काठमाडौं- मुलुकको निजी क्षेत्रले विभिन्न समयमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गरे पनि कुनै दिगो हुन सकेनन्। कुनै केही वर्ष त कुनै तीन महिनामै बन्द हुन पुगे। पछिल्लो पटक यहाँबाट सञ्चालित बिबी एयरवेजमात्र नभई विगतमा कस्मिक एयरदेखि नेकोन एयर, एभरेस्ट एयर, एयर नेपालजस्ता कम्पनी दिगो हिसाबमा चल्न सकेनन्। यसबाट सधैं एउटै निचोड आउँथ्योे– 'अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गर्ने ल्याकत निजी क्षेत्रसँग छैन।'
तर, त्यही निचोडलाई गलत साबित गर्न वित्तीय र पर्यटन क्षेत्रमा स्थापित दुई समूह 'हिमालय एयरलाइन्स' ब्रान्डमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गर्न अगाडि आएको छ। दुवै समूहको वित्तीय क्षमता बलियो मानिन्छ।
पृथ्वीबहादुर पाँडे अध्यक्ष रहेको एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी प्रालि र आङछिरिङ शेर्पा अध्यक्ष रहेको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिले हिमालय एयरलाइन्समा लगानी गरेका छन्। नेपालका यी कम्पनीलाई चीनको तिब्बतस्थित तिब्बत एयरलाइन्स प्रालिले सघाएको छ। हिमालयमा नेपाली कम्पनीको ५१ प्रतिशत र तिब्बतको ४९ प्रतिशत लगानी छ।
एचआइएफ बैंक तथा वित्तीय संस्था, पर्यटन, जलविद्युतलगायत क्षेत्रमा लगानी गरिरहेका स्वदेशी उद्योगीहरूको कम्पनी हो। यती वर्ल्ड इन्भेस्टमेन्ट यती एयरलाइन्स ग्रुप अफ कम्पनिजको भगिनी संस्था हो। यो समूहले यती एयरलाइन्स, तारा एयर, गोकर्ण गल्फ रिसोर्ट, जोमसोम माउन्टेन रिसोर्ट, थामसेर्कु ट्रेकिङ, क्रिएटिभ ट्राभल्सलगायत कम्पनी सञ्चालन गरिरहेको छ।
उनीहरूलाई सघाउने तिब्बत एयरलाइन्सको प्रमुख साझेदारमा सरकारी कम्पनी एयर चाइना र तिब्बतको प्रान्तीय सरकार छन्। यसले सन् २०११ बाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। हाल कम्पनीसँग ए३१९ सिरिजका नौ जहाज सञ्चालनमा छन्। त्यसबाहेक यही वर्ष ए३२० सिरिजका ३० नयाँ जहाज थप्ने घोषणा यसले गरिसकेको छ। २०२० सम्ममा ४० जहाज पुर्याडउने लक्ष्य छ। यसले चीनका २४ गन्तव्यमा उडान गरिरहेको छ।
हिमालयमा २ करोड ५० लाख अमेरिकी डलर (करिब २ अर्ब ५० करोड रुपैयाँ) लगानी भएको छ। आगामी पाँच वर्षभित्र कम्पनीको कुल लगानी १ अर्बदेखि १ अर्ब ५० करोड डलर (करिब १ खर्बदेखि डेढ खर्ब रुपैयाँ) सम्म पुर्यााइने कम्पनीले जानकारी दिएको छ।
'वित्तीय हिसाबमा हेर्दा हिमालय एयरलाइन्स दिगो रूपमा अगाडि बढ्ने देखिन्छ,' प्रमुख आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बिहीबार नागरिकसँग भने, 'चिनियाँ सरकारकै स्वामित्व भएको तिब्बत एयरलाइन्सले लगानी गरेकाले हिमालय स्थापित हुनसक्छ। त्यसमाथि यहाँबाट दुई स्थापित व्यासायिक समूह रहेकाले थप बलियो भएको छ।'
अन्तर्राष्ट्रिय उडानको लाइसेन्ससमेत भएको बुद्धले यसअघि भुटानको पारो र भारतको लखनऊ उडान गरेको थियो। घाटा भएपछि दुवै रुट बन्द गरिसकेको छ। हाल बनारससम्म गइरहेको छ। 'अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न धेरै नै गाह्रो हुन्छ,' करिब दुई दशकदेखि हवाई उद्योगमा संलग्न बस्नेतले भने, 'बलियो वित्तीय अवस्था र उत्कष्ट व्यवस्थापन नभएसम्म अन्तर्राष्ट्रिय उडानको कल्पना नगरे हुन्छ।'
चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटक बढ्दै गएका कारण पनि हिमालय एयरलाइन्सलाई दिगो हुन थप वल मिल्ने बस्नेतको भनाइ छ। पहिलो चरणमा चिनियाँ सहरबाट उडान गर्ने हिमालयको योजनाले काम गर्ने उनले बताए। यसबाट यात्रुलाई पनि फाइदा पुग्ने र पर्यटक पनि बढ्ने उनले उल्लेख गरे।
'हिमालयमा भएको लगानी हेर्दा चिनियाँ कम्पनी दीर्घकालीन रणनीति र योजनाका साथ नेपालको पर्यटन तथा हवाई उद्योगमा लगानी गर्न आएको देखिन्छ,' बस्नेतले भने, 'चीनपछि भारतका नयाँदिल्लीलगायत सेक्टरमा जाने हिमालयको योजना भए पनि कडा प्रतिस्पर्धामा उत्रिनुपर्ने हुन्छ। सञ्नाफाको मार्जिन असाध्यै कम हुन्छ।'
करिब एक दर्जन अन्तराष्ट्रिय वायुसेवा कम्पनीको नेपाल व्यवस्थापन सम्हाल्दै आएको प्रेसिडेन्ट ट्राभलका संस्थापक अध्यक्ष भोलाविक्रम थापाको भनाइमा एचआइएफ र यती वर्ल्ड दुवै समूहसँग व्यापार गर्ने क्षमता छ। वायुसेवा कम्पनीको कमाइ सीमित हुने तर, खर्च अधिक हुने भएकाले हिमालयले यसलाई राम्रोसँग बुझेको उनको अनुमान छ।
'हिमालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी आन्तरिक वायुसेवा कम्पनीहरूसँग पनि सहकार्य गर्दै जानुपर्छ,' थापाले भने, 'गतिला कर्मचारी, गतिलो व्यवस्थापन र गतिलो बजार रणनीति भयो भने हिमालयले उचाइ लिन्छ। नेपालीले सञ्चालन गर्ने भएकाले सबैले सक्दो सहयोग गर्नुपर्छ। यसमा मेरो पनि पूर्ण सहयोग रहनेछ।'
यती एयरलाइन्स र तारा एयरका समूह कार्यकारी निर्देशक विजय श्रेष्ठले समग्र सम्पत्ति र लगानी हेर्दा हिमालय सफल हुने दाबी गरे। त्यसमा तिब्बत एयरलाइन्सको लगानीबाट थप वल मिलेको उनले बताए। हिमालयको सबै प्राविधिक/व्यवस्थापकीय एवं बजार प्रवर्द्धनका लागि तिब्बतले आवश्यक सहयोग गर्ने उनले जानकारी दिए।
'हामीसँग हिमालयलाई दिगो बनाउने धेरै आधार छन्। बलियो वित्तीय अवस्था भएका कम्पनी, उत्कष्ट व्यवस्थापन, नेपाल आउने हरेक अन्तर्राष्ट्रिय वायुसेवाका कम्तीमा १० प्रतिशत बजार हिस्सा लिने आँट छ,' श्रेष्ठले भने, 'हामी वित्तीय रूपमा डराउँदैनौं, सफल भएरै छाड्छौं।'
हिमालयले काठमाडौंलाई आधार गरी आगामी कात्तिक ११ बाट तिब्बतको ल्हासा उडान सुरु गर्नेछ। हिमालयले पहिलो चरणमा १ सय ३० सिट क्षमतायुक्त एयरबस ए३१९–१०० सिरिजको एउटा जहाजबाट सञ्चालन गर्नेछ। त्यसपछि चीनकै अर्को सहर चेङ्दु उडान गर्ने योजना छ।
दोस्रो चरणमा भारतको नयाँदिल्ली उडान गर्नेछ। हिमालयले पहिलो तीन वर्ष ए३१९–१०० सिरिजकै पाँचवटा जहाज सञ्चालन गर्ने जनाएको छ। त्यसपछि युरोप, अमेरिका र अस्ट्रेलियाजस्ता लामो दुरीका गन्तव्यमा उडान गर्न ए३३० वा बोइङ ७७७ जस्ता वाइड बडी जहाज ल्याउने योजना बनाएको छ।
'अनुभवी वायुसेवा कम्पनीसँग साझेदारी गरेका छौं,' एचआइएफका निर्देशक सुमन पाँडेले भने, 'निजी क्षेत्रबाट बलियो वित्तीय अवस्था, उत्कृष्ट व्यवस्थापनसहित दिगो हिसाबमा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न अगाडि आएका छौं। अवश्य सफल हुन्छौं।'
हिमालय एयरलाइन्सको नामबाट उडान गर्ने भए पनि यसको औपचारिक नाम भने यती एयर इन्टरनेसनल प्रालि हो। यसैको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरेको छ।
हिमालयले हाल १४ मुलुकमा उडान गर्न अनुमति पाएकेा छ। पहिलो वर्ष कम्तीमा तीनवटा र दोस्रो वर्षभित्र थप दुई गरी पाँच जहाज पुर्यागउने लक्ष्य लिएको छ। कम्पनीले पँाच वर्षभित्र कम्तीमा १५ जहाज सञ्चालन गर्ने पनि योजना बनाएको छ।