काठमाडौं-तीजपर्व नजिकिदै गर्दा इन्द्रचोकको पोते बजारमा दैनिक १२ लाख रुपैयाँ बराबरको कारोबार हुन थालेको छ। अरु बेला एउटा पसलमा दैनिक ५ देखि १० हजारसम्मको कारोबार हुने पोते बजारमा तीज र विवाहको मौसममा भने व्यापार तीन गुणाले बढ्ने गरेको व्यापारीले बताएका छन्।इन्द्रचोकस्थित पोतेबजारमा रहेका ४० ओटा पसलबाट दैनिक ३० हजार भन्दा बढिको पोते बिक्री भइरहेको व्यपारी हस्मत मियाँले बताए। विशेषगरी विवाहको सिजनमा व्यापक रुपमा बढ्ने पोतेको व्यापार त्यसपछी तीजमा नै बढ्ने गरेको उनले बताए। उक्त पोतेबजारमा भदौ एक गतेदेखि नै दैनिक हजारौंको संंख्यामा ग्राहकहरु अवलोकन गरिरहेको व्यवसायीले बताएका छन्। तीजको समयमा महिलाहरुले आफुले लगाउन मात्र नभई अरुलाई पनि उपहार दिन पोते किन्ने गरेकाले व्यापार बढेको मियाँको अनुमान छ। उनको पसलमा अहिले दैनिक २ सयभन्दा बढी ग्राहक पोते वा पोतेका लहरा खरिद गर्न आउने उनले बताए। साउन महिनामा पनि हरियो पोतेको व्यापार उल्लेख्य रहेको अर्का व्यापार अब्दुल हुसेनले बताए। साउन महिना देखि सुरु भएको व्यापार तीज आउनु दुई हप्ताहदेखि उल्लेख्य रुपमा बढेको उनले जानकारी दिए ।
‘विवाहको मौसमबाहेक अन्य बेलामा खास व्यापार हुँदैन। साउन महिनालागेसँगै तीज पर्व पनि सुरु हुने भएकाले पोतेको व्यापार उल्लेख्य रुपमा बढ्ने गरेको छ,' हुसेनले भने। काठमाडौंमा बस्ने महिलाहरुले केही वर्षसम्म नौ गेडी, तिलहरीका लागि पोते खरिद गर्न आउँथे भने अहिले धेरैजसो महिला ‘जन्तर' का लागि रातो पोते खोज्दै आउने गरेको उनले बताए।
कीर्तिपुरकी शान्ति महर्जन साडीको रंगसँग मिल्ने पोते छान्दै गर्दा पोते बजारमै भेटिइन्। ‘कलर म्याच हुने गरी साडी, स्यान्डल छानेर अव पोते छान्न यहाँ पसेको ' उनले भनिन्। महर्जनले तीजको बेलामा आफ्ना साथीहरुसँग चुरा पोते साटासाट गर्ने गरेको सुनाइन्। ‘धेरै महँगो पनि हुँदैन। तीजको बेला ‘भ्यालुएबल' पनि हुन्छ' उनले भनिन्।
आफ्नो पसलमा अहिले पोतेको व्यापार ५० प्रतिशतभन्दा बढीले बढेको पोतेबजारका अर्का व्यापारी सलिम उदिनले बताए। ‘कट र पोलिस गरी दुई प्रकारका पोते धेरै बिक्री हुन्छ,' उनले भने। विगत केही वर्ष देखि तीज अगावै महिलाहरु घरघरमा भेला भई दर खाने चलन बढ्दै गएको र त्यसैले पनि एकअर्कालाई उपहारको रुपमा चुरा तथा पोते आदानप्रदान गर्ने प्रचलन बढ्दै गएकाले यसको विक्रि व्यापक रुपमा बढ्ने गरेको व्यवसायी उदिनको अनुभव छ।
तीजका लागि सुनको ‘जन्तर' खरिद गरेकी गोंगबुकी आरती थपलिया पोतेको लहरा खरिद गर्न पुगेकी थिइन। अरु ठाउँमा भन्दा सस्तोमा पनि पाइने र राम्रो पनि हुने भएकाले वर्षौदेखि असनको पोते बजारमा पोते खरिद गर्ने गरेको उनले सुनाइन्। तीजमा आफन्तका लागि पनि उपहार दिन पोते खरीद गर्न लागेको उनले बताइन्। खासगरि माइती पक्षले छोरी, चेलीलाई विभिन्न खालका कपडा,गहना उपहार दिने गर्ने भएकाले पनि पोते बजारमा तीजको समयमा निकै भीड हुने गरेको उनको अनुभव छ।
वर्षौदेखि व्यवसाय सञ्चालन गर्दै आएका मुस्लिम समुदायको पोते बजारमा पारिवारिक व्यवसाय जस्तै रहेको उदिनले बताए। अहिले नेपाली बजारमा भारत, जापान, चीनसहित युरोपको चेक रिपब्लिकबाट आयात गरिएका २० रुपैयाँ देखि ५०० रुपैयाँसम्मका पोतेका लहरा पाइन्छन्। चीनबाट आयात गरिएका पोते तुलनात्मक रुपमा महँगो पर्ने उनीहरुले बताए।