विस्तारै बढेकाले दुई पांग्रे सवारी साधन किन्नेहरु चार पांग्रेतर्फ आकर्षित भएको व्यवसायी बताउँछन्। अहिले बैंकहरुले सस्तो ब्याजदरमा अटो लोन दिने गरेकाले पनि उपभोक्ताहरु दुई पांग्रेभन्दा चार पांग्रेतर्फ आकर्षित भएको नाडाका उपाध्यक्ष तथा हुन्डाई कारको नेपालका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अन्जन श्रेष्ठको अनुभव छ। 'अहिले बैंकहरुले सातदेखि नौं प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन थालेका छन्। यसले गर्दा कार किन्न चाहने उपभोक्तालाई सजिलो भएको छ,' श्रेष्ठले भने।
आर्थिक वर्ष २०७०/७१ मा यातायात व्यवस्था विभागमा दर्ता भएका सवारी साधनमा कार, जीपजस्ता चार पांग्रे हलुका सवारी साधनको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढेको थियो। २०७० साउनदेखि २०७१ असार मसान्तसम्म देशभरमा ११ हजार तीन सय ७२ कार दर्ता भएका थिए। त्यो भन्दा अघिल्लो वर्ष देशभरमा विक्रि भएका चार पांग्रे हलुका सवारी साधनको संख्या नौ हजार पाँच सय ९५ रहेको थियो। आर्थिक वर्ष २०६९/७० मा देशभरमा औसतमा मासिक आठ सय ५० वटा चार पांग्रे विक्रि हुने गरेकोमा २०७०/७१ म्ाा यो संख्या बढेर मासिक नौ सय ४८ वटा पुगेको छ।
अधिकांश बैंकहरुले ऋणको भुक्तानी अवधि ५ देखि ८ वर्षसम्मको तोकेका छन्। बैंकहरुले शुन्य दशमलब ५ प्रतिशतदेखि एक प्रतिशतसम्म सेवा शुल्क लिने गरेका छन्। माछापुच्छ्रे बैंकले भने अटो सोका पाँच दिनमा अटो लोन दिने ग्राहकहरुका लागि सेवा शुल्क नलिने बताएको छ। 'यो अटोमोवाइलको ठूलो प्रदर्शनी भएकाले हाम्रो बैंकबाट चार पांग्रे साधन किन्ने ग्राहकसँग कुनै प्रोसेसिङ चार्ज लिएका छैनौं' माछापुच्छ्रे बैंकको ऋण विभागकी कविता गुरुङले भनिन्। ऋण तिर्ने अवधीभर बजारमा ऋणको ब्याज दर घटेमा बैंकले ब्याज दर पनि घटाउने उनले बताइन्। बैंक अधिकारीका अनुसार सामान्यतयाः तीन देखि पाँच दिन भित्र अटो लोनको प्रक्रिया पुरा हुन्छ।
'सवारी साधनको मूल्यको असी प्रतिशतसम्म ब्याज दिने हाम्रो योजना भने आकर्षक छ,' मेगा बैंकका सहायक सम्पर्क अधिकृत सुवर्ण कुँवरले भने।
अहिले अटो लोन दिने वाणिज्य बैंकहरूको संख्या ३० छ भने विकास बैंक ८४ वटा छन्। ५३ वित्तीय संस्थाले पनि यही शीर्षकमा कर्जा प्रवाह गर्दै आएका छन्। गत आर्थिक वर्ष २०७०/०७१ मा सम्पूर्ण वित्तीय संस्थाले ६३ अर्ब रुपैयाँबराबरको अटोसम्बन्धी कर्जा प्रवाह गरेका छन्। यो कर्जा अघिल्लो आवको तुलनामा १६.६७ प्रतिशतले बढी हो। अघिल्लो आव ०६९/७० मा सम्पूर्ण वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँ बराबरको अटो कर्जा प्रवाह गरेका थिए।
बैंकको नाम ब्याज दर
(प्रतिशत) फाइनान्स भुक्तानी अवधी सेवा शुल्क
नबिल बैंक ९.५–११ प्रतिशत अधिकतम ६० लाख रुपैयाँ ६ वर्ष १ प्रतिशत
नेपाल इन्भेस्टमेन्ट बैंक १२–१३ प्रतिशत ८० प्रतिशतसम्म ५ वर्ष १ प्रतिशत
नेपाल बंगलादेश बैंक ८.९९ ९० प्रतिशतसम्म ८ वर्ष ०.५ प्रतिशत
एनआइसी एसिया ७.९९ ७० देखि ८० प्रतिशत ६ वर्ष १ प्रतिशत
बैंक अफ काठमान्डु ८.८५ ८० प्रतिशतसम्म ८ वर्ष १ प्रतिशत
मेगा बैंक ७.७५ ८० प्रतिशत ८ वर्ष १ प्रतिशत
सानिमा बैंक ७.९९ ८० प्रतिशत ७ वर्ष १ प्रतिशत
माछापुच्छ्रे बैंक ८.९९ ८० प्रतिशत ७ वर्ष ० प्रतिशत
लक्ष्मी बैंक ७.५ ८० प्रतिशत ७ वर्ष ०.५ प्रतिशत
किस्ट बैंक ७.९९ ८० प्रतिशतसम्म ८ वर्ष ०.५ प्रतिशत
स्टान्डर्ड चार्टर्ड बैंक ठ।घढ ८० प्रतिशतसम्म ५ वर्ष ०.५ प्रतिशत