चितवन- नेपालमा हाइब्रिड मकै बीउको माग उच्च छ तर स्वदेशमा बीउ उत्पादन फस्टाउन सकेन। मकैका हाइब्रिड जात विकास भए पनि व्यावसायकि बीउ उत्पादन हुन नसक्दा किसान भारतीय कम्पनीका बीउ किन्न बाध्य छन्। भारतीय बीउ दुई हजार टनसम्म नेपाल आउँछ भने नेपाली हाइब्रिड मकैको बीउ १० टन हाराहारीमात्रै उत्पादन हुन्छ।
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले मकैका तीनवटा हाइब्रिड जात विकास गरेको छ। दुईवटा हाइब्रिड जातको अनुसन्धान सकिएर बीउ सिफारिस गर्ने अन्तिम तयारी भएको छ। हाइब्रिडका पाँचवटा जात विकास भइसक्दा पनि व्यावसायिक बीउ उत्पादन वार्षिक १० टन हाराहारीमात्र छ।
नेपाल बीउ व्यवसायी संघका अध्यक्षसमेत रहेका मित्रराज दवाडीको बीउ उत्पादक कम्पनी सियान सिड्स नेपाली हाइब्रिड मकै बीउ उत्पादनमा पनि अग्रसर छ। अनुसन्धानबाट निस्केको नेपाली हाइब्रिड मकै बीउ गुणस्तरमा अब्बल नभएकाले व्यावसायिक उत्पादन फस्टाउन नसकेको उनको भनाइ छ।
रामपुरले सन् २००३ मा पहिलोपटक गौरव नामको नेपाली हाइब्रिड मकैको जात विकास गरेको थियो। 'त्यसको व्यावसायिक बीउ उत्पादनमा हामीले पनि हात हालेका थियौं तर सफल भएन। हाम्रो १४/१५ लाख रुपैयाँ नोक्सान भयो,' दवाडीले भने।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका प्रमुख केशबबाबु कोइरालाका अनुसार अनुसन्धानका क्रममा नेपाली हाइब्रिडको उत्पादन राम्रो देखिन्छ। गौरवले प्रतिहेक्टर नौ टन उत्पादन दिएको थियो। त्यस्तै सन् २०१२ मा निस्केको रामपुर–२ ले साढे आठ टन र गत वर्ष निस्केको खुमलले नौ टन हाराहारी उत्पादन दियो।
अनुसन्धानको अन्तिम चरणमा रहेका दुई हाइब्रिडको उत्पादन पनि यसैको हाराहारी रहेको कोइराला बताउँछन्। विदेशी हाइब्रिडको उत्पादन क्षमता पनि योभन्दा बढी छैन। अनुसन्धानबाट निस्केको बीउ व्यावसायिक बीउ उत्पादक कम्पनी, समूह र सहकारीलाई दिने गरिन्छ। उनीहरुले उत्पादन गरेको बीउ बल्ल किसानले किन्ने गर्छन्।
'रामपुरले विकास गरेको जात ल्याएर हामीले किसानलाई दिने बीउ उत्पादन गर्छौैं। तर रामपुरबाट हामीले ल्याएको हाइब्रिडको बीउ उत्पादन फस्टाउन नसक्नुमा अनुसन्धानमै कमजोरी देखिएका छन् त्यसलाई सुधार गर्न आवश्यक छ,' दवाडीले सुझाए।
दवाडीका अनुसार नेपाली हाइब्रिडमा भाले तत्व कमजोर देखिएको छ। मकैमा धान चमर पनि सँगसँगै लाग्दैन। यसो हुँदा दाना कम फल्ने गर्छ। दाना कम लाग्दा लगानी धेरै फाइदा कम हुन्छ। 'हामीले यही कमजोरी देखाएका छौं। त्यसमा सुधार हुन पर्छ। सुधार नभएसम्म घाटा सहेर कस्ले बीउ उत्पादनमा लागनी गर्छ र?,' दवाडीले भने।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमलाई सरकारले वर्षमा १२ लाख रुपैयाँ बजेट दिने गर्छ। कम बजेट प्रभावकारी अनुसन्धानमा अवरोध बनेको अधिकारी बताउँछन्। '५०/६० लाख रुपैयाँ बजेट आए प्रभावकारी अनुसन्धानमा मद्दत पुग्ने थियो,' मकैबाली अनुसन्धान कार्यक्रमका प्रमुख कोइरालाले भने।
भारतबाट भित्रिएको हाइब्रिड मकैमा दाना नलागेपछि सरकारले किसानलाई २० करोड रुपैयाँभन्दा धेरै क्षतिपूर्ति दिएको छ। 'नेपालमै राम्रो हाइब्रिड निकाल्न सके यो रकम जोगिन्थ्यो। अनुसन्धानमा पर्याप्त बजेट दिए यस्तो अवस्था आउने थिएन,' कोइरालाले भने।
कोइरालाका अनुसार नेपालमा साढे आठ लाख हेक्टरमा मकैखेती हुन्छ। आठ प्रतिशत जमिनमा मात्रै उन्नत जातको हाइब्रिड बीउ प्रयोग हुन्छ। राष्ट्रिय बीउबिजन समितिका सदस्यसमेत रहेका दवाडीका अनुसार नेपालमा वार्षिक दुई हजार टन भारतीय हाइब्रिड मकै बीउ आयात हुन्छ।