इलाम-पचास वर्षका लागि निजीकरण भएको नेपाल चिया विकास निगमअन्तर्गतका कमान र कारखानामा काम गर्ने मजदुरको चरम अभाव भएको छ। इलाम र झापामा सञ्चालित सातवटा कमान तथा कारखानामा निजीकरणपछि थोरै पारिश्रमिक दिइँदा झण्डै ६० प्रतिशत मजदुरले काम छोडेका छन्।२०५७ मा निजीकरण हुनुअघि दुई हजार तीन सय मजदुर कार्यरत रहेकामा अहिले नौ सय ५० हाराहारी मात्र छन्। पहिलेको तुलनामा ६० प्रतिशत प्रतिशत मजदुर घटेपछि कमान र कारखानाको काममा चौतर्फी समस्या छ। चिया उद्योगमा काम गर्न नयाँ मजदुर खासै नआउने निगमले जनाएको छ।
सिटिसी, अर्थोडक्स र ग्रिन टी उत्पादन गरी विदेश निर्यात गर्ने उद्योगमा मजदुर कम हुँदा मुख्य गरी हरियो पत्ती टिपाई, बोट काँटछाँट र प्रशोधनमा समस्या छ। ठूलो क्षेत्रफलमा फैलिएका सात कमानमा नयाँ मजदुरको आकर्षण नहुँदा यो समस्या दीर्घकालीन बन्ने देखिएको छ।
त्रिवेणी गु्रपले ५० वर्षलाई निजीकरण गरेपछि मजदुरलाई दैनिक एक सय ८० देखि दुई सय एक रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ। निगमका प्रशासन प्रमुख लोकनाथ दंगालका अनुसार, टोकला, बर्ने र बाह्रदशीमा दुई सय एक, कन्याममा एक सय ८६ र इलामका अरु तीनमा एक सय ८० रुपैयाँ दिइन्छ।
निजीकरण हुँदा चिया उद्योगमा कार्यरत मजदुरको दैनिक ज्याला ७४ रुपैयाँ थियो। दैनिक आठ घन्टा काममा खट्नुपर्ने मजदुरले निजीकरणको १४ वर्ष बित्दा एक सय ५८ रुपैयाँ मात्रै पाउने भएपछि कामप्रति असन्तुष्ट भई उद्योग छोड्ने गरेका हुन्। निगमले भने अरु नै कारण देखाउँदै मजदुर घटेको दाबी गरेको छ।
सदरमुकाममा ४९ हेक्टर क्षेत्रफलमा फैलिएको इलाम कमानमा दशकअघि एक सय २० मजदुर कार्यरत थिए। अहिले ३० जनामात्र छन्। एकपछि अर्को मजदुरले उद्योग छोड्न थालेपछि हरियो पत्ती टिप्ने, राउन्ड पुर्यारउने, औषधी छर्किने, बोट काँटछाँट गर्ने, झाडी सफा गर्नेजस्ता अत्यावश्यक काम अवरुद्ध छन्।
‘आवश्यकताभन्दा थोरै मजदुर भएकाले कमानका धेरै काममा बाधा छ,' कमानकी कर्मचारी इन्दिरा गुरुङले भनिन्, ‘खोज्दा पनि नयाँ मजदुर नआएकाले समस्या बढेको हो।' मजदुर अभावले यो ऐतिहासिक कमानमा चियाका बोटलाई झारले थिचेको छ। किरा व्यवस्थापन गर्न औषधी छर्किन सकिएको छैन।
कामको तुलनामा सुविधा न्यून भएकाले मजदुर चिया उद्योगप्रति असन्तुष्ट छन्। मजदुरलाई निगमले अस्थायी घर, दुई वर्षमा एउटा थर्मस र छाता, महिनामा तीनसय ग्राम चिया पत्ती, चाडपर्वबापत वर्षमा १३ दिन र हप्तामा एकदिन बिदा दिन्छ। किरिया र सुत्केरी बिदा धेरै मजदुरलाई चित्तबु‰दो छैन।
‘अरुतिर आठ घन्टा काम गर्दा निकै कमाइन्छ,' भरखरै काम छोडेकी कन्यामकी एक मजदुरले सुनाइन्, ‘चियामा मरिहत्ते गरेर खट्दा पनि दुईछाक टार्नै गाह्रो भएपछि निस्किएकी हुँ।' निजी चिया उद्योगमा दैनिक ६ घन्टा खट्दा दुई सय रुपैयाँभन्दा बढी कमाउने जनाउँदै उनले ज्याला नबढाए सरकारीमा अझै मजदुर घट्ने बताइन्।
‘धेरै पैसा कमाउने सपना बुन्दै कमानको काम छोडेर मजदुर बिदेसिन थालेपछि जनशक्ति अभाव हुन थाल्यो,' दंगालले नागरिकसित भने, ‘पहिले कमानको काम भनेपछि मरिहत्ते गर्नेहरु विदेश जानाले यस्तो समस्या आएको हो।' मजदुर घटेपछि निगमले अहिलेका थोरै मजदुरलाई ओभरटाइम खटाउँदैछ।
तराईका कमानमा कार्यरत मजदुरले आठ घन्टाभित्र २६ किलो किलो र पहाडकाले १६ किलो हरियो पत्ती टिप्नैपर्ने निगमको नियम छ। ‘ड्युटी अवधिमा त्योभन्दा बढी टिपे तौलअनुसार छुट्टै पारिश्रमिक दिन्छौं,' दंगालले सुनाए, ‘मजदुरलाई असुविधा नहोस् भनेर हामीले सक्नेसम्म सुविधा दिएका छौं।'
विवाह गरी अन्त जाने, कालगतिले मृत्यु हुने, बिरामी भएर छोड्ने र पढ्न सहर पस्ने क्रमले पनि चिया उद्योगमा मजदुर घटेका हुन्। स्वेच्छिक अवकाश लिन चाहनेले समेत राजीनामा स्वीकृत नगराई काम छोड्ने गरेको दंगाल बताउँछन्। वर्षमा झण्डै एक सय स्थायी मजदुरले काम छोड्दा उद्योगमा जनशक्ति अभाव छ।