काठमाडौं-सुनचाँदी व्यवसायी, सरकारी निकाय र उपभोक्ता अधिकारकर्मीबीच एक वर्षसम्म विवादमा रहेको सुन, चाँदी, हीरा तथा बहुमूल्य धातुका गहना अनुगमन तथा नियमन निर्देशिका २०७१ को प्रस्तावित मस्यौदाबारे सरकारले थप अध्ययन गर्ने भएको छ। यससँगै यो साता आउने भनिएको निर्देशिका पारित हुन अझै कम्तीमा दुई साता लाग्ने भएको छ।नागरिक दैनिकमा सोमबार यससम्बन्धी समाचार प्रकाशित भएपछि थप अध्ययन गर्न गर्न लागिएको हो। सरकारले व्यवसायी पोस्न २७ प्रतिशतसम्म मुनाफा सुनिश्चित हुने प्रावधानसहित निर्देशिका ल्याउन लागेको खबर सोमबार नागरिकले छापेको थियो।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता संरक्षण परिषद र उद्योग वाणिज्य महासंघका प्रतिनिधि सम्मिलित सोमबारको बैठकले निर्देशिकालाई थप परिमार्जन गर्न अझ बढी अध्ययन गर्ने निर्णय गरेको हो। व्यवसायीको मागअनुसार निर्देशिका पारित गर्दा उपभोक्ता मर्कामा पर्ने भएकाले यसलाई अझ अध्ययन गर्ने टुंगोमा मस्यौदा टोली पुगेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘व्यवसायीको मागअनुसार पाँचदेखि २० प्रतिशतसम्म जर्ती अन्तर्राष्ट्रिय मापदण्डविपरीत छ। सरकारले यस्तो माग पूरा गर्दैन,' उनले भने।
अहिले पनि क्षम्य सीमा (टोलरेन्स) सीमा र जर्तीकै विषयमा विवाद भएको छलफलका एक सहभागीले बताए। एक महिनाअघि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण महासंघका प्रतिनिधिले वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई भेटी नयाँ निर्देशिकामा पाँचदेखि २० प्रतिशतसम्म जर्ती काट्न पाउने, कम्तीमा दुई प्रतिशत क्षम्य सीमा (टोलरेन्स) को व्यवस्था हुनुपर्ने र पुराना गहना किन्दा पाँच प्रतिशत मूल्य कटौती गर्न पाउने माग राखेका थिए।
उपभोक्ता र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी निर्देशिका ल्याउनुपर्नेमा उपभोक्ता हित संरक्षण परिषदका सदस्य कृष्णप्रसाद भण्डारी जोड दिन्छन्। ‘व्यवसायीलाई पनि घाटा नहुने र उपभोक्ता पनि नठगिने गरी ‘विन–विन'को अवस्था सिर्जना हुने निर्देशिका ल्याइनुपर्छ,' उनले भने। उपभोक्ताको हितमा हुने गरी निर्देशिका परिमार्जन हुने टोलीको बैठकले निर्णय गरेको उनले बताए।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य भने पछिल्लो समयमा सरकारले एकतर्फी रुपमा निर्देशिका ल्याउन लागेको आरोप लगाए। सुनचाँदी निर्देशिकामा ‘सबैभन्दा महत्वपूर्ण सरोकारवाला व्यवसायीलाई नै सामेल नगराइएको' उनको आरोप छ। ‘सरकारी पक्षले व्यवसायीलाई समावेश गर्न सकेको छैन। बैठक र निर्णयबारे हामीसँग कुनै छलफल भएको छैन,' उनले भने। व्यवसायीको सहभागिताबिना सरकारले लुकी–छिपी बनाएको निर्देशिका कार्यान्वयन कठिन हुन सक्ने शाक्यले बताए। ‘हामीलाई अन्तिम मस्यौदा हेर्नसमेत दिइएको छैन,' शाक्यले गुनासो गरे। प्रस्तावित निर्देशिकामा के छ भन्नेसमेत व्यवसायीलाई जानकारी नभएको उनले बताए।
सरकारले लामो समयदेखि सुनचाँदी र हीराका गहनामा हुन सक्ने अनियमितता नियमन गर्न यो निर्देशिका ल्याउने बताउँदै आएको थियो। व्यवसायी र सरकारबीच जर्ती, क्षम्य सीमा र पुराना गहना किनबेचका विषयमा सहमति हुन नसक्दा एक वर्षअघि नै आउनुपर्ने निर्देशिका अझै आउन सकेको छैन।