चितवन-घिउकुमारी खेतीको आडमा किसान ठगेको आरोपमा पक्राउ परेका भरतपुरमा मुख्य कार्यालय रहेको पाम एग्रोटेक एन्ड बायो इनर्जी नेपाल प्रालिका अध्यक्ष रुद्र गिरीसँग चितवन जिल्ला अदालतले मंगलबार ४० लाख रुपैयाँ धरौटी मागेको छ। माग गरेको धरौटी नबुझाएका कारण उनी कारागार चलान भएका छन्।घिउकुमारीको पात र बेर्ना किन्ने लिखित सर्त पूरा नगरेको र किनेका पात र बेर्नाको भुक्तानी नदिएको भनेर किसानले गिरीविरुद्ध उजुरी गरेका थिए। साउन २ गते समातिएका गिरीविरुद्ध साउन ४ गते चितवन जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेको थियो। घिउकुमारी लगाएका ११ जना किसानले उनीसँग ८७ लाख २४ हजार रुपैयाँ हर्जाना माग गरेका थिए।
‘हर्जाना माग गर्ने किसान फेरि थपिएका छन्। थप २९ जनाले तीन करोड नौ लाख ६८ हजार ६ सय पाँच रुपैयाँ माग दाबी गरेर भोलि फेरि लिखित उजुरी दिँदै छन्,' किसानबाट गठित संघर्ष समितिका संयोजक रामनाथ अधिकारीले भने। देशका ५५ जिल्लामा लगभग चार सय हाराहारी किसानले घिउकुमारी खेती गरेको संघर्ष समितिको भनाइ छ।
‘अदालतले माग गरेको धरौटी वा सो बराबरको जायजेथा राख्न नसकेका कारण रुद्र गिरीलाई थुनामा राख्न कारागार पठाइएको छ,' चितवन जिल्ला अदालतका स्रेस्तेदार विद्याराज पौडेलले भने। अदालतले माग गरेको रकम वा सो बराबरको जायजेथा पेश गरे गिरी कारागार बस्नु पर्दैन। पीडित संघर्ष समितिले भने किसान ठगिएको विषयलाई राष्ट्रियकरण गर्ने बताएको छ।
आयुर्वेदिक औषधी कम्पनी, अन्य औषधि कम्पनी, सौन्दर्य प्रशाधन उद्योग, खाद्य उद्योग र व्यक्तिगत तवरमा जुस खानेका कारण एलोभेरा बिक्री गर्न समस्या नहुने भन्दै गिरीको पामले किसानलाई खेती गर्न हौस्याएको थियो। नेपालमा मात्रै नभएर विदेश निर्यात गर्ने सकिने योजनासमेत किसानलाई सुनाइएको थियो।
बिरुवा लगाएको १३ महिनापछि पहिलोपटक पात निकालेर बेच्न सकिने कम्पनीको भनाइ थियो। १५ हजार बिरुवा लगाए पहिलो वर्ष पात र बिरुवा बेचेर १७ लाख ७५ हजार रुपैयाँ आम्दानी लिन सकिने भनिएको थियो। यसका लागि पहिलो वर्षमा सवा नौ लाख र दोस्रो वर्षदेखि पौने तीन लाख रुपैयाँ खर्च गर्नुपर्ने हिसाब देखाइएको थियो।
निःशुल्क ढुवानी र प्राविधिक खर्चको आश्वासन पाएपछि एकपछि अर्को किसान रोप्न तम्सिए। गिरीले अमेरिका, ल्याटिन अमेरिका, अस्ट्रेलिया, चीन, रुस, जापान र भारतबाट वर्षेनी अर्बौं रुपैयाँको माग घिउकुमारीजन्य उत्पादन आउने गरेकाले नेपालमै खपत गर्न कुनै गाह्रो नहुने बताएका थिए।